
अहिले सपिङ मार्केटमा बहुतै सुनिने नाम हो ‘साथीमार्ट’ । देशकै दोस्रो ठूलो ‘ई–कमर्श’ ब्राण्ड बनिसकेको साथीमार्टले रोजगारी सिर्जना र ग्रामिण क्षेत्रका उत्पादनलाई बजारसम्म पुर्याउने कामको अगुवाई गरिरहेको छ ।
रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टका हालसम्म १०५ वटा आउटलेटहरु खुलिसकेका छन् । ‘रिटेल इकोसिस्टम’ बनाउने अभियानमा साथीमार्टले ‘सपिङ अवार्नेश’ पनि प्रदान गरिरहेको छ । आफ्नै हातले छामेर, गुणस्तर हेरेर, बस्तुको अनुकुलता हेरेर सामान खरिद गर्नुपर्छ भन्ने मान्यता स्थापित गराउन साथीमार्टले शहरमा मात्रै होइन, गाउँ गाउँमा पनि सशक्त उपस्थिती जनाईरहेको छ ।
आईपीओ ल्याउने
४ करोड रुपैयाँबाट सुरु भएको साथीमार्टको ‘प्रोमोटर सेयर’ अहिले २६ करोड नाघेको छ । २ सय करोडको चुक्ता पूँजी बनाउने अभियानमा छन् साथीमार्टका संस्थापक प्रमुख कार्यकारी अधिकृत सागर पोखरेल ।
साथीमार्टको सेयर सर्वसाधारणलाई समेत दिएर देशकै ठूलो रिटेल बनाउने अर्को लक्ष्य छ सागरको । त्यसैले त उनी हरेक दिन नयाँ नयाँ ‘आईडिया’हरु लगाईरहन्छन् ।
‘आईपीओमा पनि जाने लक्ष्य छ, जाँदा प्रीमियममा जान्छौँ’ उत्साहित हुँदै सागर भन्छन्, ‘३ वर्ष निरन्तर नाफा गरेपछि बल्ल आईपीओमा जाने प्रक्रिया सुरु गर्छौँ, यसपालीबाटै हामी नाफामा जाँदैछौँ ।’
साथीमार्ट अहिले पनि ऋणमा छैन । आगामी वर्षसम्म ३ सय आउटलेट पुर्याउने र वार्षिक ७ अर्बको कारोबार गर्ने संस्थाको महत्वकांक्षी लक्ष्यलाई सफल बनाउन साथीमार्टमा १३० जना युवाहरु निरन्तर खटिरहेका छन् ।
‘ऋण नलिई पनि कर्पोरेट अफिस बन्न सकिन्छ भन्ने उदाहरण पनि हामी प्रस्तुत गर्न खोजिरहेका छौँ’ सागर थप्छन् ।
स्वदेशी उत्पादनलाई देशब्यापी बनाउने लक्ष्य
साथीमार्टले ७ वटै प्रदेशमा कोल्ड स्टोर सहितको आउटलेट सञ्चालनमा ल्याउने तयारी पनि सँगसँगै गरिरहेको छ । यसले स्वदेशी उत्पादनलाई बजारसम्म ल्याउन ठूलो योगदान पुर्याउनेछ ।
अहिले पनि गाउँ गाउँमा पुगेका साथीमार्टका आउटलेटबाट स्थानीय उत्पादनले केही हदसम्म बजार पाईरहेका छन् । सागरको सपना यसलाई बढाउने छ ।
‘लमजुङ होस् कि सुर्खेत, जिरी होस् की रुकुम, हामी देशैभर पुग्दैछौँ’ सागर भन्छन्, ‘लोकल लेभलका आउटलेटबाट स्वदेशी उत्पादन ल्याउने अभियान चलाईरहेका छौँ । सानो स्केलमा उत्पादन गर्ने किसान तथा उद्योगीहरुलाई निःशुल्क स्पेस दिएका छौँ । प्रवेश शुल्क लाग्दैन, किनकी हामीलाई मेड इन नेपाल भनेर लोकल उत्पादनलाई नेटवर्क मार्फत देशब्यापी बनाउनु छ, भविष्यमा निर्यात पनि गर्नुछ ।’
यो पनिः
शून्यबाट उठेका सागरको सपनाः साथीमार्टलाई १ खर्बको रिटेल चेन बनाउने, प्रिमियममा आईपीओ ल्याउने
साथीमार्टले ‘फ्रेन्चाइज चार्ज’ र ‘रोयल्टी’ पनि लिँदैन । साथीमार्टमा जोडिनासाथ ब्राण्ड एम्बासडर (राजेश हमाल)को फोटो पनि प्रयोग गर्न सकिन्छ । साथमा ‘लार्जेस्ट ब्राण्ड’को लोगो पनि प्रयोग गर्न पाइन्छ ।
हाल साथीमार्टका २५ लाखदेखि ३ करोड सम्मका आउटलेट सञ्चालनमा छन् ।
उत्पादन पनि, बजारीकरण पनि
सागर पोखरेल नेपाललाई चाहिएको ‘उत्पादन, बजार र निर्यात’ हो भन्छन् । आयातित बस्तुको बिक्रिले ‘इकोनोमिक साइज’ बढाएपनि त्यसले महँगी मात्रै थोपर्ने उनको अध्ययन छ । त्यसैले उत्पादन, उत्पादनको बजार र उत्पादनको विश्व बजारमा निर्यात अहिलेको नेपालको आवश्यकता रहेको उनको भनाई छ ।
त्यसैले त साथीमार्टको आफ्नै ‘साथी प्रोडक्सन’ छ । साथीमार्टले पैसा कमाउने मात्रै सोच राखेको छैन । उत्पादन पनि आफैँ गर्नुपर्छ र त्यसलाई खपतसहित निर्यात पनि गर्नुपर्छ भन्ने चेतनाको विजारोपण हरेक नेपाली जनको मन र मस्तिष्कमा गरिदिएको छ ।
साथी प्रोडक्सनमार्फत ग्रीन टी, ब्ल्याक टी, गोल्डेन टी, ह्वाईट टी उत्पादन गरी विश्वका विभिन्न देशमा नेपाली उत्पादन भएको प्रमाणसहित निर्यात पनि गरिरहेको छ । यी बस्तुहरु रसिया, चीन, अष्ट्रेलिया, यूएई लगायतका देशमा नेपाली उत्पादन हो भन्ने ‘लेवल’ सहित निर्यात भइरहेका छन् ।
नेपाली जडिबुटी र कच्चा पदार्थ प्रयोग गरेरसाबुन, स्याम्पो र लोशन, फेस वास, जेल, मन्जन जस्ता ‘बाथ एण्ड ब्यूटी केयर’का सामानहरु पनि उत्पादन भईरहेका छन् । फुड्स तर्फ मसला, अचार उत्पादन गरेर बजार पठाईरहेको छ साथी प्रोडक्सनले ।
यसलाई सागर पोखरेल ‘एग्रो इको सिस्टम’ भन्छन् । कच्चा पदार्थ उत्पादन, त्यसको प्रशोधन, त्यसबाट बस्तु उत्पादन, बस्तुको प्याकेजिङ र बजारीकरण एकै छानामुनिबाट गर्ने र दूरदराजका कृषि उपजहरु देशैभर पुर्याएर अन्तराष्ट्रिय बजारमा समेत नेपाली उत्पादनको माग बढाउने अभिलासा बोकेर हिडिरहेका ३१ वर्षीया सागर अन्तिममा थप्छन्, ‘मलाई प्यारो लाग्ने काम भनेकै प्रोडक्सन हो ।’