बैंकर होइन, शिक्षकको रुपमा अन्तिम श्वास लिन मन छ: पर्शुराम कुवँर क्षेत्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2020 | 10:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैले देख्ने सपना एकै हुँदैनन् । देखेका सपना सबैका पूरा पनि सायदै होलान् । जीवनमा बुझ्ने क्षमता भएपछि जो कोहीले पनि भोलि म यो बन्छु भन्ने कल्पनाको रेखा कोरेका हुन्छन् । त्यहि कल्पनाको रेखालाई आकार दिन लागि परिरहन्छन् । पर्शुराम कुवँर क्षेत्रीले पनि सबैले देख्ने खालकै सपना देखेका थिए । उनले पनि सानै छँदा नै भोलिको दिनमा के बन्ने भन्ने कल्पना बुनेका थिए ।

शिक्षण पेशाप्रति उनको सानै उमेरदेखि झुकाव थियो । भविष्यमा एक असल प्राध्यापक बन्न सकूँ भन्ने लाग्थ्यो उनलाई । जीवनको दौरानमा उनी केही समय मात्रै शिक्षक भए । राम्रो शिक्षक बन्ने सपना बोकेका उनी बैंकिङ् क्षेत्रमा जोडिए । 

रोजगारीको लागि नभई शिक्षण पेशा सोख हो भन्छन् उनी । पढाँउदा पढाँउदै मृत्यु होस् भन्ने चाहान्छन् उनी । बैंकिङ क्षेत्रबाट अलग भए पछि बैंकका कर्मचारीलाई पढाउँने उनको चाहाना छ । 

भारतको मुम्बईमा जन्मिएका पर्शुराम कुवँरको बाल्यकाल उतै वित्यो । प्राथमिक तहसम्मको शिक्षा हासिल पनि उतै भयो । बुबाको जागिर हिन्दुस्तान मै थियो । मामाघर तिरका हजुरबुबा पनि त्यहि रहेकाले उनको बाल्यकाल उतै बित्यो । २०२४ सालमा सरकारले जग्गा लिन लाग्यो भनेर पर्शुरामको परिवार नेपाल फर्कियो । 

कुवँर नेपाल आएपछि एसएलसीसम्मको पढाई पोखराबाट सकाए । पोखरा स्थायी घर भएकाले एसएलसीपछिको पढाई उनले पोखराबाटै गरे । पृथ्वीनारायण क्याम्पसमा आईकम र बीकम पढेपछि त्यसपछिको अध्ययन गर्न काठमाडौं आए । विगत सम्झदै कुवँर भन्छन्,‘मेरा गुरुले पनि काठमाडौंमा एमबीए गरेर क्याम्पसमा पढाउन पोखरा नै फर्कन सुझाए । सोहीअनुसार काठमाडौं आएर मैले एमबीए पढ्न सुरु गरे । ’

‘मेरा गुरुले पनि काठमाडौंमा एमबीए गरेर क्याम्पसमा पढाउन पोखरा नै फर्कन सुझाए । सोहीअनुसार काठमाडौं आएर मैले एमबीए पढ्न सुरु गरे । ’

त्यतिबेला क्याम्पसमा पढाइ कम हुने, आन्दोलन भइरहने र समयमा परीक्षा नहुने समस्या थियो । त्सयकारण पढिसकेपछि समयमा नै परीक्षा भएन । कहिले परीक्षा हुन्छ भन्ने ठेगान नभएकोले फूर्सदिलो समय बढी भयो । त्यतिबेला साथीको सल्लाहमा गोलढुंगामा रहेको नागार्जुन माध्यामिक विद्यालयमा पढाउने निर्णय उनले  गरे ।

त्यति बेला उनको सोच विद्यालय पढाउन सुरु गरेपछि मास्टर सकेर पोखरामा क्याम्पस पढाउन सहज हुन्छ भन्ने  थियो । काठमाडौँमा पढाई सकाएर पोखरा गएर पढाउने उनको सोच थियो । त्यहि सोचलाई लिएर उनी शहर आएका थिए  । २८ महिना सो विद्यालयमा अंग्रेजी शिक्षकको रूपमा काम गरे ।

परीक्षामा सोचे जस्तो नतिजा आएन, पढाउने सोच मर्यो

पढाईसँगै उनी विद्यालयमा पढाउँदै पनि थिए । सोही बेला एमबीएको परीक्षा दिए । परीक्षाफलमा उनले सोचेको जस्तो राम्रो नतिजा आएन । प्रथम श्रेणीकै नजिता भए पनि कम प्रतिशत भएकाले उनलाई कलेज पढाउन जान मन नै जागेन । आफुले पढेको विद्यालयमा गएर पढाउँछु भन्ने सपना त्यहि दिन मारेका थिए उनले  । त्यस पछिका दिनमा उनले विकल्पका रूपमा जागिरे जीवनलाई हेर्न थाले । 

जागिरे जीवन खोज्न थालेका पर्शुरामले एक हप्तामा चार ठाँउमा आवेदन दिए । नेपाल बैंक लगायतका अन्य तीन ठाउँमा उनले दरखास्त दिए । दरखास्त दिएकामध्ये केहीले अन्तर्वार्ताका लागि बोलाए भने केहीले बोलाएनन् । 

'एक हप्तामा चार ठाँउमा आवेदन दिए । नेपाल बैंक लगायतका अन्य तीन ठाउँमा उनले दरखास्त दिए । दरखास्त दिएकामध्ये केहीले अन्तर्वार्ताका लागि बोलाए भने केहीले बोलाएनन्' 

विगत समझै पर्शुराम भन्छन्, 'सन् १९८६ तिर हो त्यतिबेला बृटिश बैंक लिमिटेड (हालको स्यान्डर्ड चार्टर्ड), अहिले इन्भेस्टमेन्ट भएको इन्डोसवयज र नेपाल बैंकमा दरखास्त हालेका थिए । त्यतिबेला युनाइटेड मिसन टु नेपालको ग्रामीण विकास केन्द्र (आरडीसी) आयोजना पनि नेपालमै थियो । यो समेत गरी उनले एकै समयमा चारवटामा दरखास्त दिए । 

ग्रीन लिज बैंकबाट बैंकिङ  करियरको शुरुवात

नेपाल बैंकमा जाँच दिएकाले अन्तरवार्ताका लागि बोलाएको भएपनि ग्रिन लिजमा जागिर पाइसकेकाले उनलाई सरकारी बैंकतर्फ जान मन लागेन । आरडीसीले पनि बोलाएको थियो उनलाई । त्यतिबेला नेपाल बैकको अधिृकत स्तरको जागिर भए पनि ब्रिटिश बैंक भएकोले अधिकृत स्तरभन्दा पनि कम तह स्वीकार गरेर निजी बैंकतर्फ नै लागे उनी ।

सहायक स्तरबाट सुरु गरेको यो बैंकको सेवामा १७ वर्ष काम गरेपछि वरिष्ठ प्रबन्धक भएका थिए उनी। त्यतिबेला नेपालीलाई दिने सबैभन्दा ठूलो पद नै त्यहीँ नै थियो । सन् २००३ मा उनले नेपाल बैंकमा आउन यो जागिर छोडेको थिए ।

नेपाल बैंकको यात्रा 

१७ वर्षको स्थायी जागिर छोडर उनी एक वर्षका लागि नेपाल बैंक पुगे । वित्तीय सुधार कार्यक्रमअन्तर्गत काम गर्ने मौका उनले पाएका थिए ।  नेपाल बैंकको वितीय सुधार गर्न यसको व्यवस्थापन तीन वर्षका लागि विदेशीलाई दिइएको थियो । विश्व बैंकको सहयोगमा नेपाल बैंकको व्यवथापन सुधारको काम भएको थियो । उनी एक वर्षका लागि सो बैंकमा पुगेका थिए । त्यतिबेला विदेशीको टोलीमा उनी एक नेपाली थिए । यो बैंकमा साढे तीन वर्ष काम गरे । 

त्यसपछि सिटिजन्स बैंक आउने भएर नेपाल बैंक छोडे । कुवँर महाप्रबन्धकको रूपमा सिटिजन्स बैंकमा सन् २००७ देखि प्रवेश गरे । राजनसिंह भण्डारी संस्थापक सीईओ थिए । उनी डेपुटी सीईओको रुपमा थिए । यस बैंकको शुरुवाति चरणदेखि नै लागेको भए पनि डेढ वर्ष मात्रै काम गरे । त्यसपछि सन् २००८ देखि बैंक अफ एसियाको सीईओ भएर गए। 

बैंक अफ एसियामा चार वर्ष सीईओको रुपमा रहे उनी । यो बैंकमा चार वर्ष काम गरेर सीईओको एक कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिर निस्किए । उक्त बैंकबाट उनी सन् २०१२ मा निस्किए । बैंकिङ् क्षेत्र अब मलाई पुग्यो जस्तो  महशुस उनले त्यो समय गरेका थिए । त्यसपछि उनी सन् २०१४ मा ६ महिनाका लागि ग्र्याण्ड  बैंकमा पुगे । हुन त उनी सिईओको रुपमा नै त्यो बैंक पुगेका थिए । त्यस बैंकमा भएका समस्या अध्ययन गर्न गएका थिए । 

विदेशी संस्थामा परामर्शदाताको रूपमा काम गर्ने र बैंकिङ तथा कर्जा तालिम दिने मनसाय बनाए । ५ वर्ष परामर्शदाताको रूपमा काम गरे । ५ वर्ष बैंकिङ् क्षेत्रबाट अलग भए। 

चाहेको भन्दा अगावै बैंकिङबाट विदाई 

तत्कालिन जनता र ग्लोबल आईएमई मिलेर बनेको ग्लोबल आइएमई बैंकमा क्षेत्री २०७८ जेठ मसान्तसम्म नै काम गर्न चाहन्थे तर मानिसहरुका सवै इच्छा र आकांक्षा पुरा हुदैनन् भनेझैं यो इच्छा भने अधुरै रह्यो। क्षेत्रीले यहि साउन १ देखि लागू हुनेगरी ग्लोबल आइएमईको सीईओ पदबाट राजिनामा दिएका छन्।  

क्षेत्रीले २०७८ जेठ मसान्त सम्म नै काम गरेर बैंकिङ क्षेत्र मात्र नभई सम्पूर्ण क्षेत्रबाट पुर्णकालिन कामबाट अवकाश लिन चाहन्थे। जिन्दगि भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएको बताउने क्षेत्रीले यों आकांक्षा पुरा नभएकोमा जीन्दगी भर अलिकति पिडा हुने बताउँछन। 

'बैंकिङ क्षेत्र मात्र नभई सम्पूर्ण क्षेत्रबाट पुर्णकालिन कामबाट अवकाश लिन चाहन्थे, यों आकांक्षा पुरा नभएकोमा जीन्दगी भर अलिकति पिढा हुनेछ' 

यो अवकाशसंगै अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक दैनिक प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून रहेको उनी बताउँछन। आफ्नो बाँकिको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र वैकिगं क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा विताउने उनको प्रण छ। 

तालिम दिने काम आफ्नो जिविकाको कुरो मात्र नभएर यो आफ्नो शौखको चीज रहदै आएको उनी बताउँछन। उनी आफुले बैकिङ  क्षेत्रवाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा आफ्नो जीवनको अन्तिम घड़ीसम्म बाँड्न चाहन्छन् । क्षेत्री  भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै आफ्नो मृत्यु चाहन्छन् । 

उनी भन्छन् , 'मैले संधै भन्दै आएको छु र आज फेरी  दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् ।'

मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्नेछन्

बैंकको जागिर छोड पछि शिक्षण पेशामा फर्कन मन छ

उनलाई सानैदेखि पढाउन मन पर्ने । एसएलसीको नतिजा आउनु भन्दा पहिले पनि उनी पढाउँथे । कक्षा १० का विधार्थीलाई गणित विषय पढाउँथे । 'पढाउने सोख हो भन्छन्'  उनी । पढाँउदा पढाँउदै मृत्यु होस् भन्ने चाहान्छन् उनी । बैंकिङ क्षेत्रबाट अलग भए पछि बैंकका कर्मचारीलाई पढाउँने उनको चाहाना छ । आफुमा भएको ज्ञान बाढ्न पाउँदा खुसि उनलाई मिल्छ ।

कुवँरकी श्रीमती गृहणी हुन् । चार छोराछोरीमध्ये दुई छोरीको विवाह भईसक्यो । परिवार मात्रै काठमाडौँमा बस्छन् । आफु यो कोभिड १९ को बिश्वब्यापी महामारीमा घरमा परिवारमा अत्यन्त सुखद समय व्यतित गरिरहेको क्षेत्री बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved