क्लिन फिडमा सबैका आ-आफ्ना स्वार्थ, नेपाली च्यानल हेरे पुग्ने मिडिया सोसाइटीको अडान

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 13, 2020 | 08:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञापन ऐन–२०७६ ल्याईएको एक वर्ष अर्थात २०७७ साल कात्तिक ८ गतेदेखि क्लिनफिड लागू गर्ने तयारीमा सरकार छ । जसका लागि विज्ञापन वोर्ड गठनका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले कानून बनाएर कानुन मन्त्रालयमा पठाएको छ । ऐन सञ्चालनको मुख्य पाटो मानिएको बोर्ड गठन भएपछि क्लिनफिडको सम्पूर्ण काम नै बोर्डले नै गर्ने प्रावधान र्छ। 

विज्ञापन रहित बिदेशी च्यानलको अवधारणा नै क्लीन फिड भएको भन्दै काक्तिक ९ गतेदेखि विज्ञापन रहित विदेशी च्यानल नभए तत्काल च्यानल बन्द गर्ने तयारीमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय रहेको छ । जसका लागि आवश्यक तयारी तथा उपकरणको व्यवस्था भैसकेको जनाइएको छ । 

मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडी विज्ञापन रहित विदेशी च्यानल लागु गर्न मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा बसेको बताउँछन् । उनका अनुसार क्लिनफिड मनिटरिङ गर्न आवश्यक सबै सिष्टम जडान गरिरकेको छ । 

डिजिटल टेलिभिजन अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष सुदीप आचार्य सरकारले कात्तिकदेखि क्लिनफिड लागु गर्दा उपभोक्ता मारमा पर्ने बताउँछन् । सरकारले ऐन नै बनाएपछि कार्यान्वयन त हुन्छ, तर सर्वसाधारण उपभोक्ताका लागि समस्या आउछँ । विज्ञापन नियमावलीमा विज्ञापन रहित सफा विदेशी टेलिभिजन लागु गर्ने भनियो भने, सर्वसाधारणले खोजेको तथा उनिहरुको इच्छा अनुसारको च्यानल नेपालमा बसेर हेर्न पाइदैन् । 

आचार्यका अनुसार अझै नेपालका विभिन्न भागमा गौरकानूनी रुपमा भारतीय टिभि च्यानलहरु हेर्ने गरीएको छ, गैरकानुनी टिभि च्यानल बन्द नभई क्लिनफिड लागुभएपछि गैरकानुनी कारोबारा बृद्धि हुने सम्भावना बढेको छ, गैरकानुनी टिभि च्यानल बन्द नभई क्लिनफिड लागुभएपछि गैरकानुनी कारोबार बृद्धि हुने देखिन्छ । 

मिडिया सोसाइटीका अध्यक्ष सुसांखर कंडेल सांस्कृतिक रुपमा विज्ञापन मार्फत हुने अधिक्रमण कम गर्न क्लिवफिड ल्याईएको बताउँछन् । उनका अनुसार उपभोक्ताले आफ्नो इच्छाअनुसार सरासर रुपमा विदेशी च्यानल हेर्न पाउँदा समयको बचत सगैँ नेपाली च्यानलतिर आर्कषण बढाउन सकिन्छ । 

'विदेशीले बिना लगानी नेपालमा विज्ञापन गर्दै फाइदा लिइरहेका छन्, क्लिनफिड लागुभएपछि उनिहरु सरकारी नियमअनुसार विज्ञापनको दायरामा आउनुपर्छ, यसको मुख्य फाईदा सरकारलाई हुन्छ भने उपभोक्तालाई समेत फाईदा पुग्छ' कँडेलले भने। 

बिज्ञापन संघका पुर्व अध्यक्ष तथा वेलकम एड एजेन्सीका संचालक निर्मलराज पौडेलले सरकारले १३ बर्ष अगाडी ल्याउनुपर्ने क्लिनफिड ढिलो गरि ल्याएकाले आजको दिनमा सबै सरोकारवाला एकै ठाउँमा बसेर मोडालिटीको बिषयमा छलफल गर्नुपर्ने बताउँछन। 

आज प्रविधिमैत्री भईसकेको बेलामा क्लिन फिड लागू गर्दा सरोकारवाला सबैलाई एकै टेबलमा राखेर छलफल गराउनका लागि पनि तत्कालै बिज्ञापन बोर्ड बन्नुपर्ने उनको भनाई छ। 

मन्त्रालय अन्तरगत रहेको सूचना तथा प्रशारण विभागका अनुसार हाल एक सय २५ विदेशी टिभि च्यानलले डाउनलिङ लिएका छन् । 

के हो क्लीन फिड ?

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलहरुले बिज्ञापन रहित (क्लिन फिड) प्रशारण गर्नुपर्नेछ । अर्थात उक्त प्राबधानअनुसार नेपालमा प्रशारण हुने बिदेशी टेलिभिजन च्यानलले कन्टेन्ट बाहेक विज्ञापन प्रशारण गर्न पाउनेछैनन। 

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मा ल्याएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved