१२ सयमा टेलिकमको एनटि टिभी, यस्ताे छ अन्य सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 03:37:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले शुक्रबारबाट सञ्चालनमा ल्याएको एनटि टिभी एक महिनाका लागि १२ सय रुपैयाँमा  हेर्न पाइने भएको छ । टेलिकमले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर सञ्चालनमा ल्याएको उक्त टिभिको मूल्य १२ सय रुपैयाँदेखि १३ हजार सम्म रहेको छ । 

टेलिकमले बेसिक र प्रिमियम प्याकेजसहित नेट टिभी सञ्चालनमा ल्याएको हो ।  जसमा सिंगल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज) को मूल्य १२ सय ३० रुपैयाँदेखि १३ हजार दुई सय २० रुपैयाँ तोकेको छ । टेलिकमले एक महिना अवधिको उक्त प्याकेजको मूल्य १२ सय ३०, तीन महिनाको ३५ सय ३० र १२ महिनाको १३ हजार दुई सय २० रुपैयाँ तोकेको हो । 

टेलिकमले इन्टरनेटबाहेक एनटी टिभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको चार सय ८०, तीन महिनाको १४ सय ५० र १२ महिनाको ५७ सय ८० रुपैयाँ तोकेको छ ।   यसैगरी टेलिकमले १५ एमबीपीएस प्रिमियम एनटी टिभी अनलिमिटेड इन्टरनेटर, एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको मूल्य १४ सय, तीन महिनाको ४१ सय र १२ महिनाको १५ हजार रुपैयाँ तोकेको छ । 

३० एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन (निःशुल्क) प्याकेजको एक महिनाको १७ सय ५०, तीन महिनाको पाँच हजार र १२ महिनाको १८ हजार एक सय रुपैयाँ तय गरेको टेलिकमले जनाएको छ । ४० एमबीपीएस इन्टरनेटसहित यो प्याकेजको एक महिनाको दुई हजार ५०, तीन महिनाको ६ हजार र १२ महिनाको १९ हजार सात सय रुपैयाँ छ।

६० एमबीपीएस इन्टरनेटसहित यो प्याकेजको टेलिकमले एक महिनाको २४ सय ५०, तीन महिनाको ७२ सय र १२ महिनाको २४ हजार पाँच सय रुपैयाँ रहेको टेलिकमले जनाएको छ । टेलिकमले एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको आठ सय रुपैयाँ, तीन महिनाको २३ सय ५० र १२ महिनाको ८३ सय रुपैयाँ तोकेको टेलिकमले जनाएको छ । 

टेलिकमले एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भएका काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोंगबुमा, पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यका बाहिर बनेपामा सुरुवाती चरणमा आजबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved