काम नै सुरु नगरी सकियो क्लिनफिड सम्बन्धि कार्यदलको म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 08:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा प्रशारण भएका सबै विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित (क्लिनफिड) लागु गरेको छ । पहिलो पटक लागु गरिएको क्लिनफिडका कारण सृजना भएको समस्या र समाधानको अध्ययन गर्न गठन गरिएको कार्यदलको समयाबधि सकिएको छ । 

गत मंसिर पहिलो साता सरकारले गठन गरेको उक्त कार्यदलको पहिलो बैठक नै नबसी समयावधि सकिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलको बैंठक दुवाडीको सरुवासगैँ रोकिएको थियो । 

क्लिनफिडको समस्याको अध्ययन गर्न गठन भएको कार्यदल नै सचिवमा बडुवा भएका दुवाडीको सुरुवा भएपछि बैठक नबसी भोली समयावधि सकिन लागेको उक्त कार्यदलका सदस्य एवं इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले जानकारी  दिए । 

उक्त कार्यदलमा सदस्य सचिवका रुपमा मन्त्रालयका श्रव्य तथा प्रशारण शाखा प्रमुख उपसचिव रामप्रसाद सापकोटा, बिभागबाट सुजित भट्टराई, मन्त्रलायबाट अनिल नेपाल, नेपाल टेलिभिजन, दुरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमबाट एक एक जना रहेका थिए । यसैगरी कार्यदलमा सम्बन्धित व्यवसायबाट अर्थात डीसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य, सुबिसु केवल नेटवर्कका सुधिर पराजुली, वल्र्डलिंक तथा नेट टिभीका विजय जलान, म्याक्स टिभीका धुर्ब शर्मा, तथा च्यानल वितरक राजेश प्रधान रहेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved