निशुल्क एसईई तयारी कक्षा पढाउँदै ‘नयाँ किताब’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 03:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नयाँ किताब’ सबैलाई सरल र शुलभ तवरले पुस्तक तथा अन्य शैक्षिक सामाग्री पुर्याउने उद्देश्यले स्थापना गरिएको संस्था हो । नया किताबको अर्को सिस्टर कम्पनी एनकेएलसी (naya kitab learning centre) हो । 

शिक्षक र विद्यार्थीले सिक्ने सिकाउने र आगामी दिनहरुमा संघ–संस्था तथा ब्यक्तीहरुसँग सहकार्य गरी सिक्न इच्छुक ब्यक्तिहरुको ज्ञान र बौद्धिकताको विकास गर्नु एन के एल सीको लक्ष्य भएको सञ्चालकहरु बताउँछन् । 

निःशुल्क एसईई तयारी कक्षा

देशका विभिन्न ठाउँमा रहेका विद्यार्थीहरुको उज्वल भबिष्य निर्माण र एसईई परीक्षालाई अझै सहज बनाउने उद्देश्यले एन के एल सी ले एसईई तयारी कक्षा सञ्चालन गरिरहेको छ । 

‘हामीले कक्षा १० का विद्यार्थीहरुलार्ए एसईई तयारी कक्षा निशुल्क सञ्चालन गरिरहेका छौँ’ नयाँ किताबका एक जना सञ्चालक भन्छन्, ‘कक्षाहरु सबै अनलाइन माध्यमबाट सञ्चालन भईरहेका छन्, अहिले देशभरबाट राम्रो उपस्थितीमा विद्यार्थीहरुले सहभागीता जनएका छन् ।’

अहिले बिज्ञान, गणित, एच्छिक गणित, लेखा र अंग्रजी विषयको कक्षा सञ्चालन भईरहेको नयाँ किताब सञ्चालक समूहले बताएको छ । काठमाडौँका चलेका स्कुलका शिक्षकहरुलाई आवद्ध गराएर अध्यापन गराईरहेको नयाँ किताबाले विद्यार्थ र अभिभावकबाट सकारात्मक प्रतिकृया पाईरहेको छ ।

कसरी भयो नयाँ किताबको सुरुवात ?

नयाँ किताबको सुरुवात अघिल्लो लकडाउनमा भएको हो । त्यति खेरको समयमा अनलाइन कक्षा त चलिरहन्थ्यो तर विद्यार्थीसँग पाठ्य पुस्तकको अभाव थियो । बजारको सबै जसो स्टेशनरी बन्द थिए ।

नयाँ किताबले काठमाडौँ उपत्यकामा रहेका विभिन्न शैक्षिक संस्थाहरुसँग सहकार्य गरेर विद्यार्थीको घर घरैमा पुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरु पठाएर विद्यार्थीसँग निरन्तर सम्पर्क कायम गर्दा एन के एल सी को ‘कन्सेप्ट’ आएको सञ्चालकहरु बताउँछन् । 

‘एसईई को परीक्षा दिएर बसेका विद्यार्थीहरुको आवश्यकता र सुझाब अनुसार हामीले अनलाइनको माध्यमबाट निशुल्क ब्रीज कोर्स पढाउने निर्णय गर्यौँ, समय लकडाउनको थियो’ एक जना सञ्चालक भन्छन्, ‘हामी नयाँ किताबका सदस्यहरु सबै जना खाली बसेका थियौँ, हाम्रो पनि समयको सदुपयोग हुन्छ, विद्यार्थीहरुलाई पनि थोरै भएपनि सहयोग हुन्छ भन्ने सोचाइले स्थपना भयो नया किताब लर्निङ सेन्टर ।’

‘हामी पढाउदै गयौँ, हामीसँग विभिन्न क्षेत्रका ब्यक्तित्वहरु जोडिदै जानू भयो, उहाँहरुको अनुभव विद्यार्थीहरुलाई साट्नु हुन्थ्यो’ सञ्चालक सुजन चौधरी भन्छन्, ‘त्यति बेलाको समयमा काठमाडौँ उपत्यकाका विद्यार्थीसंगै उपत्यका बाहिर रुकुम, रोल्पा, संखुवासभा, ताप्लेजुङ्ग र अन्य जिल्लाका विद्यार्थीहरु पनि आबद्ध हुँदै जानू भयो । देशै भरीका लगभग चार हजार बिध्यार्थीहरुले लाभ उठाउनु भयो ।’

गत वर्षको लकडाउनमा ब्रीज कोर्स पढाउने सबै संस्थाहरु बन्द थिए । सो समयमा विद्यार्थीहरुलाई ब्रीज कोर्स पढाएर नयाँ किताबले सिम्याट कक्षा पनि सन्चालन गरेको थियो । ब्रीज कोर्स, सिम्याट गरि जम्मा जम्मी बीस हजार विद्यार्थीहरुलाई निशुल्क कक्षा सञ्चालन गरिसकेको नयाँ किताब बताउँछ ।

‘अहिले एसईई तयारी कक्षामा निरन्तर ४ सय विद्यार्थी अनलाइनबाट पढिरहनु भएको छ, लगभग दुई हजारले अप्रत्यक्ष तवरबाट लाभ लिईरहनु भएको छ’ हाम्रो किताब भन्छ ।

‘बजारमा लर्निङ्ग एप पनि हामी छिट्टै सार्वजनिक गर्दैछौँ, प्रबिधी मैत्री वातावरणको निर्माण गर्नु आजको आवश्यकता हो, जसबाट विद्यालय तह र क्याम्पस तहका विद्यार्थीहरुले पढ्न पाउनेछन्’ नयाँ किताबको अपेक्षा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved