टेलिकमको ल्याण्डलाइन फोन अब राउटरबाट चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 04:39:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोन सेवा (फाइबर टु द होम) लाई विस्थापित गरेको छ । पुरानो प्रविधिको सेवालाई भ्वाइस तथा डाटा सेवामा परिवर्तन गरी टेलिकमले राउटर युपिएस एडप्टर प्रयोगमा ल्याएको हो ।

ग्राहकले साना खालका राउटर यूपीएस वा एडेप्टर सहज रुपमा पाउन सक्ने कम्पनीले जनाएको छ । सोही प्रविधिमार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी भएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार विभिन्न क्षमताका राउटर यूपीएस जस्ता साना डिभाइसमार्फत विद्युत नभएको समयमा केही घण्टासम्म सेवा सूचारु हुनेछ । एडेप्टरमा जडान गरिएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुने र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुनेछ भने कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर आफ्नो आवश्यकता तथा सहजता अनुसार खरिद गरी प्रयोग गर्न सकिनेछ । 

पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गरिँदै आईएको कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्ने छ । इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजनसमेत उपलब्ध भए पश्चात् ग्राहकका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने कम्पनीको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved