
कञ्चनपुरका ईश्वर थापा र कैलालीका लोकराज उप्रेती उद्यमशीलताको यात्रामा सफल उदाहरण बनेका छन्। कृषि तथा पशुपन्छी फार्म सञ्चालन गर्दै आएका ईश्वर र खाद्य प्रशोधन उद्योग चलाइरहेका लोकराजले आफ्नो व्यवसायिक सफलताको श्रेय नबिल बैंकद्वारा सञ्चालित “नबिल एसएसई“ कोर्सलाई दिने गरेका छन्।
पूर्व शिक्षक ईश्वर र औषधि कम्पनीका पूर्व मार्केटिङ कर्मी लोकराजलाई आफ्नै व्यवसाय सञ्चालन गर्ने इच्छा भए पनि प्रारम्भिक ज्ञानको अभाव थियो । सन् २०१७ (वि.सं. २०७४) मा ईश्वरले शिक्षक पेशा त्यागेर कृषिमा हात हाले भने लोकराजले खाद्य प्रशोधन उद्योगको यात्रा थाले । तर, व्यावसायिक मार्गचित्र बनाउन आवश्यक सीपको कमी अनुभव गरेका उनीहरू नबिल बैंकले सुदुरपश्चिमाञ्चलको एसटिए क्याम्पसमा सञ्चालन भईरहेको “नबिल एसएसई“ कोर्समा सहभागी भए ।
कोर्ष ३ महिनाको हुने भएकाले उनीहरुले ३ महिना सम्म यो कोर्ष लिए । यो कोर्ष लिसकेपछि उनीहरुले व्यवसाय गर्नलाई धेरै सहज भएको उनीहरु बताउछन् । साथै, योे कोर्ष धेरै नै प्रभावकारी भएको उनीहरुले बताए ।
व्यवसायिक ज्ञानको कोर्षले देखाएको बाटो
तीन महिनाको उक्त कोर्समा उनीहरूले व्यवसाय सञ्चालनका लागि कानूनी प्रक्रिया, बजार व्यवस्थापन, उत्पादन प्रवद्र्धन र मार्केटिङ जस्ता महत्वपूर्ण पक्षहरूबारे गहिरो ज्ञान प्राप्त गरे। “नयाँ वस्तु कसरी उत्पादन गर्ने, बजारमा कसरी प्रवद्र्धन गर्ने भन्ने ज्ञान हामीलाई थिएन, तर यो कोर्सले सबै स्पष्ट बनाइदियो,” ईश्वर भन्छन्।
नबिल एसएसई कोर्सले उनीहरूको मनोबल बढाउनुका साथै व्यवसायिक रणनीति बनाउन ठूलो मद्दत पु¥यायो। लोकराजका अनुसार, प्रशिक्षकहरूले व्यवसायमा आउने चुनौतीहरू समाधान गर्न प्रभावकारी मार्गदर्शन दिएका थिए ।
हाल इश्वर र लोकराज आफ्नै व्यवसायमा व्यस्त छन् । ईश्वरले अहिले फलफूल तथा तरकारी खेती, (बाख्रा, रागा) पालन र दुध डेरी सञ्चालन गर्दै आएका छन् । त्यस्तै, लोकराज सुदुरपश्चिमाञ्चल क्षेत्र भरि आफुले उत्पादन गरेका फुड्सहरु प्रसोधन गरिरहेका छन् ।
के हो नबिल एसएसई कोर्ष ?
नबिल एसएसई (नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप) नबिल बैंक लिमिटेडद्वारा सञ्चालित एक कार्यक्रम हो, जसको उद्देश्य सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्नु हो। यस कार्यक्रम अन्तर्गत दुई मुख्य कोर्सहरू सञ्चालन गरिन्छः सर्टिफिकेट कोर्स र फेलोसिप प्रोग्राम ।
फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।
सर्टिफिकेट कोर्सः
यो तीन महिने कोर्स हो, जसमा सहभागीहरूलाई सामाजिक उद्यमशीलताको आधारभूत ज्ञान प्रदान गरिन्छ। कोर्स अवधिमा १४ दिनको ’एक्सन–बेस्ड’ तालिम दिइन्छ, जसमा प्रत्येक दिन ६–८ घण्टाको सत्रहरू हुन्छन्। यस कोर्समा सहभागी हुन इच्छुक व्यक्तिहरूले कम्तीमा १८ वर्ष उमेर पूरा गरेको हुनुपर्छ, सामाजिक व्यवसाय सुरु गर्ने चाहना राखेको हुनुपर्छ, र नेपाली भाषामा कार्यगत ज्ञान हुनुपर्छ। नबिल बैंकले सातै प्रदेशका ११ ओटा क्याम्पससँग साझेदारी गरी यो कोर्स सञ्चालन गर्दै आएको छ।
फेलोसिप प्रोग्रामः
यो छ महिने कार्यक्रम हो, जसमा सहभागीहरूलाई १२ महिनासम्म परामर्श प्रदान गरिन्छ। प्रत्येक महिनामा ३ दिनको आवासीय कार्यक्रम आयोजना गरिन्छ, जसमा सहभागीहरूले आफ्नो सामाजिक उद्यमको अवधारणा विकास गर्न र लगानीका लागि तयार पार्न आवश्यक ज्ञान र सीप प्राप्त गर्छन्। यस कार्यक्रमको लागि आवेदन दिने उम्मेदवारहरूले १८ वर्ष वा सोभन्दा माथिको उमेरको नेपाली नागरिक हुनुपर्छ, सामाजिक समस्याको पहिचान गरी त्यसको समाधानका लागि व्यावहारिक विचार राखेको हुनुपर्छ, र ६ महिनासम्म प्रत्येक महिना ३ देखि ४ दिन कार्यक्रममा सहभागी हुन प्रतिवद्ध हुनुपर्छ ।
यस कार्यक्रमअन्तर्गत हालसम्म ७०० भन्दा बढी युवाले प्रशिक्षण प्राप्त गरिसकेका छन्। “नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेका बेला यस्तो कार्यक्रमले युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा दिलाएको छ,“ नबिल बैंकका प्रतिनिधिहरू बताउँछन् ।
ईश्वर र लोकराजजस्ता नवउद्यमीहरूको सफलता नबिल एसएसई कोर्सको प्रभावकारिताको प्रमाण हो। नेपालमा उद्यमशीलता प्रवद्र्धन गर्न यस्ता तालिम कार्यक्रमहरू अझै बढाउन आवश्यक छ भन्ने उनीहरूको धारणा छ ।