राजनीतिक विरासत भुलेर व्यवसायमा जमेका श्रेष्ठ भन्छन् 'रोटीको जोहोले व्यवसायी बनायो '

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2020 | 11:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको राजनीतिमा आदर्श पुरुषको रूपमा परिचित पात्र हुन्, पुष्पलाल श्रेष्ठ। नेपाल कम्युनिस्‍ट पार्टीका संस्थापक नेता पुष्पलाल वि.सं. १९९७ सालमा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठको हत्यापछि पूर्णकालीन राजनीतिमा लागेका थिए। राणाविरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पुष्पलालको नेतृत्वमा २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ,साधना प्रधान, सहाना प्रधानलगायतले आन्दोलन गरेका थिए। 

मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचार मानेर २००६ सालमा कोलकातामा नेपाल कम्युनिस्‍ट पार्टीको स्थापना गरेका नेता पुष्पलालको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित अल इन्‍डिया मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा गराउँदै निधन भएको थियो। अहिले धेरै पुराना नेताहरूका छोराछोरी राजनीतिमा सक्रिय छन् तर कम्युनिस्‍ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा उमेशलाल श्रेष्ठ भने व्यवसायमा जमिरहेका छन्।

आम सर्वसाधारणले भन्दा अलिक बढी राजनीति बुझ्ने भएपनि आफु राजनीतिमा नभएको श्रेष्ठ सुनाउँछन।  राजनीतिकर्मी नभएपनि आस्था भने भएको उनि सुनाउँछन। 

व्यवसायी बन्नु संयोगमात्र  

व्यवसायी बन्नु संयोग मात्र भएको श्रेष्ठको बताउँछन। पंचायती शासनले आमा सहाना प्रधानको जागिर खाइदिएपछि दाल भातको जोहो गर्न आफ्ना सबै इच्छा चाहना त्यागेर रोजगारीको खोजीमा हिड्दा पछि व्यवसायी बन्न पुगेकाले व्यवसायमा लाग्नु संयोग भएको उनि बताउँछन। 

"मलाई साइक्लोजी पढ्ने ठुलो इच्छा थियो, यसैमा मास्टर डिग्री गरेर पीएचडीको लागि अष्ट्रेलिया जाने योजना थियो तर २०३३ सालमा 'सिक्किम काण्ड' का कारण पंचायती शासनले आमाको जागिर खाइदिएपछि मनको इच्छा त्यागे र दाल भातको जोहो गर्न जागिर खोज्न तर्फ लागे" सङ्घर्षका दिन सम्झदै श्रेष्ठ सुनाऊँछन, "एउटा बिदेशी कम्पनीमा ६-७ बर्ष काम गर्दा गर्दै आफ्नै केहि गर्नुपर्छ भन्ने सोचले कम्पनी खोले"। 

व्यवसायको पहिचान बनाउन ३ बर्ष 

व्यवसाय गर्ने क्रममा मन मिल्ने साथीहरु मिलेर नयाँ कम्पनी संचालनमा ल्याएको र आज त्यहि कम्पनी नेपालको अग्रणी औषधि कम्पनी मध्ये एक भएको उनि सुनाउँछन। आफु सहित दुई जनासँग बजार र अरु साथीहरुसंग बितरणको अनुभव भएकाले सुरुका दिनमा औषधि बिक्रि गर्न समस्या नभएपनि पहिचान बनाउन धेरै मिहिनेत गर्नुपरेको उनि सुनाउँछन।    

त्यो बेला डाक्टरहरुले बिदेशी कम्पनीको औषधिमा धेरै बिश्वास गर्ने र बिदेशी कम्पनीका औषधि नै बिरामीलाई रिफर गर्ने गरेको सुनाउदै उनि भन्छन, "नयाँ त्यसमाथि नेपालको कम्पनी भएकाले धेरै डाक्टरले औषधिले काम गर्छ भनेर सोध्थे तर नेपालकै डाक्टरले नेपाली औषधिको बारेमा यस्तो किन सोध्छन भनेर मलाई आश्चर्य लाग्थ्यो।"

आजका दिनमा नेपाली बजारमा अग्रणी नेपाली औषधि उद्पादन कम्पनीको पहिचान बनाउन सफल 'क्वेष्ट फर्मा स्यूटिकल' को पहिचान बनाउन धेरै संघर्ष गरेको उनि बताउँछन। आफ्नो एकजना साथि डाक्टरलाई औषधि लेखिदिन आग्रह गर्न अस्पताल जाँदाको घटना सम्झदै श्रेष्ठ भन्छन, "साथीले तिम्रो औषधिले काम गर्छ भनेर प्रश्न सोधे, त्यहिबेला एकजना इमर्जेन्सी बिरामी आइपुग्नु भयो र डाक्टरले हाम्रो कम्पनीको औषधि बिरामीलाई दिनुभयो र बिरामीलाई एक हप्तापछि जांचको लागि बोलाउनुभयो र मलाई पनि एक हप्तापछि त्यहि बेला अस्पताल आउँन भने, एक हप्तापछि मलाई बोलाएकै समयमा पुगे र त्यो बेला बिरामीपनि त्यहि आइपुग्नु भयो, त्यो बेला बिरामी करिब पुरा निको अवस्थामा हुनुहुन्थ्यो र मलाई साथि डाक्टरले तिम्रो कम्पनीको औषधिले राम्रो काम गर्दो रहेछ भने, त्यसपछि उनले हाम्रो कम्पनीको औषधि बिरामीलाई लेख्न थाले"।

सन १९९१ मा क्वेष्ट फर्मा स्यूटिकल सुरु गर्दा झटपट पैसा कमाउने भन्दा बिश्वास जितेर अघि बढ्ने सबैको उदेश्य र कडा मिहिनेतले आजको दिनमा नेपाली बजारमा सुगर र मुटु रोगको औषधिमा आफ्नो कम्पनीले अव्वल स्थान प्राप्त गरेको श्रेष्ठ सुनाउछन। "आजको दिनमा १०० जना सुगर बिरामीलाई सोध्दा ९० जनाले क्वेष्ट फर्मा स्यूटिकलको औषधि खाएको भेटिन्छन, यो हाम्रो कम्पनीको औषधिमा सर्वसाधारण र डाक्टरको बिश्वासको उदाहरण हो।"

सन १९९१ मा स्थापना भएको क्वेष्ट फर्मा स्यूटिकल ले ४ अक्टुबर २००१ बाट औपचारिक रुपमा बजारमा औषधि बिक्रि सुरु गरेको थियो। कम्पनीले अहिले १२० भन्दा बढी रोगको औषधि उत्पादन गर्छ। कम्पनीका उत्पादनमा सुगर र मुटु रोगका औषधि नेपाली बजारमा अव्वल दर्जामा पर्छन। 


आगामी योजनाको सफलतापछि व्यवसायिक जीवनबाट बिश्राम 

अहिले गरेको भन्दा आगामी दिनमा गर्ने काम महत्त्वपूर्ण भएको सुनाउदै उनि भन्छन, "हाम्रो कम्पनीले आँखा र कानको औषधि, इन्जेक्ट टेबुल, हर्मोंस लगायतका पाँचवटा औषधि उत्पादन गरेपछि व्यवसायिक जीवनबाट बिश्राम लिन्छु।" ६१ बर्षको उमेरमा व्यवसायिक जीवनबाट बिश्राम लिने योजना भएपनि पाँचवटा रोगको औषधि उत्पादन गर्ने महत्त्वपूर्ण कामका कारण थप ४-५ बर्ष काम गर्नुपरेको उनि सुनाउछन।

आफु बाहेक आफ्नो परिवारमा अरु कोहि पनि ब्यापार व्यवसाय र उद्योगमा नलागेको सुनाउदै श्रेष्ठ भन्छन, "म पछि यो व्यवसाय कसले हेर्छ भन्ने कुराको चिन्ता मलाई छैन, म खुलाबजार र प्रतिस्पर्धामा बिश्वास गर्छु, यहि कम्पनीमा काम गर्ने मध्ये जो उत्कृष्ट छ उसले नै कम्पनीको नेतृत्त्व गर्छ तर परिवारका सदस्य भएकै कारण उनीहरु (आफ्ना तीन सन्तानप्रति इंकित गर्दै) ले कम्पनी हाक्नुपर्छ भन्ने मान्यता मेरो छैन।" 

क्वेष्ट को नाम कसरि ?

क्वेष्टको अर्थ जिज्ञासा भएको सुनाउदै उनि भन्छन, "सुरुमा औषधि कम्पनीको नाम के राख्ने भन्ने कुनै टुंगो थिएँन, साथीभाईबीचको छलफलमा जिज्ञासु साथिभाई छौं त्यहिअनुसार नाम जुटाम भन्दा 'क्वेष्ट' नाम जुर्न गएको हो।"

औषधि व्यवसायीबाट बिश्रामपछि के ?

अहिले आफु ६१ बर्षको उमेर भएको सुनाउदै अब ५ बर्ष यहि क्षेत्रमा लाग्ने र त्यसपछि रिटायर्ड जीवन जिउने इच्छा भएको उनि सुनाउछन। तर परिवारको राजनीतिक पृष्ठभूमि भएपनि आफु राजनीति लगायत कुनै पनि क्षेत्रमा नजाने उनि बताउँछन। 

राज्यसँग असन्तुष्टि 

आफुले गर्न सकेजति गरेको र अझैं मिहिनेत गर्ने बताउने श्रेष्ठले सरकार अर्थात स्थायी सरकारसँग कुनै आश नभएको उनि सुनाउछन। राज्यले केहि गर्देला भन्ने आश गर्न छाडीसकेको सुनाउदै उनि भन्छन, "मेरो लागि सरकार भनेको प्रधानमन्त्री र मन्त्री मात्र होइन, सरकार भनेको कर्मचारी तन्त्र हो जुन स्थायी सरकार हो।"

व्यवस्था परिवर्तन भएपनि कर्मचारीको मानसिक परिवर्तन नभएकोमा असन्तुष्टि पोख्दै श्रेष्ठ भन्छन, "पंचायतकालमा झैं अहिलेपनि कर्मचारी प्रशिक्षार्थी भएको झैं लाग्छ, आजका नयाँ पुस्ताका कर्मचारीमा समेत यो छनक भेटिन्छ, यो स्थायी सरकार कहिले पनि निजि क्षेत्रप्रति सकरात्मक हुन जानेन।"

निजि क्षेत्रसँग सम्बन्धित कानुन जुन हेरेपनि व्यवसायी मुनाफाखोर, कालाबजारी हुन् भन्ने आशय भेटिने बताउदै श्रेष्ठ भन्छन, कर्मचारीतन्त्रमा राजनीतिकरण नसकीएसम्म जी हजुर प्रथा रहिरहने र यहि प्रथा नेपालको विकासको बाधक भईरहनेछ।"

राज्यले के दियो र के देला भन्ने कुरा सोच्न छाडेको धेरै भएको बताउदै उनि भन्छन। श्रेष्ठको कम्पनीमा अहिले प्रत्यक्ष रुपमा ६०० ले रोजगारी गर्छन। 

यो पनि:

चन्द्र ढकाललाई सघाउने गरि महासंघको उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved