फाटेका जुत्ताले ११ वर्षदेखि जीवन सिलाइरहेका ६० वर्षीय खडकबहादुर, सात वर्षे हेमाको साथ

झलक दवाडी

झलक दवाडी

Apr 29, 2023 | 09:21:30 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी । ‘अंकल तपाइँको जुत्ता च्यातिएको छ हेर्नुस त’ कतैबाट मसिनो आवाज आयो । यसो पछाडि फर्किएँ । सानी नानी । हातमा दश रुपैयाँको नोट,घाँटीमा जन्तर, रबरले बानेको छोटा कपाल । म हेरेको हेरै भएँ । फेरि भनिन्, ‘हजुरको जुत्ता के... हेर्नु न ।’ म फिस्स हाँस्दै भने, ‘अब अर्को किन्छु नी ल ।’ ‘पर्दैन-पर्दैन यत्ति च्यातिँदा किन किन्नु ? म बुबालाई सिलाउन भनिहाल्छु नी’, मेरो दाहिने हातको कान्छी औँला समाएर उनको बुबाले जुत्ता सिलाउने ठाउँमा लगिन् । 

‘सर नमस्कार’ उनको बुबाले शिष्टता व्याक्त गरे । ‘के सेवा गरौँ हजुर ?’ उनको बुबाले सोधे । ‘बुवा हेर्नु न पछाडि सोल च्यातिएको छ’, छोरीले नै जवाफ फर्काइन् । ‘अंकल जुत्ता खोल्नुस्’, नानुले आग्रह गरिन् । मैले दुवै जुत्ता खोलेर राखें । चञ्चले स्वभाव, बोलिरहने बानी रहेछ, छेउमै आइन् ।

‘अंकल यो किन लगाको’ आईडी कार्ड देखाउँदै भनिन् । ‘नानु म पत्रकार हो, सबैले चिन्छन् भनेर लगाएको नि’ । ‘बुबा उहाँ पर्तकार (पत्रकार) हुनुदोरैछ’ सेता मिलेका दाँत देखिने गरी हाँस्दै भनिन् । ‘नानुको नाम के हो ?’ परिचय गर्न खोजें । ‘हेमा हो’, बुबाले छोरीको परिचय दिए । ‘हेमा सार्की हो मेरो नाम’, उनले थपिन् । मैले पनि आफ्नो सबै परिचय सुनाएपछि बुबाको बारेमा जान्न इच्छा जाग्यो । जुत्ता सिइँदै थियो । हाम्रो कुरा हुँदै गयो । 

लथालिङ्ग फालिएका थोत्रा सामानको छेउमा पुरानो बेञ्च छ, जहाँ जुत्ता सिलाउन आउनेहरु बस्छन् । धनगढी चौराह चोकमा खडकबहादुर सार्कीको आफ्नै संसार छ । धनगढीबाट पहाड जानेहरु हुन् या बजारबाट गाउँ पस्नेहरू। सबैको लागि पायक पर्ने ठाउँ हो धनगढी चौराह । चौराहको एक कुनामा फराकिलो छाता ओडेर बनेको छाप्रोमा छ खडकबहादुरको दैनिकी । त्यही छाप्रोमा ६० वर्षीय खडकबहादुर सार्कीका ११ वर्ष बिते । उनले ११ वर्ष च्यातिएका र चुडिएका जुत्ता, चप्पल टालेर अनि सिएर बिताए ।

बैँसमा खडकबहादुरका कोही साथी भारत गए त कोही विहेवारीमा जुटे । विहे त उनले पनि गरे तर अरु जस्तो परिवार पाल्न उनी विदेश गएनन् ।

त्यो बेला उमेर पुगेका जवान केटाहरू भारत  जाने र दुई/चार रुपैयाँ कमाएर फर्कने चलन थियो । तर उनलाई एउटा पेशा गरेर बस्नु पर्ने बाध्यता आइपर्यो र  जुत्ता चप्पल मर्मत गर्न थाले । फाटेका जुत्ता खुब टाले तर उनको जीवन कहिलै फाटेन । बरु तिनै फाटेका जुत्ताले उनको जीवन सिलाइरहयो । 

सुरुमा त बजार पनि त्यति विस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो तर विस्तारै उनी आफ्नो सीपमा पारङ्गत हुँदै गए । उनलाई विश्वास थिएन की यसरी जुत्ता सिलाएरै जीवन चल्ला भनेर ।

खडकबहादुरका रहरहरू धेरै थिए तर रहरले मात्र पुगेन उनलाई । उनकी श्रीमती मानसिक रोगी भइन् । जिम्मेवारीले झन् च्याप्यो । छोरा छोरी पाए । उनी सडकमा बसेर जुत्ता सिलाउँछन्, उनकी श्रीमती घरको काम गर्छिन् । चार जनाको उनको परिवार सुखी छ । जुत्ता सिलाएर कमाएको रकम नै उनको परिवारको मुख्य आम्दानीको स्रोत हो । जुत्ता सिलाएरै छोराछोरीलाई स्कुल पढाउँछन् । उनी आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट छन् । दैनिक न्युनतम पाँच सयदेखि अधिकतम् एक हजार पाँच सयसम्म कमाई हुने कुरा सुनाउँदै भन्छन् , कमाएको पैसा सबै औषधि मै खर्च हुन्छ, यिनीहरुलाई बोर्डिङ पढाउने रहर पनि अधुरै छ।’ 

आफ्ना साथीहरुले भाडा तिर्न नसकेको कुरा सुनाउँदै खडक भन्छन् ‘आफ्नो काम भनेको आफ्नै हुँदोरहेछ । अरूको खटन मानेर ठूलो घरमा बस्नु भन्दा आफ्नै मर्जी अनुसारको काम गरेर छाप्रोमै बस्दा पनि छुट्टै आनन्द हुँदो रहे, भाडा त तिर्नु पर्दैन ।’

खडकबहादुर मसँग कुराकानी चन्दै थियो, एक महिला झोला भरी पुराना जुत्ता लिएर आइपुगिन् । आउनेबित्तिकै सय रूपैयाँ थमाइन् र झोलाबाट च्यातिएका, उप्केका चार जोर जुत्ता निकालिन् । अनि भनिन्, ‘एक जोर चाहिँ तुरुन्त अहिल्यै बनाइ दिनुपर्यो, अहिले लगाएर जाने जुत्ता छैन।’ तर, दिउँसोको १ बजीसक्दा पनि ‘बोहनी’ नभएका कारण खाजासमेत खान नपाएको भन्दै उनले चिया खाएर मात्र सिलाउने बताए ।

तर, ती महिलाले बरू चिया खाने खर्च मै दिन्छु भन्दै थप पचास रूपैयाँ दिँदै अहिल्यै जुत्ता मर्मत गर्न कर गरिन्। त्यसपछि खुसी हुँदै उनी जुत्ता सिलाउन थाले । बाँकी तीन जोर जुत्ता पछि लिन आउने गरी सिलाएको एक जोर जुत्ता लिएर ती महिला आफ्नो बाटो लागिन्। ‘यी महिला पनि एक महिनापछि आएकी हुन्। दुई सय रूपैयाँ बाँकी थियो, बल्ल–बल्ल डेढ सय दिएर गइन् ।  ‘अब यी चार जोरको पैसा कहिले आउने हो कहिले ?’ उनले भने । ‘यति मात्र हैन, सडकमा बस्नुको सास्ती, कति छन् कति, कहिलेकाहीँ जँड्याहाहरू आएर जुत्तामा पालिस लगाउँछन् तर, पैसा दिँदैनन्,’ उनले दुखेसो गरे, ‘पैसा माग्यो भने यहाँ बस्न मन छ कि छैन भनेर थर्काउँछन्, पैसा दिनेहरू पनि लाग्दो ज्याला दिन पनि बार्गेनिङ गर्छन्, सक्दो पैसा घटाउन खोज्छन्।’

‘२० रूपैयाँको काम गर्यो भने १० रूपैयाँ मात्र दिन्छन्, ५० रूपैयाँ दिनुपर्ने ठाउँमा २० रूपैयाँ मात्र फालेर हिँड्छन्,’ सानी छोरी तिर हेर्दै उनले विवशता व्यक्त गरे, ‘के गर्नु जति दिन्छन्, त्यति थाप्छु हजुर’ तर सबै ग्राहक उस्तै नहुने र भनेको ज्याला दिने असल र इमान्दार पनि आउने गरेको उनले सुनाए ।

‘छोराछोरीले जति पढ्छन्, त्यति पढाउँछु’

कान्छो छोरो ५ वर्षको र छोरी ७ वर्षकी भइन्। ‘छोरी राम्रो पढ्छे छोराको भर्ना गरेको छैन’, उनले भने । उनको जेठी छोरी हेमा अहिले शारदा माविमा  कक्षा २ मा पढ्छिन् । ‘सरकारी स्कुल पढेका मान्छे पनि निकै अगाडि बढेका छन् नि,’ उनले भने, ‘धनीहरुले पढाउने (बोर्डिङ) र हामी जस्ताले पढाउने (सरकारी)को पढाइ त फरक परिहाल्छ नी ।’ हालै धनगढी उपमहानगरपालिकाको १७ वटा सामुदायिक विद्यालयको शुन्य नतिजालाई इङ्कित गर्दै संस्थागत विद्यालयमा छोराछोरीलाई बढाउने इच्छा व्यक्त गरे । अब उनको एउटै उद्देश्य छ–छोरीले जति पढ्छिन्, उति पढाउने । ‘अब म आफ्नो कमाइबाट घरजग्गा केही जोड्न सक्ने होइन । यही छोरा छोरीको पढाइ र श्रीमतीको औषधीमा खर्च  गर्छु,

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved