एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 05:27:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियाटा Ncell Axiata  ले नयाँ दुई वटा भ्वाइस प्याक सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु सार्वजनिक गरेको हो ।  

कम्पनीले प्रिपेड ग्राहकहरुका लागि एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक ल्याएको हो ।  

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रुपैयाँमा लिन सकिन्छ । एक घण्टे प्याक अन्तर्गत ६० मिनेटका लागि १७ रुपैयाँको टक टाइम प्याक रहेको कम्पनीले जनाएको छ । सो प्याकको समयसिमा ६० मिनेट हुनेछ । 

त्यसैगरी तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र ४८ रुपैयाँमा सुचारु गर्न सकिन्छ । यस प्याकमाग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सकिन्छ । यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवालिन सक्ने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved