यस्तो छ अरुको नाममा दर्ता भएको एनसेल सिमलाई आफ्नो नाममा ल्याउने प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 03:58:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुको नाममा दर्ता भएको एनसेलको प्रिपेड र पोस्पेट सिमकार्ड आफ्नो नाममा निशुल्क रुपमा नामसारी गर्न सकिने भएको छ । अरुको नाममा दर्ता भएको उक्त सिमकार्ड एक वर्ष बढी प्रयोग गरेपछि मात्र नामसारी गर्न पाइनेछ । 

एक वर्ष बढी प्रयोग भएको, ६ महिनाभन्दा पहिला सम्पर्क गरिएको १० बटा नम्बरहरुकाे सूचीका साथमा नागरिकता र पासपोर्ट साइजको फोटो एक/एक प्रति लिएर एनसेलको सम्पर्क कार्यालयमा जानुपर्नेछ । कम्पनीले उक्त प्रमाणका आधारमा निशुल्क रुपमा प्रयोग कर्ताको नाममा अर्काेको नाममा भएको सिमकार्ड नामसारी हुनेछ । 

‘सबै सरकारी सुविधा एकै स्थानबाट’ भन्ने नाराका साथ सरकारले शुक्रबारबाट सञ्चालनमा ल्याएको ‘नागरिक एप’ प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको सिमकार्ड आवश्यक पर्ने भएपछि धेरै उपभोक्ताको चासो सिमकार्ड नामसारी तर्फ भएको पाइएको छ । 

उक्त एप सञ्चालनमा ल्याएको छोटो समयमा नै धेरै प्रयोगकर्ताको आर्कषण देखिएपनि एप प्रयोगमा कठिनाई देखिएको छ । एक डाउनलोड गर्नेको सख्यामा उल्लेख्य मात्रामा बृद्धि भएपनि प्रमाणीकरणामा कम भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएका छ । 

केन्द्रको तथ्यांकमा आईतबार दिउँसोसम्म एक लाख ६२ हजार बढीले एप डाउनलोड गरेतापनि ४० हजारले मात्र एप सञ्चालन गरेका छन् । बाँकी प्रयोगकर्ता मध्ये धेरैले आप्नो नाममा सिमकार्ड नहुनु र सरकारी तथ्यांकमा नागरिकता तथा राहदानी नम्बर फरक हुँदा एप सञ्चालनमा कठिनाई भएको पाइएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved