इलामको किराना पसलबाट उदाएको ‘पञ्चकन्या ग्रुप’: ५० वर्षको इतिहास, तेस्रो पुस्ताको ‘कमाण्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 10:54:35 AM मा प्रकाशित

laxmi  sunrise bank

‘पञ्चकन्या’का निर्माण सामग्रीका नाम वर्षौदेखि जनजनको कण्ठमा झुण्डिरहेका छन् । अधा शताब्दी अर्थात् ५० वर्ष लामो इतिहास बोकेको पञ्चकन्या ग्रुप निर्माण सामग्रीकै लागि चिरपरिचत छ । 

भदौ १५ गते ५०औँ वार्षिकोत्सव मनाएको पञ्चकन्या ग्रुपका जन्मदाता हुन् प्रेमबहादुर श्रेष्ठ । उनको पनि जन्मदिन भदौ १५ मै हो । हाल ग्रुपका अध्यक्ष रहेका प्रेमबहादुरकै जन्मदिनको दिन पञ्चकन्या ग्रुपले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । 

यी हुन् सर्वाधिक रुचाईने पञ्चकन्याका उत्पादन

निर्माण सामग्रीको उत्पादनमा जनजनले सदा उच्चारण गरिरहने नाम बनेको पञ्चकन्याले आरोह र अवरोहको आधा शताब्दी लामो यात्रा पार गरेको छ । आजसम्म पन्चकन्या ग्रुप शक्तिशाली रहनुको पछाडी यो अवधिमा पञ्चकन्याले आर्जन गरेको विश्वास नै सबैभन्दा ठूलो ‘हतियार’ हो भन्छन् ९१ वर्षीया प्रेमबहादुर श्रेष्ठ । गुणस्तरलाई केन्द्र भागमा राखेर काम गरेकै कारण पञ्चकन्याप्रति आम सर्वसाधारण उपभोक्ताले गरेको विश्वास आजपर्यन्त पनि कमी आएको छैन ।

९१ वर्षको बुढ्यौलीमा पनि लक्का जवानमा जस्तै फुर्तिका साथ उनी आज पनि दैनिक उद्योगको अवस्था, उत्पादन, बिक्रि र स्टकबारे जानकारी लिइरहन्छन् । आफूले किराना पसलबाट सुरु गरेर औद्योगिक घरानाका रुपमा विकसित गर्दै हुर्काएको पञ्चकन्या समूहको बोर्ड बैठक र कार्यरत कर्मचारीसँग प्रेमबहादुर आज पनि छलफल गरिरहेका हुन्छन् । 

पञ्चकन्याले प्राइम बिलेटको प्रयोग गरेर उत्पादन गर्ने डण्डी (फलामे छड) सर्वाधिक रुचाइन्छ । नेपालमा ५००–डी गुणस्तरका फलामे डण्डी बनाउने प्रविधि नै पञ्चकन्याले भित्र्याएको हो । 

डण्डीबाहेक, बाईन्डीङ वायर, काँटी किल्ला, पोलिथिन पाईप्स र फिटिङ्स, पिभिसि पाईप्स र फिटिङ्स, पिपिआर पाईप्स र फिटिङ्स, सिपिभिसी पाईप्स र फिटिङ्स, युपिभिसि पाईप्स र फिटिङ्स पञ्चकन्याका उत्पादन हुन् । टेनलेस स्टिल वाटर ट्यांक, रेडिमिक्स कंक्रिट, युपिभिसि झ्याल ढोका लगायतका सामग्री पनि पञ्चकन्याले उत्पादन गर्दै आएको छ । 

तेस्रो पुस्तामा ‘ट्रान्सफर’

पञ्चकन्या समूहको कार्यकारी नेतृत्व अहिले तेस्रो पुस्ताले सम्हालिरहेका छन् । युवालाई विशाल औद्योगिक घरानाको नेतृत्व दिनेमा पनि पञ्चकन्या अगाडी छ । तेस्रो पुस्ताको नेतृत्व उज्ज्वल कुमार श्रेष्ठले गरिरहेका छन् । उनी पञ्चकन्या समूहका कार्यकारी निर्देशक छन् ।

उज्जवल अहिले आफ्ना हजुरबुबा प्रेमबहादुर श्रेष्ठ, बुबा धु्रवकुमार श्रेष्ठ र काका प्रदिपकुमार श्रेष्ठको मार्गनिर्देश अनुसार काम गरिरहेका छन् ।

इलामबाट सुरु भएर यसरी देशैभरी फैलियो पञ्चकन्या

पञ्चकन्या समूहको उदयका पछाडी कयौँ कारणहरु छन् । झापाबाट उदाएको पञ्चकन्याको पुर्ख्यौली थाकथलो भने इलाम हो । अर्थात्, पञ्चकन्याको असली जन्मभूमी इलामको फिक्कल हो । किनकी, प्रेमबहादुर श्रेष्ठले फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले देशकै औद्योगिक घरानाका रुपमा विकास भएको मात्रै छैन, सयौँलाई रोजगारी पनि दिएको छ ।

पञ्चकन्या ५५/५६ वर्ष अगाडी किराना पसलबाट सुरु भएर स–मिल (काठ मिल), राईस मिल हुँदै निर्माण सामग्री उत्पादन गर्ने प्रख्यात औद्योगिक घराना बन्यो । 

यो समूहको जन्मदाता प्रेमबहादुरले इलामको फिक्कलमा रहेको पञ्चकन्या मन्दिरको नामबाट यो समूहको नामाकरण गरेका थिए । पछि पारिवारिक व्यवसाय र उद्योगका रुपमा विकसित हुँदै गएपछि श्रेष्ठ परिवार झापा झर्यो । पञ्चकन्या नामबाट खुलेको पहिलो उद्योग भने पञ्चकन्या राइस मिल हो । जुन विर्तामोडमा थियो । 

त्यसपछि उद्योगको विकास र विस्तारका लागि पूर्वबाट श्रेष्ठ परिवार पश्चिम तिर हानियो । निर्माण सामग्रीको उत्पादनमा लाग्ने सोचेर प्रेमबहादुर श्रेष्ठ पश्चिम तिर आए । पश्चिममा भैरहवा श्रेष्ठ परिवारको रोजाईमा पर्यो । त्यहीँबाट क्रमशः पञ्चकन्याको औद्योगिक सम्राज्य फैलने क्रम सुरु भयो ।

प्रेमबहादुर श्रेष्ठले आफ्ना २ भाइ छोराहरुमध्ये ध्रुबलाई भैरहवास्थित फ्याक्ट्रीको व्यवस्थापन र प्रदीपलाई काठमाडौँमा बसेर ‘प्लानिङ’देखि विश्व बजारमा के कस्ता नयाँ प्रविधि आउँछन्, तीनको अध्ययन गरेर नेपाल भित्र्याउने जिम्मेवारी दिएका थिए । भैरहवामा पञ्चकन्याको पहिलो उद्योग पञ्चकन्या प्लाष्टिक उद्योग थियो । 

सामूहिक ‘इफोर्ट’ले एउटा किराना पसलबाट औद्योगिक घराना बनेको पञ्चकन्यामा उज्जवललाई पनि हजुरबुबाले नै भित्र्याए । मार्केटिङ म्यानेजरका रुपमा पारिवारिक विरासतको औद्योगिक समूहमा प्रवेश गरेका उनी हाल सिङ्गो विरासत जोगाउँदै समूह नै हाँक्ने जिम्मेवारीमा छन् । 

उनलाई काका प्रदीप कुमार श्रेष्ठका छोराहरु उदिप र आशिकले सघाइरहेका छन् । उदिपले अटोमोबाइल्स (बाइक), कन्स्ट्रक्सनको काम गर्दै आएका छन् भने आशिकले भने प्लाष्टिकको विक्री तथा बजार विस्तारको काम हेरिरहेका छन् ।

पञ्चकन्याका ब्राण्ड, गुणस्तर, रोजगारी र उपभोक्ताबाट पाएको विश्वास नै सबैभन्दा ठुलो सम्पत्ति भएकाले यसलाई कायम राख्नु आफूहरुको ठूलो जिम्मेवारी भएको उज्ज्वल बताउँछन् । 

‘उपभोक्ता/ग्राहकको मनमा नम्बर वान भईरहनुपर्छ भन्नेमा हामी दृढ छौँ’ बिजपाटीको टिमसँगको भेटमा एकदिन उज्ज्वलले भनेका थिए ।

पञ्चकन्याका उद्योग तथा बजारमा गरी हाल १५ सय बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved