बैंकरको लभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2021 | 08:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अभागी दिपक

समयसँगैको परिवर्तन एवं उमेरको वृद्धिले मानिसहरु विपरित लिंग प्रति आकर्षित हुुनु प्राकृतिक नियम नै हो र उक्त नियमबाट म टाढा हुन सक्ने कुरै भएन । तिम्रो त्यो लजालु मुस्कानले मलाई घायल बनाएको थियो । के जादु थियो तिम्रो त्यो मुस्कानमा जसले मलाई रात दिन तिम्रै बारे सोच्ने बनाएको थियो ।

लगातारको संवाद पछि म पनि तिमीसँग नजिक हुन पुगे । हाम्रो माया सम्बन्धको डोरी झाँगिदै गयो र एक अर्काको आवश्यकता जीवनमा अपरिहार्यता झै हुदै गयो । मैले पनि उनलाई कसरी खुसी पार्न सक्छु भनेर अनेक उपायहरु पछ्याउँदै, जन्मदिनको दिन तथा अन्य दिन उपहारहरु, सरप्राइज गिफ्टहरु दिदै गए । भनौ भविष्यको जीवन साथी प्रति मेरो लगानी बढ्दै गयो । चान चुने पाराले मेरो लगानी उठ्नेवाला थिएन । उनले मलाई छोडेमा वा अन्य बाटो रोजेमा मेरो लगानीमा सतप्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्ने अवस्था आउँदै थियो ।

विहान उठेर एक घण्टा भिडियो कल, त्यसपछि अफिस अफिसबाट पनि दिनमा तीन चार पटक कल, के छ, कसो छ, खाजा खायौ भन्दै, अफिसबाट फर्के पछि पनि दुई तिन घण्टा भिडियो कल, विहान गुड मर्निङ बेलुका गुड नाइट त दैनिकी थियो । भनौ जीवनको उर्जाशिल समय उनीमै लगानी थियो । बैंकको जागिर थाकेर आयो त्यसपछि फेरी उही दैनिक क्रियाकलाप थियो मेरो । दिउँसो भरिका घटना तथा भोगाईहरु सुनाउँदै उनको मुस्कानमा रम्दै मनका भावनाहरु साटासाट गर्दै समय व्यतित गरेको त पत्तै हुदैन थियो । 

घर परिवारको याद कम, उनीको याद तथा माया ज्यादा बढ्दै गयो । संसारमा उनी भए केही पनि नचाहिने अवस्थामा पुगिसकेको थिए । भनौं मायामा पागल भएको थिए । बैंकको जागिर भए पनि विभिन्न वाहाना बनाएर उनीसँग बोल्नकै लागि पनि म साढे पाँच बज्नासाथ अफिसबाट टाप कस्थे र घरमा आएर उही हो के छ कसो छ खाना खायौ आदि इत्यादि । यसरी नै रात विते दिने विते, हप्ता विते, महिना गर्दै वर्षाै विते, लाहुर गएका पनि धन कमाई फर्केर आए तर मेरो बानी उही के छ, कसो छ, खाना खायौं, खाजा खायौं ।

भौतिक रुपमा नजिक नभए पनि भावनात्मक रुपमा हामी धेरै नजिक थियौं । एक अर्का विनाको जीवन कल्पना पनि गरेका थिएनौं । विदा हुनासाथ प्लेन चढेर उनलाई भेट्न कुदि हाल्यो बुडा भएका बा आमा भन्दा बढी माया उनकै लाग्थ्यो त के गरौं । विभिन्न तहका परीक्षा भन्दा बढी उनी नै लाग्थ्यो र कागजका खोस्टाले भन्दा बढी जीवन हराभरा उनीलै बनाउँछिन् भन्ने लाग्थ्यो । पढाई अध्ययन भन्दा बढी लगानी ऊनीमा हुदैं गयो । किनभने मेरो लागि सबै भन्दा ठुलोे सम्पत्ति उनी थिइन् ।

फेसबुकका पानाहरु पल्टाउँदै गयो । अनलाइन सपिङका पेजहरु लाइक ग¥यो । नयाँ डिजाइन आउने वित्तिकै सपिङ ग¥यो अनि उनलाई नभनि उनको ठेगानामा पठाइदियो । पाउनासाथ उनी खुसी हुन्थिन । त्यही खुसीमा म खुसी हुन्थ्ये । यसरी हजारौ लगानी गर्ने म मा कहिले पनि बुद्धी आएन कि केही सयमा एउटा चोलो मात्र मैले आमालाई लग्दिन पाएँ भने आमाले फाटेको चोलो फेर्नेछिन् । जीन्दगीभर छोराले दिएको चोलो छोड्ने छैनन् । तर मलाई आमाको त्यो मुहारको मुस्कान भन्दा उनको के किन्दिेको कति नराम्रो मलाई मन परेन भन्ने प्रकारका शव्दहरु बढी मिठास लाग्थे ।

दमको औषधी सकेर छ महिना देखि औषधी किन्न नसकेकी मेरी आमालाई औषधी किन्ने बुद्धी मलाई कहिले आएन बरु उनलाई घरमा मम पिज्जा पठाइदिने अनि उनले खाएको हेरेर आफु खाली पेट लिएर उनले खाएको हेर्दै भित्र भित्रै रमाउने र महान काम गरेको महसुस गरी आत्मसम्मान गर्ने काममा म खुसी भए । बहिनीले ट्युसन पढ्न पैसा नभएर तीन वर्ष देखि व्याक लागेकोमा मलाई कुनै मतलब छैन तर उनको मोबाइलमा रिचार्ज कार्ड सकिने वित्तिकै रिचार्ज कार्ड हालिदिदाँको खुसी हेर्न रिचार्ज कार्डमा लगानी गरेर फुरुङ हुने म ।

मासिक रुपमा खातामा तलब आउँथ्यो । तलब भन्दा पहिला उनको इन्टरनेटको विल मेरोमा आइपुथ्यो । घरमा मट्तिेल किन्ने पैसा नभएर दियालो फाल्दै कालो खकार खोक्ने मेरी आमाको याद मलाई कहिले आएन । म घरमा आमालाई मट्टितेल किनिदिन भन्दा उनको इन्टरनेट समयमानै रिचार्ज गर्न पाएको दंग थिए किनभने मैले जीवनका सपना बुढा भएका बा आमा भन्दा यौवन उनी मै देखेको थिए ।

दुई वर्ष भन्दा बढी म यसै गरी उनीसँग रमाउँदै गए । उनका प्रत्येक खुसीमा खुसी हुदै गए । तर उनलाई सानो कुरा के मा चित्त बुझेनछ । सिधै फेसबुक, इन्स्टाग्राममा व्लक । मोबाइल नम्बरमा व्लक । मसँग उनीसँग सम्पर्क यत्तिमै टुट्यो । दुई वर्षको लगानी वालुवामा खरानी भयो । भएको लगानीलाई त अपलेखन गरौला । तर मेरो जीवनको उर्जाशिल समय म कसरी अपलेखन गरौं । मेरा बाआमाको मनमा छोरो टाढा भयो भन्ने छाप सधैंका लािग परेको छ । त्यो छाप कसरी मेटौं ।

समयको लगानी पैसाको लगानी यथेष्ट गरेकै थिए । कार्यालयमा छिटो घर भाग्ने कर्मचारी भनेर कहलिएकै थिए । बाआमाको याद आउन छोडिसकेकै थियो । पहिला दिनमा दुई पटक आफै कल गर्ने म हप्तामा एकपटक घरबाट कल आउँदा पनि झर्किरहेकै हुन्थे । तिमीलाई मेरो बुढा बाआमा निको नलाग्लान भनेर विवाहपछि तिम्रो माइती गाउँतिरै बस्छु भनेकै थिए । तिम्रो हरेक चाहना पुरा गर्दा पनि के खोट देख्यौं र मेरो मायामा यसरी चटक्कै छोड्यौ प्रिय ।

लेखक अभागी दिपक पेशाले बैंकर हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved