कोरोना जितेका पूर्व गभर्नरको अनुभव: घण्टौँ पर्खेर शौचालय, जीवनजल पाउँन ३ दिन

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Sep 17, 2020 | 08:24:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गणतन्त्र नेपालका पहिलो गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीका ४२ वर्षीया छोरालाई गत भदौ एक गते कोरोना संक्रमण पुष्टि भयो । उच्च ज्वरो तथा रुघाखोकी लागेपछि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखियो।

गभर्नर क्षेत्रीले आफ्नो छोरोलाई सानेपास्थित स्टार अस्पतालमा भर्ना गराए। उपत्यकाका विभिन्न अस्पतालहरुले भर्ना गर्न नमानेपछि बल्ल तल्ल स्टार अस्पतालले भने भर्ना लियो।

आफुसंगै बस्ने छोरालाई अस्पताल भर्ना गरापछि आफुलाई पनि हल्का ज्वरो आउने तथा रुघाखोकी लाग्ने भएपछि गभर्नर क्षेत्रीले आफ्नो पनि परीक्षण गराए।  सामान्यतयाा कोरोना परीक्षण गराएपछि रिपोर्ट के आयो भनेर जान्ने पहिलो अधिकार सोही व्याक्तिलाई हुनुपर्ने हो तर पूर्व गभर्नर समेत रहेका क्षेत्रीको हकमा भने त्यो नियम लागु भएन।

उनलाई अस्पतालले रिपोर्ट पनि दिएन र पोजेटिभ आयो कि नेगेटिभ आयो भनेर भन्दा पनि भनिदिएन। स्टार अस्पतालमा परीक्षण गराएका उनले रिपोर्ट माग्दा अस्पतालले सरकारको अनुमति बेगर दिन मिल्दैन भन्ने जवाफ दियो। अस्पतालले उनलाई स्वास्थ मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले दिन्छ भनेर भन्यो।

अस्पतालले यसरी रिपोर्ट दिन नमानेपछि पक्कै पनि आफुलाई कोरोना संक्रमण भएको उनले आशंका गरे । अनि उनले अस्पतालमा भर्ना हुने मनसाय बनाए । त्यत्तिकैमा उनले एम्बुलेन्सलाई फोन लगाए तर एम्बुलेन्सले पनि सरकारको अनुमति बेगर अफुले काम नगर्ने जवाफ दियो। उनले भर्ना हुनलाई विभन्न अस्पतालहरुमा पनि फोन गरे तर अस्पतालले पनि भर्ना लिन मानेन र एम्बुलेन्सले पनि उनलाई लिन आएन। 

कसैलाई पनि कोरोना संक्रमण देखिने बित्तिकै क्लोज कन्ट्रयाकमा  रहेका सबैलाई सरकारले परीक्षण गर्नेदेखि आइसोलेसन सम्मको व्यवस्थामा सक्रियता देखाउनु पर्ने हो । तर उनको छोरोलाई कोरोना पुष्टि भएपछि उनलाई थाहा भयो सरकारको व्यवस्था कस्तो रहेछ । भोलिपल्ट भने उनलाई एम्बुलेन्सले ललितपुरस्थित पाटन अस्पतालमा आइसोलेसनमा लग्यो तर त्यहाँ पनि कोरोना संक्रमित भन्ने वित्तिकै हेलाको मनसायले हेर्ने गरेको उनलाई महशुस भयो। पाटन अस्पतालले पनि सुरुमा त बेड खालि छैन भनेर उनलाई फर्काउन खोज्यो। तर, निकै समयको  रस्साकस्सीपछि अन्त्यमा उनलाई ४ वटा बेड भएको एउटा आइसोलेसन रुममा लगियो। 

अस्पताालको बेथितीः

गभर्नर क्षेत्रीलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा कोरोना संक्रमितहरुको दुख के रहेछ सबै यथार्थ थाहा भयो। बिजपाटी डटकमलाई गभर्नर क्षत्रीले आफ्नो अनुभव यसरी सुनाए:,

गभर्नर क्षत्री भन्छन्, '५०-५२ जना विरामीहरुका लागि जम्मा ४ वटा मात्र शौचालय । कुनै शौचालयमा पनि चुक्कुल छैन । त्यहाँ भएको सबै ५०-५२ जना महिला र पुरुष बिरामीले त्यहाँ ४ वटा सौचालय प्रयोग गर्नुपर्ने बाध्यता। ५२ जनालाई ४ शौचालय, निकै समय कुर्नुपर्ने । 

अस्पतालमा डाक्टरको मुख देख्न हम्मे हम्मे । कहिलेकाँही बिरामीको अवस्था हेर्न आउने डाक्टरको हाउभाउ असामान्य खालको । सामान्यतया डाक्टरलाई भगवान सरह मानिन्छ तर, पाटनमा कोरोना संक्रमितसंग बोल्ने डाक्टरहरुको हाउभाउ अलि भिन्न प्रकारको । अझै भनौ उनीहरुले  बिरामीको अवस्था बुझ आउनु भनेको आफ्नो जागिर पकाउन आएको जस्तो मात्र देखिन्थ्यो । नत उनीहरु बिरामीसंग राम्रो बोल्थे नत समस्या के छ भनेर राम्रो संग सोध्ने गर्थे, सधै झर्किएर बोल्ने। 

यो पनि : कोरोना के हो, के होइन ? कोरोना जितेका व्यक्तिको भोगाई (भिडियो सहित)

पाटन अस्पतालको आइसोलेसलका लागि जम्मा २ जना नर्स । ५२ जना विरामीका लागि २ जना नर्स । ५२ जनालाई २ जना नर्सले कति सेवा दिन सक्लान, कति समस्या समाधान गर्न भ्याउलान् ?

म अस्पतालमा गएपछि नजिकैको बेडमा एक बिरामी ल्याईयो । उनी निकै जटिल अवस्थामा । ति बिरामीले बेडमै दिसा पिसाव गर्ने । त्यहाँ झिङ्गा भन्किन्थो । तर, त्यस बेडको सरसफाई समयमा गरिदैनथियो । त्यहाँको झिङ्गा हामी बसेको बेडसम्म आउने । खाना खादा झिङ्गाहरु भातमा नै बस्न आए।'

जिवनजल पाउन ३ दिन

अस्पतालको बसाइकै क्रममा एकदिन भने उनलाई झाडापखाला लाग्यो तर, उनले जीवनजल पनि पाएनन् । त्यहाँका नर्सहरुलाई जीवनजल ल्याइनिद बारम्बार अनुरोध गरे तर जीवनजल ३ दिन पछि मात्र दिइयो। 

औषधिका नाममा ३ टाइम सिटामोल

सामान्यतया ज्वरो आउंदा सिटामोल खाने गरिन्छ । तर, पाटनको आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुले भने ज्वरो नआउँदा पनि सिटामोल खानु पर्छ । त्यहीपनि  दिनको ३ पटक । त्यहाँका संक्रमितलाई अस्पतालले दिनको ३ पटक सिटामोल ख्वाउने सेडुल नै बनाएको रहेछ । 

अस्पतालका केही राम्रा कुरा

विभिन्न बेथितिले भरिएको उक्त अस्पतालको केही राम्रा कुरा पनि भेटे पूर्व गर्भनर क्षेत्रीले । त्यहाँका खाना, नास्ता, पानीको व्यवस्था सामान्य भन्दा धेरै स्तरीय लाग्यो उनलाई । मिनरल वाटरको बोतल सकिन नपाउँदै अर्काे ल्याएर राखिदिन्थे नर्सले । विहान खाजा, दिउँसो खाना, फेरी खाजा नास्ता र राति दिइने खाना  स्तरीय थियो । क्षेत्री भन्छन्, 'खाना उत्कृष्ठ दाल भात तरकारी, जिउधन सरकारी ।’ 

अस्पतालमा बसेको ३ दिन पछि मात्र सरकारको खोजिः

उनी अस्पताल भर्ना भएको ३ दिन पछि मात्र उनलाई मन्त्रालयले सम्पर्क गर्यो । तर, तपाई संक्रमित हुनुहुन्छ भनेर भनेन । '३ दिनपछि फोन आयो तर तपाइँलाई संक्रमण भएको छ भनेर भनिएन बरु तपाईसंग सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न, कोरोना परीक्षण गराउन भन्नुस भनियो' क्षेत्री भन्छन् ।

अस्पतालको १४ दिने बसाँईमा पनि पूर्व गर्भनर क्षेत्रीको कुनैदिन पीसीआर टेष्ट गरिएन । अस्पताल बसेको ८ दिनमा परीक्षण गर्न अनुरोध गर्दा ‘संक्रमण भएको १० दिन पछि कसैलाई सर्दै अब दूई दिन पर्खनुस्’ भन्ने जवाफ पाए उनले । तर उनले १० दिन भएपछि पनि टेष्ट गर्न अनुरोध गर्दा पनि नमानिएपनि उनले अस्पतालमा आएकाहरुको टेष्ट नै नगरी १४ दिन राखेर फर्काएने चलन रहेछ भन्ने उनले थाहा पाए । 

यसरी उनी १४ दिनको बसाईपछि भदौ २० गते अस्पतालबाट डिस्चार्ज भए । तर, स्टार अस्पतालले उनलाई रिपोर्ट दिन आनाकानी गरिरह्यो । उनले बीमा कम्पनीमा कोरोना बीमाको दाबी गर्न रिपोर्ट चाहिेने भन्दै रिपोर्ट माग्दा बल्ल असोज १ गते दिने भनेर बोलायो । 

पूर्व गभर्नर भएपनि १४ दिने बसाईँमा उनले सेवा सुविधाका लागि कसैलाई फोन घुमाएनन्, सर्वसाधारण नै भएर अस्पताल बसे । डिस्चार्ज भएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर १३ मा पुनः परिक्षण भयो र सोको नतिजा नेगेटिभ आयो।

विभिन्न व्यक्ति तथा सँस्थाहरुको थप स्टोरी पढ्नका लागि यहाँ क्लिक गर्नुहोस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved