काठमाडौँ नजिकैको ‘खुशी खुशी होटल’: स्वीमीङदेखि हाइकिङसम्मको ‘फुल डोज रिफ्रेशमेन्ट’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 23, 2021 | 02:13:07 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको शहरी ब्यस्ततामा काम गरिरहेका मानिसहरुलाई ‘फ्रेश’ हुन मन लाग्नु स्वभाविक नै हो । तर, लामो समय बिताएर फ्रेश हुन छुट्टि पाउने सम्भावना हुँदैन । त्यसैले काठमाडौँलाई कर्मथलो बनाएका मानिसहरुले घुम्न जाने, रमाउने, रिफ्रेश हुने समय खासै पाउँदैनन् । पाईहाले पनि थोरै मात्रै पाउँछन् ।

त्यसैले उनीहरु काठमाडौँ नजिकै त्यस्तो गन्तव्यको खोजीमा हुन्छन् । सकेसम्म परिवारसहित रमाउन निस्किन पाईयोस् । अविवाहित युवा युवतीहरु आफ्नै दुनियाँमा ‘फ्री’ भएर रमाउन पाईने ठाउँको खोजीमा भौतारिरहेका पनि देखिन्छन् ।

शहरी कोलाहलबाट टाढा तर, दूरीका हिसाबले नजिकै रहेको ‘रिफ्रेश डेस्टिनेशन’ हो ‘खुशी खुशी होटल’ । चन्द्रागिरी नगरपालिका ८ मातातीर्थमा रहेको खुशी खुशी होटल रिसोर्टको मोडलमा सञ्चालित छ । यहाँ घुम्न चाहने, रमाउन चाहने, हाइकिङ जान रहर गर्ने, फोटो खिच्न सौखिन भएका, प्रकृति प्रेमी, स्वीमीङ गर्ने तीव्र अभिलाषा भएकाहरुले रिफ्रेशमेन्टको ‘फुल डोज’ पाउँछन् ।

स्वीमीङदेखि हाइकिङसम्म

काठमाडौँको कलंकीबाट जम्मा ७ किलोमिटरको दूरीमा रहेको यो होटल दरबारमार्गबाट १० किलोमिटर मात्रै टाढा पर्छ । चन्द्रागिरी जंगलको छेवैमा पहाडको भित्तामा टाँसिएको खुशी खुशी होटलको प्रमुख आकर्षण हो ‘स्वीमीङ पुल’ । बच्चाहरुका लागि २ फीट र युवा युवतीहरुका लागि ४ र ८ फीटका स्वीमीङ पुल छन् ।

होटलमा बस्ने गरी जानेहरुले स्वीमीङ गर्ने नै भईहाले । तर, स्वीमीङ मात्रै गर्न पनि मान्छेहरु पुग्छन् । ४ सय रुपैयाँ तिरेपछि नीलो समुन्द्र जस्तो देखिने स्वीमीङ पुलमा २ घण्टा मस्तसँग बिताउन पाइन्छ । दैनिक १ सयदेखि १५० जनासम्म स्वीमीङकै लागि पुग्ने गर्दछन् ।

यति मात्रै नभई, होटलले हाइकिङको पनि व्यवस्था गरिदिन्छ । हाइकिङ जान चाहनहरुलाई गाइडसहित चन्द्रागिरीको रुटमा हाइकिङको प्रवन्ध पनि गरिदिने गरेको छ । 

आन्तरिक तथा अन्तराष्ट्रिय ट्राभलको टिकट पनि होटलले नै काटिदिन्छ । यो सुविधा चाहिँ उपभोक्ताले माग गरे अनुसार हुन्छ ।

यस्तो छ प्याकेज

प्याकेजमा गएर बस्नेका लागि एकदमै सस्तोमा सेवा उपलब्ध छ । एक जनाको २३ सय रुपैयाँ (सर्भिस र भ्याट बाहेक) पर्ने प्याकेजमा बेलुकाको खाना, खाजा, स्वीमीङ र कोठा उपलब्ध हुन्छ । 

एउटा कोठामा ३ जना सुत्न सकिन्छ । जोडीहरुका लागि छुट्टै कोठाको प्रवन्ध पनि छ ।

ब्याटमिन्टन, टेबल टेनिश जस्ता खेल पनि खेल्न पाइन्छ ।

बार्बी क्यूको पनि सुविधा छ । वरिपरी हरियाली बगैँचाको केन्द्र भागमा बसेर बार्बी क्यूसँगै रेष्टुरेन्टको मजा लिन पनि सकिन्छ । 

म्युजिक भिडियो र फिल्मको सुटिङ 

७ रोपनी क्षेत्रफलमा फैलिएको खुशी खुशी होटलमा चलचित्र पनि छायांकन हुन्छ । दर्जनौ म्युजिक भिडियोको सुटिङ भईसकेको छ । ठूला पर्दाका चलचित्र पनि आधा दर्जन सुटिङ भईसके ।

सुटिङका लागि स्पेस उपलब्ध गराएवापत होटलले अत्यन्त न्युन मात्र शुल्क लिन्छ । म्युजिक भिडियो सुटिङ गर्दा एक दिनको १० हजार र चलचित्र सुटिङ गर्दा एक दिनको २० हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

मध्यम वर्ग लक्षित, १७ जनालाई रोजगारी

रेष्टुरेन्ट, ड्रप पिक अप सुविधासहित ७५ जना क्षमताका २२ वटा पर्यटक स्तरका कोठाहरु छन् । यी कोठाको शुल्क एक रातको ४ हजारदेखि ६ हजार रुपैयाँसम्म छ । 

‘उच्च वर्गका धनी मानिसहरु मात्रै होइन, मध्यम र कम स्तरका आय भएका मानिसहरुको पनि घुम्ने इच्छा हुन्छ’ होटलका सञ्चालक कृष्ण प्रसाद उप्रेती भन्छन्, ‘मध्यम र कम आय स्तरका मानिसहरु पनि घुम्न निस्कन सकुन् भनेर उनीहरुका लागि तार्गेट गरेर होटल सञ्चालनमा ल्याएको हुँ ।’

होटलमा अहिले स्थानीय १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यो होटल मध्यम स्तरको करदाताभित्र पर्ने उप्रेतीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved