रामपुरका गौतम जसले सागसब्जीबाट कमाउछन् वार्षिक ६ लाख

रासस

रासस

Oct 31, 2024 | 09:50:33 AM मा प्रकाशित

laxmi sunrise bank
गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् ।  रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ । 

बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिएका उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन्। उनको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले  प्रस्तुत गरेका छन् ।

उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन। उनले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका ठी।  वार्षिक रूपमा रु छ लाख बराबरको आम्दानी गर्दै आएको उनि बताउछन । बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए।   “बजारको  चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ” उनले भने। 

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले जनाए। उनले ‘टनेल’भित्र र बाहिर खेती गरेका छन्। टनेलभित्र उत्पादन धेरै हुने गरेको उनले सुनाए। 

युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि रु आठ लाख रकम ब्याज अनुदान उपलब्ध गराएको उनि बताउछन । सबैको साथ र हौसला पाएकाले उनि खेती विस्तार गर्न उत्साहित छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved