आइपीओ खुलाएको धौलागिरी लघुवित्तको 'गर्विलो' २५ वर्षे यात्रा: ५ जिल्लेबाट राष्ट्रिय स्तरसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 10:39:24 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरको लघुवित्तको रुपमा संचालनमा रहेको धौलागिरी लघुवित्तले आज साउन २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर बिक्रि खुला गरेको छ। लघुवित्तको यो गर्विलो इतिहास भने आज भन्दा झन्डै २५ बर्ष अगाडी 'धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र' को रुपमा  २०५४ सालमा सुरु भएको हो।  

२०५४ सालमा महिलाहरुका लागि बचत तथा ऋण कार्यक्रम संचालनबाट धौलागिरी लघुवित्तले आजसम्मको यात्रा तय गरेको हो। दुरदराजका ग्रामिण भेगका मानिसहरु विशेषगरी  महिलाहरु  वित्तीय सेवा प्रदान गरेकाले धौलागिरी लगायतका धेरै संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट २०५८ सालमा सिमित बैंकिंङ कारोबारको अनुमति लिएर सेवा दिंदै आएका थिए। 

औपचारिक रुपमा बैंक वित्तीय सँस्थासम्म वित्तीय पहुँच नभएकाहरुका लागि एउटा 'बलियो पुल' को रुपमा काम गरिरहेको धौलागिरीले त्यो बेला म्याग्दीमा युएनडिपीको सहयोगमा क्षमता अभिवृद्धि तथा उद्यमीहरुलाई सिप तथा तालिम दिने काम समेत गरेको थियो। विशेषगरी बैंकिंग पहुँच भन्दा बाहिर रहेका ग्रामिण भेगका महिलाहरुलाई सानो सानो रकम ऋण बापत उपलब्ध गराउने र उनीहरुलाई उद्यम गर्नलाई सिप तथा तालिम पनि प्रदान गर्ने  काममा धौलागिरी लगायतका आज 'फिङ्गो' भनेर चिनिएका लघुवित्तको विशेषता हो। 

सिमित बैंकिंग कारोबार गरिरहेको धौलागिरीको कामलाई प्रोत्साहन गर्दै नेपाल राष्ट्र बैंकले सन् २०१९ फेब्रुअरी १९ मा मा लघुवित्त वित्तीय सेवाको लाइसेन्स प्रदान गरेपछि धौलागिरीले बाग्लुङ्ग केन्द्र बनाएर लघुवित्त सेवा प्रदान गर्दै आएको छ। संचालनको केहि बर्षमा नै धौलागिरीले आफ्नो कार्यक्षेत्र बाग्लुङ्गबाट बिस्तार गरि म्याग्दी, ,  अर्घखाँची र कास्की गरि ५४ वटा तत्कालिन गाउँ विकास समितिमा सेवा प्रदान गरेको हो। 

यो पनि: धौलागिरी लघुवित्तको आईपिओ साउन २४ बाट, ४० प्रतिशतभन्दा बढी लाभांश क्षमता

त्यो बेला पनि धौलागिरीले ५ हजार ७५८ सदस्य बनाउँदा ३ हजार ७३३ जनालाई २६ करोड ३५ लाख ४९ हजार २९२ रुपैयाँ कर्जा प्रदान गरेको थियो। जसमा २२ करोड १६ लाख ९८ हजार ६१७ रुपैयाँ ऋणी सदस्यबाट पुन संकलन गर्नलाई धौलागिरी सफल भएको थियो।  त्यो बेला सदस्यबाट १ करोड ७१ लाख ४७ हजार रुपैयाँ संकलन समेत भयो थियो।  

यसरी २५ वर्ष अगाडी सेवा सुरु गरेको धौलागिरी आज राष्ट्रिय स्तरको लघुवित्त बन्दै गर्दा धौलागिरीसंग २० जिल्लामा  कुल ४४ वटा शाखा, ३६ हजार सदस्य, १८ हजार ऋणी सदस्य पुगेका छन् । त्यस्तै कर्जा रकम १ अर्ब ४३ करोड पुगेको छ भने ६८ करोड बचत रहेको छ र  ६३ करोड कर्जा तथा सापटी लिएको छ।  त्यस्तै ४१ करोड ३८ लाख रुपैयाँ कुल मुनाफा रहेको छ भने २६ करोड खुद मुनाफा रहेको छ। कुल १९५ जना कर्मचारी रहेको धौलागिरीले आगामी दिनमा बुर्तिभांग र खरभांगमा शाखा बिस्तार गर्ने तथा धितो राखेर लघु उद्यम कर्जा प्रदान गर्ने योजना बनाएको छ। 

यस अवधिमा धौलागिरी लघुवित्तको चुक्तापुंजी ७ करोड रहेको छ भने सर्वसाधारणलाई ३ करोडको आइपीओ वितरण पश्चात चुक्तापुंजी १० करोड पुग्नेछ।  त्यस्तै यस अवधिमा धौलागिरीको जेनेरल रिजर्भमा ७२ लाख १९ हजार रुपैयाँ रहेको छ भने रिटेन अर्निंगमा २ करोड ५९ लाख रहेको छ। असार मसान्त २०७९ सम्म धौलागिरीको नाफा करिब ४१ करोड रहेको छ भने प्रति सेयर आम्दानी ३७ रुपैयाँ २५ पैसा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved