पहिलो महिला सीईओ अनुपमाको अनुभव: पहिलो तलब १८००, छोरी एसएलसी दिदाँ आफु मास्टर्स

विजया बास्कोटा

विजया बास्कोटा

Mar 07, 2020 | 12:17:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली समाज पृतिसत्तात्मक समाज भन्ने गरिन्छ । अझै पनि पुरुषको तुलनामा सफल नारी थोरै मात्रै भेटिन्छन् । परिवारको सहयोग र अवसर नपाएर महिलाहरु धेरै छन्, जसले चाहेर पनि आफ्नो कार्यकौशलता प्रदर्शन गर्न पाएका छैनन् । महिलाहरु घर परिवार, चुलो चौकामा मात्रै सिमिति हुनु पर्ने ती दिन । कुनै समय थियो नारी त घर भित्रै बस्नु पर्छ, चुलो चौकामा मात्रै रमाउनु पर्छ भन्ने । नारीले श्रीमानको सेवा गर्नु पर्छ, ठुला ठुला काममा पुरुष मात्रै पुग्नु पर्छ, निर्णय प्रक्रियामा पनि पुरुष कै वर्चस्व कायम हुनुपर्छ भन्ने सोच भएको समय । 

तर आज यो अवस्थामा परिवर्तन आएको छ । आजको दिनमा पुरुष सरह महिला पनि उच्च पदमा आसीन छन् । काठमाडौँमा जन्मिएकी अनुपमा खुञ्जेलीको बाल्यकाल काठमाडौँमै वित्यो । बुवा सरकारी जागिरे, आमा भने गृहणी । शिक्षित परिवामा जन्मिएकी अनुपमाको विद्यालय तहसम्मको पढाई सेन्टमेरिज स्कुलबाट सकियो । उनी उच्च शिक्षा हासिलका लागि भारत पुगिन् । त्यहाँ गएपछि के विषय पढ्ने भन्ने दोधार मनमा रह्यो । हिस्ट्री, जियोग्राफि विषय पढ्नप्रति इच्छा नै जागेन उनलाई । के पढौ के पढौँ भन्ने दोधारमा रहेकी अनुपमाले त्यहि बेला एकाउटेण्ड विषय पनि पढाई हुन्छ भन्ने थाहा पाईन् । र त्यहि विषयमा उनले प्लस टु सकाईन् । प्स टु लेवलको पढाई सकेपछि फर्किईन् फेरि नेपाल । नेपाल आए पनि उनले शंकरदेव क्यामपसबाट व्यवस्थापन संकायमा स्नातकको शैक्षिक उपाधि हासिल गरिन् । 

साथिको लहैलहैमा बैंकिङ प्रवेश 

सबैको आ-आफ्नै उद्देश्य अनि लक्ष्य हुन्छ म भविष्यमा त्यो क्षेत्रमा पुग्नु सकु । मैले रोजेको क्षेत्रमा नै सफल हुन सकुँ । तर आफुले देखेको र सोचेको लक्ष्य पूरा नहुन पनि सक्छ भने कहिले काँही कहिले पनि नसोचेको क्षेत्रमा पनि प्रवेश हुन पुगिन्छ । कोहि त आफुले कल्पना नै नगरेको क्षेत्रमा प्रवेश गरि सबैलाई पछि पार्दै त्यो क्षेत्रमा सफलताको ताज चुम्न पनि सफल हुन्छन् । त्यहि उदारहणकी पात्र हुन् खुञ्जेली ।

सरकारी जागिरे भएको परिवेशमा हुर्किएकी उनले जीवनमा आफु बैंकर बन्छु भनेर कहिल्यै पनि सोचेकी थिईनन् । तर, जुन क्षेत्रमा उनी प्रवेश गरिन त्यहि क्षेत्रले उनलाई चिनायो । खुञ्जेलीलाई आफु बैंकिङ क्षेत्रमा आउँछु भन्ने नै थिएन । उनको परिवारका सदस्यहरु कोही पनि बैंकर थिएनन् । उनी नै परिवारको पहिलो बैंकर हुन् । 

ग्रिनलेज बैंक पहिलो बैंक

स्नातक तहको शैक्षिक उपाधि हासिल गरेपछि साथिभाई कै लहैलहैमा उनी ग्रिनलेज बैंकमा जागिरका लागि पुगिन् । आफ्ना सर्कलका साथिहरु सबै बैंकमा जागिर गर्ने भएकाले उनलाई पनि त्यतै तान्यो । १९९१ मा ग्रिनलेज बैंकमा जागिर खुलेको थियो । उनले त्यहि बैंकमा एसिस्टेन्ट लेवलमा आवेदन दिईन् । उता, उनी मास्टर्समा पनि भर्ना भएकी थिईन् । जागिर सँगसँगै पढाईलाई पनि सँगै लिएर जान्छु भन्ने उनको सोच थियो । ‘इन्टरनेशनल बैंक, टेलरको जागिर दिन वितेकै थाहा हुँदैन् थियो । पढाईसँगै जागिर पनि गर्छु भन्ने थियो’ ती दिन सम्झदै उनले सुनाइन् । 

बैंक अन्तराष्ट्रिय स्तरको भएका कारण ग्राहकहरुको चाप धेरै हुन्थ्यो । ग्राहकको सेवा गर्दा गर्दै, समयमा खानासमेत खान नभ्याउने अवस्था पनि हुन्थ्यो । अनुपमा विगत सम्झदै भन्छिन्, ‘कामको प्रेसर र समयमा खाजा, खानासमेत खान नपाउँदा नपाउँदा मैले काम शुरु गरेको छ महिना मै अल्सरको पीडित हुन पुगेँ ।’ अल्सरको रोगी भएकी उनलाई त्यहि समयमा नै जागिर छाडौँ की खाउँ भन्ने परिस्थिति सृजना समेत भएको थियो । 

अनुपमाले १३ वर्ष त्यही बैंकमा बिताइन् । उनी बढुवा हुँदै म्यानेजर बनिसकेकी थिइन् । उक्त बैंकमा १३ वर्ष बिताइसकेपछि उनी नबिल बैंकमा प्रवेश गरिन् । नबिलमा ६ वर्ष काम गरिन् । 

परिवारको त्यो साथ 

महिलालाई  पनि बैंकमा जागिर खान हुन्छ भन्ने माहोलमा रहेकी उनलाई सधै बुबाले हौसला दिन्थे । त्यो समयमा घर परिवारमा पनि बैंकको जागिर राम्रै हो भन्ने माहोल थियो । उनी सानै छँदा उनका ठुली आमाहरु जागिर गर्न जान्थे ।

बाल मष्तिस्कमा महिलाले पनि जागिर गर्न जान मिल्ने रहेछ । महिलाले पनि जागिर गर्न सक्ने रहेछन् भन्ने लागेको थियो । बैवाहिक जीवन बाधिनु अघि नै बैंकिङ क्षेत्रमा जोडिएकी उनले विवाहपछि पनि यहि पेशालाई नै निरन्तरता दिने हौसला पाइन् । 

बैंकर नभएको भए खेलाडि हुन्थे

सानैदेखि खेलकुदमा रम्ने उनी यस क्षेत्रमा नआएको भए आफु खेलाडी हुने बताउँछिन् । ‘यस पेशामा प्रवेश नगरेको भए खेलाडी हुन्थे । साच्चै मौकाले दिएको भए म खेलाडी चाँही बन्थे होला’ उनी भन्छिन् ।

सानैदेखि सबै खाले खेलहरु मन पर्ने । विधालय तहदेखि नै सबै खालको खेलकुद कार्यक्रममा सहभागि हुने उनी भारतमा पौडीमा पुरस्कृत समेत भएकी थिईन् । बाल्यकालदेखि नै उनी पौडी, ब्याडमिन्टन, टेवल टेनिशलगायतका खेलमा विशेष रुचि राख्थिन् । 

उतारचडाव

जुनसुकै पेशा वा व्यवसायमा आवद्ध भए पनि त्यो पेशामा सफलता हासिल गरेका ती सफल व्यक्तिका पछि उतारचडावका दिन भने आएका हुन्छन् नै । विभिन्न संघर्षलाई पछि पार्दै सफलताको शिखर चुमेका हुन्छ्न । आफ्ना अघि आएका विभिन्न उतराचडावलाई चिर्दै अघि बढ्ने मानिस सफल हुन्छन् पनि । उनको लामो बैंकिङ यात्रामा पनि केही उतारचडाव भने नआएका होईनन् । काम गर्दा प्रमोसनका कुरा आउँथे । प्रमोसन नहुँदा निराशा छाउँथ्यो । उनलाई शुरुवाति दिनमा अहिले नै जागिर छौडौ जस्तो लाग्ने गर्दथ्यो । कहिलेकाँही प्रमोशन भएन भने लुकेर रुनु पर्ने अवस्था पनि आउन सक्छ । खुञ्जेली विगतलाई सम्झदै, लामो समयसम्म एउटै क्षेत्रमा रहि रहँदा विभिन खालका उतारचडाव आउँछन् । यो मेरो लामो यात्रामा पनि विभन्न खालका उतारचडाव आएका थिए । 

जागिर खाएको त्यो दिन सम्झदै, उनी भन्छिन्, विहानैदेखि काम गर्न गयो, बेलुकी अबेर सम्म ग्राहकहरुलाई सेवा दियो, राति १२ बजेसम्म पनि काम गर्नु पर्ने हुन्थ्यो । उनी भन्छिन्, जे हुन्छ नी त्यो भगवानले राम्रैको निम्ति गराई दिएको हुन्छ । 

उनलाई कतिपय बेला आफुले सोचे जस्तो काम गर्न नसक्दा, त्यहाँ लड्नु पर्दा यो जागिर किन खाइराखेको होला भन्ने पनि लाग्दथ्यो । तर, यी सबै कुराहरु झेल्दै अघि बढ्नु पर्छ जस्तो महशुस उनमा थियो । र त आज यो स्थानमा आईपुग्न सफल छिन् । ‘यस्ता खालका उतारचडाव त हरेक क्षेत्रमा आउने गर्दछन् । तर दुख परेको बेलामा चाँही त्यसमा रोएर बस्नु हँदैन । सुख परेको बेला धेरै खुसि पनि हुनु हुदैँन । यी दुवै कुरालाई मिलाएर जानु पर्ने हुन्छ । दुख र असफलताहरुलाई यो चाँही मेरो सिकाईको पहिलो पाइला हो, फेरि पनि यी कुरालाई दोहोर्याउँदिन, नदोहोर्याउनलाई मैले के गर्नु पर्छ भन्ने तर्फ लाग्नु पर्दछ ’ उनी दृढताका साथ भन्छिन् ।

त्यो १८ सय

१९९१ मा जागिर गर्न जाँदा एसिस्टेन्ट लेवलको उनको कमाई १८ सय रुपैयाँ थियो । आर्थिक रुपमा सबल परिवार भएका कारणले उनले त्यो आफ्नो कमाई खर्च हुने ठाउँ नै थिएन ।  एक त व्यस्त दैनिकि भएकै कारणले पनि आफ्नो कमाई खर्च गर्ने समय नै हुँदैनथ्यो उनीसँग । उनको महिना पच्छिे आउने त्यो रकम जम्मा नै हुन्थ्यो । ‘घरमा आएर मेरो तलवले सघाँउनु पर्ने थिएन, आफैले खर्च गर्नका लागि म सँग समय नै थिएन । त्यहि भएर मेरो कमाई बचत नै हुन्थ्यो । घरमा पनि बचत गर्नु पर्छ भविष्यको लागि जम्मा गर्नुपर्छ भन्नु हुन्थ्यो’ उनले भनिन् ।  

बुढेसकाल लागेका बा आमासँग दिन विताउन मन लाग्छ

समयको परिबन्धनमा बाधिएकी उनलाई आफ्ना बुढेसकाल लागेका आमा बाबासँगै बसेर समय विताउन मन लाग्छ । बुढेसकाल लागेका आमा बासँग दिनको एक घण्टा सँगै बसौँ जस्तो लाग्छ । समयको परिबन्धनमा भएकाले त्यो ईच्छा, रहरलाई फोनमार्फत मेटाउनु पर्छ । उनलाई छोरीलाई पनि बढी समय दिन पाए हुन्थ्यो भन्ने लाग्छ । उसँगै बसौँ, रमौँ लाग्छ । घर परिवारमा पनि बेलुका चाडै गएर बस्न पाउँ जस्तो लाग्छ । 

माथिल्लो पोष्ट पुग्ने त्यो ईच्छा

मानिस सामाजिक प्राणी भएकै कारणले गर्दा होला स्वाभावैले उ अरुको नक्कल गर्न पुग्दछ । अरुको सफलता हेर्दै आफु पनि त्यो उचाईमा पुग्नु सकु भन्ने ठान्दछ । यस्तै, भावना उनको मनमा पनि लाग्ने गर्दथ्यो । अरु सरह आफु पनि माथिल्लो पोस्टमा पुग्न पाए हुन्थ्यो भन्ने लाग्ने गर्दथ्यो । उनी भन्छिन् ,‘एसिस्टेन्ट लेवलबाट सुपरभाइजर बन्ने रहर । त्यो लेवलमा पुगेपछि अफिसर बन्ने रहर जाग्ने रहेछ । म्यानेजर लेवल, सिनियर म्यानेजर लेवलसम्म पुग्ने रहर हुदोँ रहेछ । ’ 

काम गर्दै जाँदा मिलेको सफलता हो सिईओ 

एसिस्टेन्ट लेवलबाट बैंकिङ यात्रा थालेकी उनलाई सिईओ पदमा पुग्छु जस्तो लागेको थिएन । कडा परिश्रम र मेहनतले यो सफलताको ताज पहिराईदिएको उनको भनाई छ । ‘आज म सिईओ पदमा छु । यो सफलता हात पार्छु भन्ने सोच नै थिएन ।  काम गर्दै जाँदा मिलेको सफलता हो यो’ उनी भन्छिन् ।

पहिलो जागिर नै बैंक

१९९१ मा बैंकिङ क्षेत्रमा जोडिन पुगेकी उनलाई अन्य क्षेत्रमा उनको पहिलो जागिर नै बैंक बन्न पुग्यो  । ‘अरु तिर त हेर्ने समय नै भएन । र हुँदैन पनि । साँच्चै नै भन्ने हो भने एक चोटि बैंकिङ क्षेत्र भित्र आईसकेपछि यहि क्षेत्रमै लागि परेर अगाडि बढ्ने लक्ष्य लिएपछि दायाँ, बायाँ तिर हेर्ने फुर्सद नै हुँदैन’ अनुपमा सुनाउँछिन् ।

छोरी एसएलसी दिदाँ आफु मास्टर्स

स्नातक तहको पढाई सकाएपछि बैंकिङ क्षेत्रमा पुगेकी उनले लामो समयपछि पढाईलाई निरन्तरता दिईन् । छोरीले एसएलसी दिँदा आफुले मास्टर्स पढ्न सुरु गरिन् । जागिर गरेको लामो समयपछि एस इन्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तर गरिन् । 

बैकिङ क्षेत्रमा २९ वर्षको अनुभव सम्हालेकी अनुपमा भन्छिन्, ‘लक्ष्यमा पुग्न धैर्यताको खाँचो पर्दछ । लक्ष्य चुम्न धर्य रहन सक्नुपर्छ । सफलता हात पार्न कडा मिहिनेतको आवश्यकता पर्दछ । धैर्यता राख्न सकिएन भने सफलता हासिल गर्न कठिन छ ।’

खुञ्जेलीले सम्हालेको मेगा बैंक

मेगा बैंक ४३ वटा जिल्लामा फैलिएको छ । बैंकका शाखा १११ वटा छन् । ११४ वटा एटिएम, ११९ वटा शाखारहित बैंकिङ सेवाबाट बैंकिङ सेवा दिँदै आएको बैंक २७ वटा कमर्सियल बैंकहरुमध्ये नाफाका आधारमा १७ औँ नम्बरमा पर्दछ । त्यस्तै पूँजीका आधारमा छैठौ ठुलो बैंकको रुपमा आफुलाई स्थापित गर्न सफल बैंकले १२५० जनालाई रोजगारी दिएको छ ।

मेगा बैंक ‘बैंक अफ दि इएर–२०१९’ को उपाधी समेत पाएको बैंक हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved