वर्ल्डलिंकले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 11:15:10 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिंक कम्यूनिकेशन्स WorldLink Communications  ले अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । कम्पनीले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जितेको हो ।

वर्ल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न पुरस्कार घोषणा गरेको थियो । सोही अन्तर्गत कम्पनीले “मेरिट पुरस्कार“ जितेको हो । वर्ल्डलिंक यो पुरस्कार जित्ने नेपालको पहिलो कम्पनी हो । 

सन १९७८ मा स्थापित, वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक संस्था हो जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

पुरस्का जितेपछि वल्र्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले डिजिटल नेपाल निर्माण गर्ने प्रयासलाई यो एउटा ठूलो सम्मान भएको बताए । उनले भने ‘हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं ।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved