पुष्पाको सफलताको कथा: ४० हजार ऋण लिएर व्यवसाय सुरु, अहिले मासिक ७० हजार आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 01:18:12 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय स्थल लमजुङको सुन्दरबजार नगरपालिका वाड नं ११ स्थीत तुर्लङकोटमा चिटिक्क परेको बारदली सहितको एउटा घर र घर अगाडी धान कुट्ने मेसीन छ । यो घर पुष्पा दुराको हो ।

उनी अहिले आफ्नो परीवार सहित ब्यबसायीक रुपमा बंगुरपालन र धान कुट्ने मेसीन संचालन गरेर बसेकी छिन् । उनले मासिक रुपमा मनग्य आम्दानी पनि गरेकी छिन् । तर उनको विगतको अवस्था भने दयनीय थियो ।  हिजोको कष्टपुर्ण अबस्था बाट आज यो अबस्थामा आउनमा ग्लोबल आईएमई  लघुबित्त र यसमा कार्यरत कर्मचारीको ठुलो हात रहेको उनी बताउछिन् ।

मिति २०५० साल असोज ७ गते मध्य नेपाल ९ लमजुङमा पिता रामसुब्बा दुरा र आमा सुनमाँया दुराको कोखबाट तेस्रो सन्तानको रुपमा जन्म भएकी पुष्पाले कक्षा ६ सम्म मात्र औपचारिक शिक्षा पाएकी छिन् । सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी पुष्पा दुराको सुरुवाती पारिवारीक अर्थिक अबस्था एकदमै कमजोर थियो, जसो तसो गुजरा त चल्थ्यो तर उनलाई भबिश्यको चिन्ताले सताउन थाल्यो । भविष्यलाई उज्यालो बनाउन त यसै हात बाधेर त हुदैन भनेर उनको परीवारमा छलफल चल्यो । हातमा सिप अनी शिक्षा नभएकाले सजिलै काम पाउने कुरै थिएन । वरीपरी छर छिमेक साथीभाई र आफन्त बाट सहयोग माग्दा नपाएको उनी बताउछिन् ।

उनी भन्छिन् 'धनसम्पती बिना यो संसारमा बाच्न कति गाह्रो छ । पैसा नहुदा नातागोता, साथीसंगी कोही काम नलाग्ने रहेछ ।'

मनमा चिन्तासंगै केही गरौं भन्ने इच्छा भने उहाको मनमा रहीरह्यो ।  चोखो मनले चिताएको कुरा भगबानले पुर्याउछन्  भनेझैँ भयो पुष्पाको जिवनमा । २०७१ साल चैत महीनाको एक दिन छिमेकी दिदीले ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाको बारेमा सुनाईन् । ब्यवसाय गर्न कर्जा पाउने र किस्ता किस्तामा तिर्न मिल्ने कुरा सुनेपछी पुष्पा निकै खुशी भईन् र नजिकैका दिदि बहिनि मिलेर संस्थाको चन्द्रेश्वर शाखाको सदस्य हुने निर्णय गरिन् ।  केहि दिनको  तालिम पश्चात सदस्यता लिएर पहीलो पटक रु ४०००० कर्जा लिई बंगुरपालन सुरु गरिन् । बंगुरपालनमा आम्दानी राम्रो भएपछि काममा हौसला बढ्यो र पुनः दोस्रो पटक कर्जा लिएर सोही ब्यबसायमा लगाईन् ।  दुबै पटकको कर्जाबाट राम्रो आम्दानी भएपछि झन व्यवशाय प्रतिको जाँगर बढ्यो अनि व्यबसाय विविधिकरण गर्ने उद्देश्यले  तेस्रो पटकमा रु २००००० कर्जा लिएर धान कुट्ने मेसिन लिई श्रीमान लाई सोही ब्यबसायामा लगाईन् ।  दुबै व्यवसायबाट फाइदा भएपछि  चौथो पटक कर्जा रु ७००००० लिएर बंगुरपालन ब्यबसायालाई अझ बढाईन् ।

हाल उनको घर नजिकै ५ रोपनी जग्गामा साना ठुला गरी ३५ बटा बंगुर छन्।  बिगत ७ बर्षदेखी पटक पटक गरी ८ पटक कर्जा लिएर ब्यबसायमा कर्जाको सदुपयोग गरी अहिले यो अबस्थामा सम्म ल्याउन सफल भएकी छिन् ।   परिश्रम देखेर आवश्यक परेको बखत कर्जा दिएर ग्लोबल आइएमईले यो ब्यबसायको मालिक बनाउन ठुलो सहयोग गरेको उनी बताउछिन् । उनले छोरालाई समेत काठमाडौको राम्रो विद्यालयमा पढाउन पाएकाले बित्तीय संस्थाले लगाएको गुन कहिल्यै नबिर्सने बताउछिन् ।

उनी आफुमात्र उद्यमी भएकी छैनन्, श्रीमानलाई समेत रोजगारी दिने गरि धान कुट्ने मेसिन राख्न पाएकोमा  खुशी छिन् । ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाले बिपन्न बाट सम्पन्न बनाउन ठुलो सहयोग गरेको  भन्दै उनका श्रीमान समेत दंग छन्। हाल परीवारका सबै सदस्य मिलेर ब्यबसाय गरिरहेको र मासिक आम्दानी रु ६०००० देखी ७०००० हुने गरेको उनको भनाई छ ।  भर्खरै घर नजिकै एउट फर्निचर पनि खोलेको र त्यसमा करीब ४ जना लाई रोजगारी समेत दिएको उनले बताईन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved