पुस्ता कै पहिलो बैंकर अजय मिश्र; १३ वटा संस्थामा काम, ५ मर्जरको अनुभव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2020 | 10:01:09 PM मा प्रकाशित

laxmi  sunrise bank

राजा सुरेन्द्र बिर बिक्रम शाहको पालामा सात पुस्ते हजुरबुवा सुब्बा दामोदर मिश्र नेपाल सरकारको ढुकुटी प्रमुख थिए। सातपुस्ता अगाडी सुब्बा मिश्रको कामबाट प्रशन्न भई तत्कालिन महाराजअधिराजबाट रौतहट र सर्लाहीको बिर्ता बक्स भएर स-परिवारको त्यहाँ बसाइसराइ भयो।  त्यसपछिका पाँच पुस्ताले सरकारी सेवा गरेनन। पाँच पुस्ता अलिकति राजनीति, अलिकति किसानीमा नै रमायो।  

त्यसपछि सरकारी सेवाको पृष्ठभूमि भएर पनि सफल बैंकरका पहिचान बनाएका अजय मिश्रका बुवा रामानन्द मिश्रले सरकारी सेवामा प्रवेश गरे। उनले झन्डै ६५ बर्ष नेपाल सरकार र काठमाडौं बिश्वबिद्यालयमा सेवा गरे। त्यसयता मिश्र परिवारका सबै सदस्य सरकारी सेवामा छन् । अजय मिश्र परिवारका एक्ला सदस्य हुन् जसले बैंकिङ क्षेत्रलाई आफ्नो कर्मथलो बनाए। 

जागिरे मानसिकताबाट माथि उठ्न नसकेको परिवार भएको स्वीकार्दै  मिश्रले अध्ययनको क्रममा अमेरिका रहेका छोरा र छोरीपनि भविष्यमा जागिर नै खाने बिश्वास गर्छन्। 

करियरको सुरुवात सरकारी सेवाबाट 

परिवारका अन्य सदस्यलाई पछ्याउदै मिश्रले सरकारी सेवाबाट नै आफ्नो करियरको सुरुवात गरे। २०४७ सालमा प्राविधिक शिक्षा तथा तालिम व्यवसायिक परिषदमा लेखा अधिकृतबाट जागिर सुरु गरेका मिश्रसँग फरक फरक प्रकृतिका ठाउँमा काम गरेको अनुभव छ।

शिक्षा मन्त्रालयमा शाखा अधिकृतको रुपमा समेत काम गरेका मिश्र सरकारी काम गर्ने शैलीप्रति सन्तुष्ट हुन् सकेनन र सरकारी सेवा छाडेर बिदेशी नियोगमा काम गर्न पुगे। २०६२ सालमा तत्कालिन माओवादीको आन्दोलन चर्किएको बेला राजधानीबाहिर काम गर्न सुरक्षाको हिसाबले चुनौतिपूर्ण थियो। सुरक्षाका कारण देखाउदै परिवारले जागिर छाड्न भनेपछि उनले नेपाल टेलिभिजनमा काम सुरु गरे। 

सरकारी जागिर त्यो पनि नेपाल टेलिभिजनमा काम गर्दाको दिन सम्झदै  मिश्र उत्साहित हुँदै भन्छन्, टिभीमा रहरले आए, यो २८ बर्षको व्यवसायिक जीवनमा संधै व्यवस्थापकीय भूमिकामा रहेर काम गरे तर टिभीमा बजार प्रबन्धकको रुपमा काम गर्दाको समय मेरो लागि स्वर्णकालिन रहयो

करियरमा युटर्न

टिभीमा काम गरेको ३ बर्ष पुग्दा नपुग्दै उनलाई माछापुच्छ्रे बैंकका तत्कालिन सीईओ भाईकाजि श्रेष्ठले ब्रान्डीङ र बिजनेश प्रमोशन हेर्ने गरि बैकमा आउँनलाई आग्रह गरे। र उनले माछापुच्छ्रे बैंकका सहायक प्रबन्धकको रुपमा काम सुरु गरे र बैंकिङ क्षेत्रमा प्रवेश गरे। 

बैंकिङ क्षेत्रमा १६ बर्ष बिताउंदै गरेका मिश्रले माछापुच्छ्रे बैंकमा आउँदाको संयोग सुनाउदै भन्छन्, बैंकिङ क्षेत्रमा आउनु संयोग नै भन्छु, एभिन्युज टेलिभिजनको एउटा कार्यक्रमका लागि आर्थिक स्रोत जुटाउने क्रममा सीईओ श्रेष्ठसँग भेट भयो, त्यो भेट नै बैंकिङ क्षेत्रमा मेरो आगमनको इन्ट्री पोइन्ट थियो। जुन क्षेत्रमा रहँदा खुसि मिल्छ त्यहि क्षेत्रमा रहनुपर्छ भन्ने आफ्नो मान्यता भएको र यो क्षेत्रमा काम गर्दा सन्तुष्ट मिलेकाले १६ बर्षदेखि आफु बैंकिङ क्षेत्रमा रहेको मिश्र बताउँछन्। 

बिद्यालयको पढाई पुरा गर्न ७ जिल्ला

बुवा सरकारी सेवामा भएकाले मिश्रले  ७ जिल्ला घुमेपछि मात्र बिद्यालयको पढाई पुरा गरे। चितवन नारायणगढको  बालकुमारी बिद्यालयबाट २०३९ सालमा एसएलसी दिएका मिश्र बिद्यार्थी जिवनमा अध्ययनमा औषत थिए। जनकपुरबाट स्नातक गरेका मिश्रले काठमान्डू बिश्वबिद्यालयबाट ह्युमान रिसोर्समा एमबिए र जेनेरल म्यानेजमेन्टमा एमफिल गरेका छन। हाल उनि लिडरसिपमा पीएचडी गर्दैछन्। 

३६ बर्षको उमेरमा बैंकिङ प्रवेश, १६ बर्षमा १३ संस्थामा काम 

३६ बर्षको उमेरमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका मिश्रले माछापुच्छ्रे बैंकबाट सहायक प्रबन्धकबाट करियर सुरु गरे। माछापुच्छ्रे बैंकबाट प्रुड़ेन्शियल फाइनान्समा सीईओ, त्यसपछि सिद्दार्थ बैंक हुँदै जनता बैकमा डेपुटी सीईओबाट राजिनामा दिएर हाल युनाइटे फाइनान्समा सीईओको जिम्मेवारी सम्हालेका मिश्रले १६ बर्षको अवधिमा १३ संस्थामा व्यवस्थापकीय भूमिकामा काम गरे। 

मिश्रसंग क बर्गको बाणिज्य बैंकमा मात्र नभई ख बर्गको विकास बैक, ग बर्गको फाइनान्स र घ बर्गको लघुवित्त गरि सबै तहका बैंक वित्तीय संस्थामा काम गरेको अनुभव छ। सम्भवत बैंकिङ उद्योगमा सबै बर्गका बैंक वित्तीय संस्थामा काम गरेको अनुभव लिने थोरै छन्, जसमध्ये उनि एक हुन्। 

जबसम्म काम गर्दा सन्तुष्टि मिल्छ, तबसम्म उत्कृष्ट प्रयासका साथ कर्तब्य निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्ने मिश्र माछापुच्छ्रे बैंकमा काम गर्दाको अनुभव सुनाउदै भन्छन्, डेढ बर्षको छोटो अवधिमा पनि माछापुच्छ्रे बैंकमा धेरै काम भएका थिए, सिंहदरबारमा प्रवेश गर्ने पहिलो निजि बैंकको पहिचान बनाउन सफल रह्यौं, त्यस्तै ११ वटा मन्त्रालयको तलब खाता हेर्थ्यों। 

माछापुच्छ्रे बैंकमा कस्मिक एयर प्रकरण स्मरण गर्दै मिश्र सुनाउछन, त्यो बेला माछापुच्छ्रे बैंकसँग ११ वटा मन्त्रालयका कर्मचारीको तलब खाता हुन्थेन भने सम्भवत आज माछापुच्छ्रे बैंक अहिलेकै अवस्थामा हुने थिएन। मन्त्रालयका कर्मचारीको तलब खाता खुलाउने काम माछापुच्छ्रे बैंकका लागि कस्मिक एयर प्रकरणको बेला संजीवनी बुटी साबित भयो। 

बैंकिङ क्षेत्रमा आउनुको प्रेरणाको रुपमा मिश्रले हाल माछापुच्छ्रे बैंकमा कार्यरत बिनोद सिंह भण्डारीलाई सम्झने गर्दछन। एभिन्युज टेलिभिजनमा कार्यरत हुँदा पनि बैंकिङ क्षेत्रमा आउँनलाई सिंहले पटक पटक आग्रह गरेको मिश्रको सम्झनामा छ। बिग्रेको सँस्था बनाउन सक्ने मान्छेको पहिचान बनाएका मिश्रसँग जहाँ जहा काम गरे त्यहाँ सफल भएको सुखद अनुभव छ । 

काममा सन्तुष्टि मिल्दासम्म सँस्थामा रहने र चित्त नबुझेको दिन सँस्था छाड्ने र सँस्थालाई केहि योगदान दिन सकिन्छ भने मात्र पदमा बस्नुपर्छ भन्ने स्पष्ट सोचले नै मिश्रलाई बैंकिङ उद्योगमा एक फरक पहिचान दिएको छ। एभिन्युज टेलिभिजनमा चित्त नबुझेपछि माछापुछ्रे बैंक पुगेका मिश्रले तत्कालिन जनता बैंकजस्तो कमर्शियल बैंकमा सीईओ बन्ने अवसर छाडेर डेपुटी सीईओबाट राजिनामा दिए। 

पछिल्लो समय मर्जर तथा प्राप्तिको शृंखला जारि रहँदा बैंकको नेतृत्त्वमाथि समायोजनमा आफ्ना कर्मचारीलाई सहि न्याय नदिएको आरोप लाग्ने गरेको छ। तर  प्रुड़ेन्शियल फाइनान्स गाभिने क्रममा होस् या सिद्दार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा मर्जर हुने क्रममा होस्, मिश्रले नेतृत्त्वको धर्म पुरा गरे।   

युनाइटेड फाइनान्स नै किन ?

मान्छेको स्वभावले नै उसलाई सानोबाट ठुलो बन्न र भन्न सिकाउँछ। तर मिश्रको जीवनमा भने यो कुरा लागू नभएको देखिन्छ। माछापुच्छ्रे बैंकबाट करियर सुरु गरेका मिश्रले अहिले युनाइटेड फाइनान्समा सीईओ को जिमेवारी सम्हाल्दै आएका छन्। 

युनाइटेड फाइनान्सको ब्याकराउण्ड र त्यहाँका प्रमोटरहरु, बिदेशी लगानी भित्र्याएको पहिलो फाइनान्स कम्पनी, संस्थागत र सुशासन भएको संस्था भएकाले फाइनान्सको नेतृत्त्व लिएको उनि बताउछन्। 

पुरानो भएपनि फाइनान्सको कारोबार बिस्तार नभएकाले फाइनान्सको कारोबार बिस्तारको लागि मात्र आफु सीईओ भएर आएको मिश्र बताउछन्। नेपालकै पुरानो फाइनान्ससँग बलियो प्रमोटर भएपनि आजका दिनमा ६ अर्ब कर्जा र निक्षेप लिएर बसेको, १५ वटा मात्र शाखा रहेकाले यसको व्यवसाय बिस्तारका लागि मात्र आफु युनाइटेड फाइनान्स आएको उनि सुनाउछन्। 

 कर्मचारी समायोजन मर्जरको चुनौती

करिब १३ संस्थामा काम गर्दा मिश्रले मर्ज को बिषयमा राम्रो अनुभव हासिल गरेका छन्। यसमा दुई संस्थाबीच स्वाप, बोर्ड मेम्बर संख्याको समायोजन सामंरी रहेपनि कर्मचारी समायोजनको बिषय धेरै चुनौतिपूर्ण रहेको मिश्रको अनुभव छ।संस्थाको नेतृत्त्व स्पष्ट र क्लिन भयो भने मात्र उचित समयमा कर्मचारीको व्यवस्थापन तथा समायोजन सहज हुने उनको बिश्वास छ। 

मर्जरमा कर्मचारी समायोजन सबैभन्दा महत्त्वपूर्ण तर जटिल भएको उनि सुनाउछन्। कर्मचारी समायोजन गर्दा संस्थामा काम गर्ने कमर्चारीको  संस्कार, प्रकृया र कम्पिटेंसी हेर्न अति आवश्यक भएको तर नेपालको बैंकिङ उद्योगमा नै कर्मचारीको व्यक्तिगत क्षमतासँग जोडिएको कम्पिटेंसी  को बिषयमा कुनै पनि नेत्रीत्वले कुरा गर्न नचाहैको उनको आरोप छ। 

आजका दिनमा आफ्ना कर्मचारीमा कम्पिटेंसी  कस्तो छ भन्ने  सायदै संस्थाको नेतृत्त्वलाई थाहा होला भन्दै मिश्र भन्छन, ए र सी वा बि र सी मर्जर हुने भयो भने ए ले आफ्ना कर्मचारी ठुलो मान्ने तर बि र सी संस्थाका कर्मचारी सानो मान्ने सोच नै मर्जर तथा प्राप्तिको मूल चुनौती भएको उनले भए । 

नयाँ पुस्तालाई हेर्ने मिश्रको दृष्टिकोण 

नयाँ पुस्ता सार्प, कृयटिभसंगै अत्यन्त धेरै महत्त्वकांक्षी भएको मिश्रको बुझाई छ, अहिलेका नयाँ पुस्तामा महत्त्वाकांक्षा धेरै भएकाले छोटो अवधिमा नै उत्कृष्ट नजिता र उपलब्धिको अपेक्षा राख्ने भएकाले बैंकिङ क्षेत्रमा जोखिम बढेको उनि बताउछन्। बर्षदिनमा २(३ सँस्था परिवर्तन गर्ने, दुई चार हजार बढी  पाउँदैमा संस्था परिवर्तन गरिहाल्ने प्रवृतिले पछिल्लो समय बैंकिङ क्षेत्रमा मानबस्रोतबाट हुने जोखिम बढेको मिश्रको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved