नेपालकै टेलिभिजन र बिज्ञापन एजेन्सीले मानेनन् ओली सरकारको निर्देशन

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Jan 05, 2021 | 08:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा प्रशारण भएका सबै विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित (क्लिनफिड) लागु गरेको छ । विज्ञापन लागु भएको साढे दुई महिना पूरा हुँदा अधिकांश विदेशी च्यानलमा विज्ञापन रोकिएपनि नेपाली टेलिभिजन च्यानलमा खुलेआम डबिङ विज्ञापन प्रशारण भईरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारले २०७७ साल कात्तिक ८ गतेदेखि क्लिन फिड लागू गरेपनि डबिङ विज्ञापन प्रशारण गर्नलाई २०७६ सालदेखि नै रोक लगाएको थियो तर  तर क्लिनफिड लागु भएको साढे दुई महिना भईसक्दा पनि नेपाली च्यानलमा डबिङ विज्ञापन प्रशारण भईरहेका छन्।

नियामक निकायको रुपमा रहेको विज्ञापन बोर्ड, सूचना तथा सञ्चार मन्त्रालय र सूचना तथा प्रशारण विभागले शुक्ष्म रुपमा अनुगमन गरेको विज्ञापन बोर्डका अध्यक्ष डिल्लीराम शर्मा बताउँछन् । उनका अनुसार बोर्डले हाल विज्ञापन निती, मापदण्ड बनाउने र कार्यालय व्यवस्थापनका कामहरु गरिरहेको छ । 

‘ऐन र नियमावलीले बोर्डलाई दिएको कार्य जिम्मेवारी अनुसार काम भैरहेको छ, राष्ट्रिय विज्ञापनको निती, मापदण्ड र लोककल्याणकारी बिज्ञापनको विषयमा आवश्यक छलफल र तयारीको क्रममा रहेका छौँ’, उनले भने ।  

‘विज्ञापन बोर्डबाट अनुगमनको कामहरु भैरहेको छ, तीन स्थानबाट अनुगमन गरिएको छ, ऐनले दिएको अधिकार प्रयोग नगर्ने टेलिभिजनहरुको हामीले अध्ययन गरिरहेका छौँ, एक चरणमा सामान्य जानकारी गराएका छौँ, जानकारी दिदा समेत पालना नगर्नेहरुलाई कानुन अनुसार कारवाही गछौँ’, उनले भने । 

क्लिनफिड कार्यान्वयनमा आएपछि रोकिएका सबै विदेशी च्यानल नियमित प्रशारणमा आइसकेका छन्। तर डेढ बर्ष अगाडी नै रोक लगाईएको डबिङ विज्ञापन अहिले पनि खुलेआम प्रशारण भईरहंदा क्लिन फिड लागू हुनलाई सघाउने च्यानल वितरकहरु भने सरकारसँग रुष्ट देखिएका छन्। 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुली सरकारकै वेवास्ताका कारण व्यवसाय सुस्ताएको बताउँछन्। उनकाअनुसार  विदेशी टेलिभिजन च्यानलमा मात्र विज्ञापन रोकिएको भएपनि नेपाली टेलिभिजन च्यानलहरुले खुलेआम अहिलेसम्म डबिङ विज्ञापन प्रशारण भईरहेका छन्। 

‘सरकारले नै केही व्यापारीको पक्षमा लागेर विज्ञापन ऐनको पालना गरेको छैन, विदेशी च्यानललाई अनिवार्य क्लिनफिड कार्यान्वयनको दबाव दिइयो, तर अहिले सम्म नेपालका टेलिभिजन च्यानलमा डबिङ विज्ञापन किन रोकिएनन्’ उनले प्रश्न गर्दै भने, ‘विज्ञापन ऐन आएपछि नै नेपाली टेलिभिजन च्यानलले डबिङ विज्ञापन रोक्नुपर्ने हो, एक वर्षको समय हामीलाई दिईएको हो, तर साढे १४ महिनाको अबधिसम्म किन कार्यान्वयनमा आएन।’

क्लिन फिड लागू गर्नुपर्ने माग राख्दै आएका नेपालका टेलिभिजन च्यानल र बिज्ञापन एजेन्सीबाटै ओली नेतृत्त्वको सरकारलाई असहयोग हुँदै आएको छ। विदेशी च्यानलमा क्लिन फिड लागू गर्दा नेपालमा प्रशस्त बिज्ञापन बढ्ने र त्यसले नेपालको बिज्ञापन बजार बढ्ने दाबी गर्दै आएको बिज्ञापन एजेन्सीहरुको संस्था नेपाल बिज्ञापन एजेन्सी संघले नेपालका टेलिभिजन च्यानलमा भने १४ महिना अगाडीदेखि रोक लगाईएको डबिङ विज्ञापन निर्वाध रुपमा प्रशारण भईरहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved