फोरजीमा आधारित उच्च गुणस्तरको भ्वाइस सेवाको परीक्षण गर्दै टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 02:38:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले फोरजीमा आधारित एलटीई प्रविधिको एचडी भ्वाइस कल सेवाको परीक्षण थालेको छ । टेलिकमले फोरजी सेवा पुगेको ७७ वटै जिल्लामा फोरजी एलटीई परियोजना अन्तरगत एचडी भ्वाइस सेवाको परीक्षण थालेको हो ।

अहिले टेलिकमले भ्वाइस सेवा टीडीएम प्रविधिमा दिइरहेको छ । यो सेवा सुरु भएपछि भ्वाइस सेवा एलटीईमा आधारित हुनेछ । अहिलेको डाटा चलाउँदा मात्रै डिभाइस इन्टरनेटमा कनेक्ट हुन्छ । तर, अबको टेलिकमको फोरजीमा भने हरबखत मोबाइल डिभाइस इन्टरनेटमा कनेक्ट भइरहनेछ ।

यो सेवा सुरु भएपछि टेलिकममा मोबाइलमा हुने फोन इन्टरनेटमा आधारित प्रणालीमा आउनेछ । तर, त्यसको बिलिङ भने हालकै प्रणालीबाटै हुनेछ । हाल इन्टरनेट खोल्दा मात्रै मोबाइलमा इन्टरनेट चल्ने गरेकोमा उक्त प्रविधि प्रयोगमा आएपछि कल आउँदा पनि फोन इन्टरनेटमै कनेक्ट हुनेछ । 

टेलिकमले हाल ७७ वटै जिल्लामा २ ब्याण्डमा फोरजी सेवजा प्रवाह गर्दै आएको छ । टेलिकमले फोरजी ब्याण्ड ३ (१८०० मेगाहर्ज), ब्याण्ड २० (८०० मेगाहर्ज) मार्फत सेवा प्रवाह गर्दै आएको छ । 

भ्वाइस ओभर एलटीई नेटवर्क मार्फत भोल्ट टी सेवा सञ्चालनको तयारी गरेको हो । हाल छुट्टा छुट्टै प्रविधिबाट भ्वाइस र नेटवर्क प्रवाह गर्दैै आइएकोमा उक्त प्रविधिको प्रयोग सगैँ हाइ क्यालिटिको भ्वाइस सेवा सञ्चालनमा आउँने टेलिकमका सहप्रवक्ता रन्जीत लोहिया बताउँछन् । 

उनका अनुसार उक्त सेवाका लागि टेलिकम र मोबाइल निर्माता कम्पनीको सेट निर्माता दुवैतर्फबाट इनेबल गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार साओमीका पछिल्ला मोडेल तथा सामसुङको एउटा मोडेलमा उक्त सेवा चल्न सक्नेगरी आवश्यक काम भइसकेको छ ।

अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भिओएलटीइमा त्यसभन्दा निकै सस्तो मूल्यमा सेवा उपभोग गर्न सकिने बताइएको छ । 

टेलिकमले हाल फोरजी सेवा सञ्चालनमा रहेका साइटहरुमा समानान्तर रुपमा भीओएलटीई सेवाको परीक्षण गरिरहेको छ । टेलिकमको सिस्टमबाट समेत भोल्ट इनेबल हुँदा प्रयोगकर्ताले स्पष्ट आवाजमा कुरा गर्न सक्छन् । 

टेलिकमले आइतबार गोरखापत्र राष्ट्रिय दैनिकमा एक सूचना प्रकाशन गर्दै फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भ्वाइस ओभर एलटीई) सेवाका लागि इच्छुक मोबाइल ब्राण्डहरुलाई परीक्षणमा सहभागी हुन टेण्डर जारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved