लघुकथा: पोखराको कहालीलाग्दो कहानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 09:17:19 AM मा प्रकाशित

laxmi  sunrise bank

हप्तौं बितिसक्दा पनि केहि रचना गर्ने वा कथा लेख्ने मुड चलिरहेको थिएन, घर जाउ घरको तनाव र कामले मुड मात्रै होइन सपनाहरू नै धराशायी बन्ने खतरा छ । महिनौं देखिको यो शहरी प्रदुषणमा बस्दा ताजा महसुस हुन त्यस्तै गाह्रो । धेरै दिनदेखि निकै बेचैन हुदै दिनहरु बिताइरहेको थिए । दुईचार शब्द लेख्यो खै कुन्नि किन हो जागर नै मरेर आउँछ । के गरौ कसो गरौ भन्ने छट्पटीले कहिले कता त कहिले कता भौतारिदै थिए ।

आज भाग्यले भनौं या संयोग यस्सो ताजा महसुस पनि हुन्छ भनेर साराङ्गकोट तर्फ लागे, गर्मी अनि त्यो उकालो एकैछिनमा पसिनाले निथ्रुक्क भए । माथी पार्कमा पुगेर मज्जाले पानीले पखालीएपछि केहि शितलता प्राप्त भयो । चिसो शरीर पुछेर दुई चार घुड्की पानी पिएपछि आनन्दको अनुभुति भयो । बढ्दो प्रदुषणले गर्दा पोखरा सहर पुरै कुहिरो र हुस्सुले ढाकिएको जस्तो अध्यारो र अस्पष्ट थियो । तापनि वरिपरि रहेको हरियाली हेर्दै थिए । एउटा व्यक्ति अल्लि परबाट मुस्कुराउदै म तर्फ नै आउदै थियो, नजिकै आएर "ओहो किरण सर तपाई यहाँ",  मलाई उसलाई चिन्न अल्लि कठिन भयो, "चिन्नुभएन म राजु क्या हाम्रो भेट त्यस्तै ३ वर्ष अगाडि कन्सलटेन्सीमा भाको थियो नि" 'ए बल्ल चिने, तिमी त कस्तो दुब्लाएछौ त ! म भन्दा पनि' मैले केहि हाँसोको भावमा बोले, राजुले भन्यो "मैले तपाईको फेसबुक प्रोफाइल हेरेको थिए, तपाईले निकै राम्रो कथाहरु लेख्नुहुदो रैछ, केहि त अखबारमा पनि पढेको थिए" मैले 'होर, धन्यवाद' भने ।

हालखबर सोधपुछ गरिसकेपछि, एकछिन शान्त सन्नाटा छाएजस्तो भयो, नहोस् पनि किन म आश्चर्य अनि सोच्न बाध्य भए, मान्छेको जिन्दगी के कसो केहि भन्न र अनुमान गर्न नसकिने रहेछ ।

राजुले भन्यो मेरो यो कहानीलाई कथा लेख्दिनुपर्यो सर मेरो जिन्दगीको त केहि भरोसा छैन कति दिन यसरी लुकेर हिड्नु खै, कहिले कहाँ कहिले कहाँ, लुक्यो भाग्यो आफू आफैदेखि, म आफ्नो अस्तित्व र पहिचान गुमाइसके तीन वर्ष अगाडिको म अनि आजको म खोइ शरीर र आकृतिमा त केहि भिन्नता आएहोला तर म भित्रको म म रहेन, त्यो सपनाहरु त्यो सोच त्यो परिवर्तनको आगो अब निभिसकेको छ, जिन्दगीलाई अब कति यसरी तड्पाएर हिडु, खोइ के को आशामा म  भौतारिएको छु जबकि जिन्दगी जिन्दगी जस्तो रहेन, म जिवित लास जस्तो भएको छु म आफैमा मरेको छु, कैयौं दिन भोकै बिताए, सडकमा, नालीमा सुते, फोहोरमा फालेको खानेकुराको टुक्राहरुमा पनि बाचे, बाच्नको निम्ति मैले चोरेर खाए, लुटेर खाए, कुटेर खाए, खान त खाए तर आफू आफै संग छुटेर खाए खोइ कुन्नि मलाई नै थाहा छैन मलाई किन बाच्नु परेको छ यो सब हुँदा पनि ।

त्यो तीन वर्ष अगाडिको दिनहरु सम्झदा लाग्थ्यो मेरोलागि असम्भव अनि नरमाइलो केहि छैन होला, मैले हरेक चुनौतीलाई डटेर सामना गरिरहेको थिए, चुनौती नै मेरो लागि अवसर अनि अवसर नै सफलता सब ठिकठाक चलिरहेको थियो, बेठीकलाई पनि ठिक बनाउदै निरन्तर अगाडि बढिरहेको थिए । खोइ भाग्यको लेखा बुझ्न सकिन या आफै होस् गुमाउन पुगे वा मलाई बाध्य बनाइयो त्यो रात सम्झदा पनि आफैलाई कहालीलागेर आउँछ, त्यसपछि मैले कहिल्यै घर फर्केर गएको छैन न त आफ्नो परिवार, आफन्त, साथिभाई नै भेटेको छु । आज संयोगले तपाई संग भेट भयो, त्यो दिन जब राति म घर छोडेर हिडे मलाई अझै पनि याद छ मेरो मम्मी को त्यो रुवाइ 'तैले के गरिस नि यस्तो' 'ए गुहार, गुहार' मम्मी कराउदा कराउँदै जमिनमा बेहोस भएर ढल्नुभयो पिढी र मेरो शरीर पुरै रगतले लतपत थियो, वरपरका छिमेकीको घरमा बत्ति बल्यो म त्यसपछि त्यहाँबाट टाप कसे, तीन दिन तीन रात लगातार हिडिरहे भोकै अन्तिम रात म घनघोर जङ्गलको बीचमा पुगे त्यहाँ पुगेर केहि जंगली कन्दमुल, पानीअमला र केहि फलफूल खाए रिंगटा लागेर शरीर पुरै शिथिल भयो म बेहोस भइ कतिबेर ढलिरहे केहि पत्तो भएन, अकस्मात बाघको गर्जनले म ब्युझिए आँखा खोल्दा त अगाडि नै बाघ, झट्पट केहि नसोची नजिकै रहेको अग्लो रुखमा चढे, एकछिन म तर्फ हेरेर रुख वरिपरि घुमेर बाघ फर्कियो ।

त्यो रात जब मैले मेरो बाउको हत्या गरे त्यसपछि मेरो जिन्दगी यसरी नै चलिरहेछ, त्यो रात अगाडिको म म रहिन, वास्तवमा मेरो काम अनि सपना प्रति बाउलाई कत्ति चित्त बुझेको थिएन मैले जे गरेपनि कहिल्यै ठिक, राम्रो भयो भनेर भनेका पनि थिएनन्, कहिलेकाही सार्है नै अप्ठ्यारो पर्यो बाउ संग कुरा गरेर राहत मिल्छ भनेर कुरा गर्नखोज्यो हौसला दिनुसट्टा उल्टै हतोत्साहित गर्न खोज्ने, म आफै र दुनियाँ खुशी भएको  मेरो कामले पनि मेरो बाउलाई कहिल्यै खुशी बनाएन, म फेरि मेरो सपनाप्रति उस्तै पागल थिए । मेरो बाउ जति घमण्डी थिए म मेरो सपना पुरा गर्न त्यो भन्दा अधिक । जहिल्यै मेरो र बाउको विवाद हुनथाल्यो, त्यो दिनभर मलाई कामको झन्झट र तनावले थकित र विचलित बनाएको थियो, बेलुका घर गयो बाउको किचकिच, खोइ के भयो मलाई पुरै रिस भित्र गए बन्चरो झिकेर बाउको गर्दनमा पोखे ।

अहिले ग्लानी र पश्चाताप हुन्छ, केहि नबोली केहि नगरि खुरुक्क घर छोडी हिडेको भए आज त्यो र यो दिन भोग्नुपर्दैन्थ्यो होला ।
लगभग दुई घण्टा बितिसकेछ राजु संग उसको कहालीलाग्दो कहानी सुन्दैमा, राजु बसेभन्दा विपरीत तर्फबाट तिनजना पुलिस आइरहेका थिए, मैले नदेखेको जस्तो गरिरहे नजिकै आएर राजुलाई पछाडिबाट एउटाले समात्यो अनि अर्कोले अगाडि समात्यो अनि अर्कोले हतकडी लगायो अनि धन्यवाद किरण जि भन्दै त्यहाँबाट राजुलाई लगियो ।

लेखक: किरण कश्यप अधिकारी

ठेगाना: नयाँबजार - ९, पोखरा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved