लकडाउनमा सुर्यलाइफका सीईओ पाण्डेको दैनिकी: घरबाटै काम, संघ मार्फत सहयोगको तयारि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 12:31:18 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड १९) फैलिन नदिनका लागि सरकारले लकडाउन घोषणा गरेको छ । राज्यको यस्तो घोषणालाई वेवास्ता गरेर यो अवस्थामा कार्यालय संचालन गर्ने कुरा भएन । बीमा कम्पनीहरुले अनलाइनको माध्यमबाट बीमितहरुलाई सुविधा दिइइरहेका छन् । बीमितहरुलाई दिने सेवाबाट बञ्चित गरेका छनैन्। हामीबाट पनि इन्टरनल कामहरु भईरहेका छन् । पब्लिकसँग जोडिने काम भने भएको छैन् । घरबाटै काम भईरहेको छ । जीवन बीमा कम्पनीहरु पब्लिकसँग नै जानुपर्छ । यस्तो अवस्थामा  नयाँ पोलिसीहरु जारी भएका छैनन् । 

मार्केटिंगको हिसाबले साथिहरु आफ्नो एजेन्टहरुसँग सम्पर्कमा बस्ने छन् । राज्यले सुरक्षित बस्नु भनेको हिसाबले त्यसैगरी काम भईरहेको छ । पोलिसी रिन्युको काम भईरहेको छ । पोलिसी इस्यु गर्ने काम, जुन चाँही पब्लिकसँग नजिक भएर गर्ने काम यो काम भने भएको छैन् ।

कर्मचारीहरुसँग पनि बेलाबेलामा फोनमार्फत सम्पर्क हुन्छ । के छ कसो छ, स्वास्थ्य हुनुहुन्छ, भन्ने कुराहरुमा अपटेड हुने गरेका छौँ । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न खालका कार्यहरु गर्दै आएको छ । यस विषम परिस्थितिमा पनि नेपालगंजको क्वारेन्टाइनमा बसेका दुई सय जनालाई खाने व्यवस्था गरेको छ । एजेन्ट र कर्मचारी मार्फत उक्त कार्यक्रम भएको हो । राज्यलाई पनि बीमा क्षेत्रले सहयोग गरेको छ । गर्ने क्रम चलि नै रहेको छ । बीमा समितिले ५ करोड रुपैयाँ दिएको  छ । 

बीमा समितिसँगै अन्य केही कम्पनीले पनि सहयोग दिएका छन् । हामीले पनि हाम्रो सेक्टरबाट कोषमा सहयोग गर्ने तयारी गर्दैछौं । देशमा  यतिबेला विपतको अवस्था छ । विपतको यस्तो अवस्थामा सबै मिलेर सहयोग गर्नुपर्छ । विभिन्न बीमा कम्पनीहरुले रकम सहयोग गरि रहेका छन् । बाँकी रहेका कम्पनी र इच्छुक साथिहरु मिलेर केही रकम सहयोग गर्ने निर्णय गरेका छौँ । संघमार्फत जो जो इच्छुक हुन्छन्, उनीहरुले सहयोग गर्न सक्नेछन् । इच्छुक व्यक्तिहरुले आज सम्म रकम जम्मा गरि सक्नेछन् । जीवन बीमक संघका पदापधिकारी र अन्य इच्छुक व्यक्तिको तर्फबाट सहयोग गर्ने निर्णय गरेका छौँ । एक दुई दिनमा हस्तान्तरण गर्ने छौँ । 

बीमा समितिसँग पनि फोनमार्फत समन्वयन हुने गरेको छ । साथै, आफै पनि समितिको कार्यालयमा पनि पुग्ने गरेको छु । पास नपाउञ्जेल गाह्रो थियो । पास पाए पछि भने सहज भएको छ । बीमा समितिले पनि सेवा प्रवाह गरिरहेको छ । 

यस्तो बेला आफु सुरक्षित हुने हो । आफु सुरक्षित नभई अरुलाई सुरक्षा दिन सकिदैन । त्यसैले यस्तो परिस्थितिमा आफु सुरक्षित तवरले काम गर्ने हो । सबै कर्मचारीहरुको हौसला बढाउने हो । यस्तो परिस्थितिमा आफु सुरक्षित रहे ब्यापार, विजनेश त फेरि गर्न पाईन्छ । अर्थतन्त्रले आफ्नो ट्रयाक लिई हाल्छ । सुरक्षित भएर बसे फेरि मिहेनत गरेर काम गरौलाँ ।

सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बीमक संघका अध्यक्ष शिव नाथ पाण्डेसँगको कुराकानिमा आधारित

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved