सोलुखुम्बु जिल्लाको सल्यान गाउँका कर्णविर राई हाल काठमाडौंको नक्शालमा बस्दै आएका छन् । ८१ वर्षका वृद्ध राई आफ्नो जीवनका कठिन क्षणहरूको सम्झना गर्दै सीपको सदुपयोग गर्दै शहरमा रमाइला दिनहरू बाँचिरहेका छन् । उनी करिब दुई वर्षअघि सोलुखुम्बुबाट काठमाडौं आएका थिए ।
चार सन्तानका पिता राई उमेरले ८० वर्ष पार गरे पनि उनमा युवापनको झल्को देखिन्छ । गाउँमा बस्दै उनले आफ्ना छोराछोरीलाई शहर पठाएर शिक्षित गरेका थिए । सन्तानहरूको ढिपी पछि , राई शहर आएका हुन् । शहर आएर उनले आफ्नो पुरानो सीपलाई पुनः उपयोगमा ल्याए । गाउँमा उनले कृषी र पशुपालनमा रुचि लिएका थिए, र १६ धुर जग्गामा राम्रो उत्पादन गर्थे, तर अहिले त्यो भूमि जंगलमा परिणत भएको छ । यसमा उनलाई दुःख लागेको छ ।
पहिलो पल्ट काठमाडौं आउँदा राई लाई दिन काट्न कठिन हुन्थ्यो, तर अहिले टोकरी (बास्केट) बनाउन थालेदेखि उनलाई दिन कटाउन धेरै सहज भएको छ । राईले विभिन्न प्रकारका डिजाईनमा रङ्गीविरङ्गीका , साना, ठुला सबै ग्राहकहरुले माग गरे अनुसारका टोकरीहरु बनाई बिक्री गर्ने गर्छन्।
राई भन्छन्,“घाम ताप्दै टोकरी बनाउँदा बनाउँदै, घाम ताप्न कहिले कमलपोखरी त कहिले नारायण चौर दिन बितेको पत्तो नै पाउँदिन । जबदेखि टोकरी बनाउन थाले तबदेखि मेरो जीवन सहज भएको छ, किनकि घरमै मात्र बासेर हुदैन । आफ्नो हातमा भएको सीपको सदुपयोग पनि गर्नुपर्छ, केहि खान मन लाग्दा अरुसँग माग्न नपरोस् भन्ने हेतुले मैले टोकरी बनाएर बेच्न थालेको हो” उनले भने ।
उनले नजानेको केही छैन् सबै प्रकारको सीप उनको हातमा छ । कर्णविर ८१ वर्ष पुगीसक्दा पनि उनको जागर, उत्साह, उमङ्ग उत्तिकै छ । राई लाई एउटा बास्केट बनाउन पुरा एक दिन लाग्छ । उनले बनाएको बास्केटको मुल्य २ सय देखि माथि बास्केट हेरी हेरी बिक्री गर्ने गर्छन् ।
राईले बास्केट बनाउने प्लाष्टीकको डोरी भन्सारबाट ल्याउने गर्छन । भन्सारमा ल्याएका सामानहरु बानेर फालेको लावरको डोरीहरु ल्याएर उनले बास्केट बनाउने गर्छन् ।उनलाई ति डोरी ल्याउन कुनै पनि शुल्क लाग्दैन । या भनौं उनले भन्सारमा खेर फालेका डोरीका सामान बनाएर खर्च बनाउने गरेका छन् । उनीसँग हरेक किसिमको सिप छ । उनी बास्केट बाहेक अरुपनि थुप्रै डोरीका सामाग्रीहरु बनाउने गर्छन ।
गाउँमा हुँदा उनले मान्द्रो, ओख्ली, ढिक्की, डोको, डालो, कोदालो जस्तो हरेक किसिमका सामाग्री बनाउने गर्थे । आफूले दिनहुँ खेतीपातीमा प्रयोग गर्ने सामाग्री उनले कही कतैबाट माग्न प्रर्दैन थियो । उनी सबै आफै निर्माण गर्थे ।
सोलुखुम्बुमा उनको १६ रोपनी जग्गा जमिन छ । तर अहिले सबै जग्गा जमिन जंगल भएको छ । उनी गाउँमा हुँदा खेतीपाती मनग्गे गरी बसेका थिए। खेतबारीमा मनग्गे धान, मकै, कादो, फापर, शिलाम जस्ता अन्न उत्पादन गर्थे । बारीमा सुन्तला टन्नै फल्थ्यो, बीस, पच्चिस मुरी कोदो फलाउने अहिले ती जग्गा जमिनहरु अहिले उनले अदिया दिएएका छन्।
उनले बनाएको टोकरीमा पुजाको सामाग्री बोक्न, घरमा फलफुल राख्न तथा अन्य सामाग्री राख्न प्रयोग गरिन्छ । उनी भन्छन्, “अहिलेको जमानाका मानिसहरुले बिदेशी सामान बढी मात्रामा किन्ने गर्छन् । नेपाली पोसाक, नेपाली सामानहरुमा आँखा जादैन मन पराउँदैनन् । यस्तो टोकरीको चल्ती अहिले हराउँदै गएको छ । पहिलाको जमनामा टोकरीको मान्यता बढी मात्रामा थियो । पहिलाको जस्तो अहिले छैन्, तर पनि मैले बनाएको टोकरी मान्छेहरु खोज्दै आउँछन्, यहि कुरामा मलाई गर्व लाग्छ” उनले भने ।
उनले दिनमा घाम ताप्दै एउटा बास्केट बनाउँछन् । उनको सिप देखेर हर कोहीले अडर दिने गरेका छन् । मन पराएर दोहोर्याएर किन्न आउँछन् मानिसहरु उनले बनाएका बास्केट।