नेपाल बैंकको सिईओ अधिकारी: आमाको देनले बैंकर बने, छिमेकीको प्रेरणाले एमबिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2020 | 11:49:10 AM मा प्रकाशित

laxmi bank

आमा आफैमा प्यारो शब्द । आमा जसले आफ्ना सन्तानको लागि कयौँ सपनाहरुलाई थाति राख्छिन् । आफु खाई नखाई भए पनि आफ्ना सन्तानको सुन्दर भविष्यको लागि मरिहत्ते गर्छिन् । तीनै सन्तानको खुसिको लागि कयौँ पीर व्यथालाई लुकाई सधै अनुहार हसिलो पार्छिन् । आफ्ना सन्तानको भविष्य उज्जवल होस् भन्ने कामना सहित साथ दिन्छिन् । कठिन होस् या सहज हरेक परिस्थितिमा ,पाईला पाईलामा उनी अखेटो बनी साथ दिन्छिन् । र आफ्ना सन्तानले उचाईको शिखर चुमेको देख्न चाहन्छिन् । 

कृष्णबहादुर अधिकारी नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल व्यक्ति हुन् । कृष्णको सफताकोे पछाडि पनि उनकी आमाको योगदान छ । र त उनी भन्छन्, सिईओ बन्नका लागि आमाको देन छ । 

कृष्ण बहादुर अधिकारी लमजुङमा हुर्किए । एसएलसी सम्मको पढाई लमजुङमा नै सकियो । २०४४ सालमा लमजुङको लमजुङ मावि गाउँ शहरबाट एसएलसी उत्तिर्ण भए पछि मनभरि साइन्स पढ्ने सपना बोकेर उनी काठमाडौँ आए । साइन्स पढ्ने मन थियो उनको । साइन्स पढ्नका लागि जसलाई क्याम्पस भर्ना गरिदिन भनेका थिए, उनले गरिदिएनन् ।

साइन्स पढ्न नपाए पछि कर्मशमा आइकम

भर्ना होला भन्ने आशै आशमा उनले पाटन क्याम्पसमा एक हप्ता साइन्स पढे । एक हप्ताको प्रतिक्षामा पनि उनको भर्ना भने हुन सकेन । एक हप्तासम्म भर्ना हुने प्रतिक्षामा बसेका अधिकारीको मनमा बल्ल अब भर्ना हुन्छ या हुँदैन भन्ने लाग्न थाल्यो र पुगे पिपल्स क्याम्पस । साइन्स पढ्ने सपनालाई मार्दै उनी आइकम पढ्नका लागि त्यहाँ पुगे । आइकम पिपल्स क्याम्पसबाट सकेका उनी बीकम पढ्नका लागि भने शङ्करदेवमा भर्ना भए । 

मास्टर्स पढ्नका लागि शिक्षण पेशा छोडे 

विकम पहिलो वर्षको परीक्षा दिए पछि उनी गाउँ फर्किए । गाउँमा पुगे पछि उनले आफ्नै गाउँमा शिक्षण गर्न थाले । दुई वर्ष उनले शिक्षण पेशामा उतै विताए । यो बिचमा उनले विकम पनि सकाई सकेका थिए । एमबीए पढ्नका लागि एक वर्ष ग्याप भयो  । उनी दुई वर्ष शिक्षण गरेर फेरि मास्र्टस गर्नका लागि काठमाडौँ आए । उनी काठमाडौँ आउँदा मास्र्टस पढ्नका लागि त्यो शैक्षिक शत्र बन्द भएको थियो  । 

शिक्षण पेशा छोडेर मास्र्टसको शैक्षिक हासिल गर्नका लागि काठमाडौँ आएका अधिकारीले काठमाडौँमा प्राइभेट कम्पनीमा जागिर गर्न लागे । उनी त्यो समय कुलेश्वरमा बस्थे । उनी जुन घरमा बस्थे त्यो घरको घरवेटि १० वर्ष अघि जापान गएका रहेछन् । प्लस टु लेवलको पढाई सकाएर विदेश गएका ती व्यक्ति १० वर्षपछि नेपाल फर्किएर स्नातक भर्ना भएका थिए । त्यो समय अधिकारीलाई पढाई प्रतिको मोह हराई सकेको थियो । दुई वर्ष ग्याप भयो अब पढ्दिन भन्ने सोच पलाएको थियो । बरु लोक सेवा पढ्छु भन्ने लागेको थियो । तर ती जापानका दाईले १० वर्ष लामो ग्याप पछि पनि फेरि पढाईलाई निरन्तरता दिएको देखेर उनलाई प्रेरणा मिल्यो र एमबीए भर्ना भए । टियुबाट एमबीए सकाए । उनले पछि पूर्वाञ्चल विश्वविधालयबाट इएमबीए पनि गरे । 

सिईओ बन्नमा आमाको देन 

किसान परिवार । हजुबुवा शिक्षित नै थिए । उनका बुवा सानै छँदा हजुरबुवाले संसार छोडेका थिए । टाढाको स्कुल हजुरबुवा वितेका कारण उनका बुबाले पढ्न सकेनन् । तर उनको बुवाको सोच भने आफ्ना सन्तानलाई शिक्षा दिउँ भन्ने थियो । आफुले पढ्न नसके पनि आफ्ना सन्तानलाई उच्च शिक्षा हासिल दिलाउँ भन्ने थियो । 

अधिकारी काठमाडौँमा आएर पिपल्स क्याम्समा जुन दिन भर्ना भएका थिए उनका बुवाले संसार छोडेका थिए । ती दिन सम्झदै अधिकारी भन्छन् ‘म कलेज भर्ना भएको समय र बुवा वित्नु भएको समय एकै थियो । मैले ९ बजे यता कलेज भर्ना गरेको थिए त्यहि समयमा नै बुवाको देहवासन भएको रहेछ ।  त्यो दिन मलाई थाहा नै दिईएन । भोलि पल्ट मात्रै मलाई लिन घरबाट मान्छे आउनु भएको थियो ।’ कृष्ण त्यो समय १५ वर्षका थिए । ४० वर्षकै उमेरमा उनका बुवाले अधिकारी परिवारलाई एक्लो पारेर संसार छोडेका थिए । त्यति बेला उनकी आमा ३५ वर्षकी थिईन् । ३५ वर्षको उमरमा नै सिउँदो उजाडिएको थियो उनको । पाँच जना छोराछोरीको भविष्य थियो आमासँग । दिदि, भाई र दुई जना बहिनि र कृष्णको भविष्यको भार थियो उनकी आमासँग । पाँच छोराछोरीको भविष्यको भार बोकेकी उनकी आमाले उनको पढाईलाई निरन्तरता दिन सहयोग गरेकी थिईन् । त्यो समयमा उनका आफ्ना आफन्तहरुले उनी सानै भएको कारणले पढ्नका लागि काठमाडौँ नपठाउने कुरा निकालेका थिए । अलि ठुलो भए पछि पठाउला भन्ने कुरा पनि गरेका थिए । तर उनकी आमाले मानिनन् । आमाको साहस कै कारण आज कृष्ण यस ठाउँमा आई पुगको बताउँछन् । आमाले त्यो समय साथ र सहयोग गरेकी थिईनन् भने उनी त्यहि शिक्षण पेशामै रहन्थे होला सायद । 

गाँउमा अध्यापन गराउँदा नै उनी विवाह बन्धनमा बाधिए । २०४९ सालमा विवाह भएको थियो उनको । २०५० सालमा नै उनको पहिलो सन्तान भएको थियो । र २०५३ सालमा नै दोस्रो सन्तानको बुवा भएका थिए । कामलाई प्राथमिकता दिने अधिकारि भन्छन् ‘धनको भन्दा इज्जतको लेवल ठुलो हुन्छ’

सादा जीवन उच्च विचार राख्ने अधिकारी प्राय जसो काममा नै व्यस्त हुन्छन् कामलाई पहिलो प्राथमिकतामा राख्ने अधिकारी विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अफिस कै काममा तल्लिन हुन्छन् । शनिबार पनि उनी अफिस कै कामको शिलशिलामा दौडि रहन्छन् । अफिसको कामले गर्दा कहिले कता कहिले कता पुग्छन् । अफिसको कामलाई पहिलो प्राथमिकतामा राख्ने अधिकारी भन्छन्, ‘काम मै व्यस्त भएका कारणले परिवारलाई समय दिन सक्दिन । पारिवारिक काममा पनि सरिक हुन सक्दिन । ’

सिईओ बन्दा पहिलो फोन आमालाई 

सिईओ पद हासिल गर्नका लागि आमाकै देन रहेको बताउने अधिकारीले आफु सिईओ बन्दाको पहिलो खुसि आमालाई फोनमा सुनाएका थिए । सिइओ भएको थाहा पाए पछि पहिलो फोन आमालाई गरेका थिए । मेरो इच्छा पुरा भयो अब भनेकी थिईन् उनकी आमाले । सामान्य घर परिवारबाट यो उचाईमा आई पुगेका कृष्ण भन्छन्, ‘धन दौलत प्रति कहिले पनि विश्वास छैन् । ठुलो महत्वाकांक्ष पनि केही छैन् । सामान्य जीवनशैली पहिले पनि चलेको थियो । आज पनि चलेकै छ । मैले पाएको सिईओको जिम्मेवारी लाई निष्ठाका साथ निभाउन सके भने मेरो लागि सबै भन्दा ठुलो कुरा हुने छ । मलाई लाग्छ धनको लेवल भन्दा इज्जतको लेवल ठुलो हो । आफु आफ्नो काम प्रति इमानका साथ लाग्यो भने कसैको अघि झुक्नु पर्दैन ।’

२०६१ सालमा नेपाल बैंकमा जागिर खुलेको थियो । उनको बैंकिङ यात्रा नेपाल बैंकबाट २०६१ सालदेखि शुरु भयो । परिवारमा बैंकिङ क्षेत्रमा आवद्ध हुने पहिलो व्यक्ति हुन् उनी । 

नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ जननी हो भन्छन् कृष्ण । नेपालको अर्थतन्त्रको विकासमा, नेपालको औधोगिकीकरणको विकासमा, सर्वसाधारणलाई बैंकिङ सेवा पुर्याउने सन्दर्भमा बैंकको अतुलनिय योगदान छ । सरकारले बैंक प्रति गरेको विश्वास, सर्वसाधरणले बैंक प्रति गरेको विश्वास, शेयर होल्डरहरुले बैंक प्रति गरेको विश्वास, नियामकले गरेको विश्वासको कारणले बैंक यो स्थानमा आएको हो । यो विश्वास सधै होस् भन्ने अपिल गर्न चाहन्छन् उनी । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved