२०२६ सालमा यसरी जन्मिएको थियो बीमा प्राधिकरण : क्यानेडिएन नागरिकको 'प्रवेशपछि' स्वायत्तता

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

May 14, 2024 | 08:11:19 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा पहिलो पटक बीमा कम्पनीको रुपमा नेपाल ईन्स्योरेन्सको स्थापना भएको थियो । २००४ सालमा तत्कालिन कम्पनी कानुन अनुसार नेपाल ईन्स्योरेन्स (तत्कालिन नेपाल बीमा तथा मालचलानी कम्पनी) को स्थापना भएको हो । तत्कालिन अवस्थामा नेपालमा बैंकको रुपमा नेपाल बैंक थियो । नेपाल बैंकले व्यपारीहरुलाई कर्जा दिने गर्दथ्यो । व्यपारीहरुले भारतबाट सामान ढुवानी गरेर ल्याउने गर्दथे। 

यसरी सामान ल्याउने क्रममा बाटोमा चोरि हुने, हराउने लगायत विभिन्न कारणले क्षति हुने गर्दथ्यो । त्यो क्षतिको वहन गर्नका लागि नेपाल बैंकले बीमाको आवश्यकता देखेर नेपाल ईन्स्योरेन्स कम्पनीको स्थापना गरेको थियो । यसरी नेपालमा पहिलो बीमा कम्पनीको रुपमा नेपाल ईन्स्योरेन्सको स्थापना भएको थियो।

 यसैगरी, नेपाल सरकारले २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना गर्यो । यस कम्पनीले राजा महेन्द्रको गाडीको बीमा गरेर बीमाको यात्रा शुरु गरेको थियो । २९ सालमा राजा विरेन्द्रको जीवन बीमा गरेर जीवन बीमा तर्फको यात्रा पनि शुरु गरेर बीमा संस्थानले जीवन बीमाको यात्रा थालनी गरेको थियो।

 २०२५ सालसम्म नेपालमा २ वटा बीमा कम्पनीहरु स्थापना भएका थिए । उता बैंकहरुलाई नियमन गर्नका लागि राष्ट्र बैंकको स्थापना २०१४ सालमा भइसकेको थियो । यसरीनै बीमा कम्पनीको नियमन गर्ने नियकायको पनि आवश्यकता देखेर २०२६ साल जेठ १ गते बीमा समितिको स्थापना गरिएको थियो। बीमा ऐन २०२५ अनुसार बीमा समितिको स्थापना भएको इतिहास छ । 

सो बीमा समिति अर्थ मन्त्रालयको एक समितिको रुपमा रहेको थियो । यो स्वायत्व निकाय थिएन । मन्त्रालयको ईकाइको रुपमा सो समितिले काम गर्ने गर्दथ्यो । 

२०३६ सालको जनमत संग्रहको बेलामा अर्थ सचिवको रुपमा देवेन्द्र राज पाण्डे थिए । उनले तत्कालिन व्यवस्थासँग असहमति जनाएर राजिनामा दिएका थिए । पछि २०४६ सालमा बहुदल आयो । २०४७ सालमा कृष्ण प्रसाद भट्टराईको नेतृत्वको अन्तरिम सरकार गठन भयो । पूर्व अर्थसचिव पाण्डे सो सरकारको अर्थमन्त्री बने । उनले २० वर्ष अघि जस्तो बीमा समिति देखेको त्यस्तै देखेपछि समितिलाई छुट्टै स्वायत्व नियामको रुपमा लैजानु पर्ने सोचेर बीमा ऐन २०४९ बनाउँने निर्णय गरे । 

उनले क्यनडियन एक कन्सल्टेन्ट ल्याएर बीमा ऐन २०४९ को मसौदा बनाउन लगाए । सोहि मसौदा अनुसार २०४९ सालमा बीमा ऐन २०४९ जारी भयो । लगतै बीमा समितिले स्वायत्तता पायो । स्वायत्त रुपमा छुट्टै एउटा कार्यलय स्थापना भयो । 

नेपाल सरकारले अध्यक्ष नियुक्ती गर्ने, कानुन र अर्थ मन्त्रालयबाट २ जना सहसचिव पदेन सदस्यको रुपमा रहने, एक जना बीमा विज्ञ र बीमितको तर्फबाट एक जना सदस्य रहनेगरी ५ सदस्य सञ्चालक समिति रहने गरि समितिले स्वायत्वता पाएको थियो ।

पछि २०७९ मा सो समिति बीमा प्राधिकरणको रुपमा रुपान्तरण भएको हो । समिति भन्दा सानो निकाय जस्तो हुने भएकाले प्राधिकरणमा परिणत गर्नु परेको प्राधिकणको उच्च पदस्थ कर्मचारीहरुले बताउने गरेका छन् । 

नाम आफैले केहि नगर्ने भएपछि प्राधिकरण बनेपछि आफूहरुलाई अलिक उर्जाशिल बनाएका प्राधिकरणका निर्देशक शुसिलदेव सुवेदि बताउँछन् ।   २०४७ सालमा बीमा समिति स्वायत्तता भएपछि बीमा व्यवसाय सञ्चालनका लागि पहिलो ईजाजत हिमालयन जनरल ईन्स्योरेन्सलाई दिएको थियो । 

हिमालयन जनरलले २०५० सालमा बीमा समितिबाट पहिलो लाईसेन्स पाएको हो । यसैगरी, २०५८ सालमा, २०६० सालमा, २०६५ सालमा र २०७४ सालमा समितिले विभिन्न कम्पनीहरुलाई लाईसेन्स दिएको थियो । अहिले पुनर्बीमा जीवन बीमा, निर्जीवन बीमा र लघु बीमा गरी ३७ वटा बीमा कम्पीहरु सञ्चालनमा रहेका छन् । 

यस अघि कम्पनीहरुलाई घटाउन मर्जरको व्यवस्था आएको थियो । त्यस अघि पुनर्बीमक, जीवन बीमक र निर्जीवन बीमक गरी देशमा ४० वट बीमा कम्पनीहरु थिए । सो समयमा लघु बीमकहरु थिएनन् । 

शुरुमा बागदरबारमा कार्यलय रहेको समितिका पछि भृकुटि मण्डपको रक्तसंचार भवनमा कार्यलय सर्यो । २०५९ सालमा चावेलमा आफ्नै भवनमा समिति सर्यो । २०७२ सालको भुकम्पपछि नेपाल बैंकको कुपोण्डोलमा रहेको जग्गा समितिले किनेर समिति कुपोण्डोलमा सर्यो । 

२०३७ सालमा ३ जना कर्मचारी रहेको बीमा समितिमा २०४५ सालमा ५ जना कर्मचारी थिए । त्यसैगरी, २०४९ सालमा ११ जना, २०५५ सालमा २५ जना र २०६३ सालमा कर्मचारीको संख्या ४० जना पुराइएको थियो । हाल बीमा प्राधिकरणमा १२० जना भन्दा बढी कर्मचारीहरु रहेका छन् । अहिले बीमा प्राधिकरणको संघिय संरचना अनुसारको कार्यलयहरु रहेका छन् । बागमती प्रदेश कार्यलय प्रधान कार्यलयनै रहने गरी ७ वटै प्रदेशमा कार्यलयहरु पुगेका छन् । 

यो बीचमा ८ जनाले बीमा प्राधिकरणको नेतृत्व गरिसकेका छन् । स्वायत्त निकाय भएपछिको बीमा समितिको पहिलो अध्यक्षको रुपमा लाल प्रसाद यादव थिए । त्यसपछि प्रफुल्ल कुमार काफ्ले, नारायण प्रसाद सिलवाल, माधव प्रसाद उपध्याय, देवेन्द्र प्रताव शाह, डा. फत्त बहादूर केशि र चिरन्जिवि चापाँगाईले प्राधिकरणके नेतृत्व गरिसकेका छन् । हाल प्राधिकणको नेतृत्वमा पूर्व गृहसविच सूर्य प्रसाद सिलवाल रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved