तिहारमा टेलिकमले ल्यायो यस्ता अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 04:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company ले तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना सन्देश पठाउन एसएमएस प्याक ल्याएको छ । सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ ।

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन् । जसमध्ये ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएस पठाउन सकिने छ । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधि भित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

२० वटा एसएमएसका लागि एसएमएस२०, ७० वटा एसएमएसका लागि एसएमएस ७० र ३०० वटा एसएमएसका लागि एसएमएस३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । 

टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सक्नेछन् । पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ । यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ । 

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ । सीयूजी प्याक अन्तर्गत २००, ५००, १००० र १५०० दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ । सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved