डबिङ विज्ञापन प्रशारण गर्ने नेपाली च्यानलाई कारवाही गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 11:26:37 AM मा प्रकाशित

laxmi  sunrise bank

विज्ञापन ऐन अनुसार टेलिभिजन च्यानल प्रशारण नगर्नेहरुलाई सरकारले कारवाही गर्ने भएको छ । गत कात्तिक ८ गतेदेखि नेपालमा प्रशारण भएका सबै विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित (क्लिनफिड) लागु गरेको थियो । 

विज्ञापन ऐन अनुसार नेपालमा सञ्चालीत विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित र नेपाली टेलिभिजन च्यानलले विदेशी डबिङ विज्ञापन प्रशारण गर्न पाउँदैनन् । तर उक्त नियम लागु भएको साढे दुई महिनाको अबधिमा विदेशी च्यानलमा विज्ञापन रोकिएको छ भने नेपाली टेलिभिजन च्यानलले खुलेआम डबिङ विज्ञापन प्रशारण गरिरहेका थिए । 

नेपाली च्यानलले डबिङ विज्ञापनको प्रशारण बन्द नगरेपछि पहिलो पटक विज्ञापन बोर्डले कानुनको पालना नगर्ने टेलिभिजन च्यानलाई कारवाही गर्ने भएको छ । बोर्डले आईतबार एक सूचना प्रकाशन गर्दै विज्ञापन ऐन अनुसार च्यानल प्रशारण नगर्नेहरुलाई कानुन अनुसार कारवाही गर्ने भएको हो । 

बोर्डले कानून विपरीत टेलिभिजन च्यानल विज्ञापन रहित नभएको गुनासो आएको भन्दै काूननको पालना नगर्ने टेलिभिजन च्यानलाई कारवाही गर्ने जनाएको हो । हालसम्म सुस्म रुपमा अध्ययन गर्दै आएको बोर्डले पहिलो पटक कारवाहीको चेतावनी दिएको हो । 

सरकारको निती अनुसार विदेशी टेलिभिजन च्यानल पूर्ण रुपमा विज्ञापन रहित प्रशारण भएपनि केही नेपाली टेलिभिजन च्यानलले अझैँ डबिङ विज्ञापनको प्रशारण रोकेका छैनन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved