२ लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप, २६ प्रतिशत मात्र भेरिफाई गराउन सफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 04:35:12 PM मा प्रकाशित

laxmi  sunrise bank

‘सबै सरकारी सुविधा एकै स्थानबाट’ भन्ने नाराका साथ सरकारले शुक्रबारबाट सञ्चालनमा ल्याएको ‘नागरिक एप’ मा आकर्षण बढ्दो छ।  सोमबार बेलुका ४ बजेसम्म २ लाख ३८ हजार ८०६ जनाले एप डाउनलोड गरेका छन् । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रको तथ्यांकअनुसार एप डाउनलोड गर्नेको सख्या उल्लेख भएतापनि थोरैको मात्र प्रमाणीकरण भएको पाइएको छ । २ लाख ३८ हजार मध्येमा हालसम्म ६३ हजार ५८० जनाले मात्र उक्त एप प्रमाणीकरण गरेर भित्र पसेको केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार एक लाख ७५ हजार २२७ भन्दा बढीको विभिन्न कारणले प्रमाणीकरण हुन सकेको छैन् । डाउनलोड गरेका मध्ये २६ प्रतिशतले मात्र एकाउन्ट भेरिफाई गराएर प्रयोग गरेका हुन् ।  

 आफ्नो नाममा सिमकार्ड नहुनु, गृह मन्त्रालयको तथ्यांक अनुसार नागरिकता तथा पासपोर्टको नम्बर नमिल्नु लगायतका कारणले उनीहरुको एकाउन्ट प्रमाणीकरण हुन नसकेको हो । पमाणीकरण हुने ६३ हजार सेवाग्राही मध्येमा सबैभन्दा धेरै ४६ हजार बढी प्रयोगकताले नागरिकता मार्फत प्रमाणीकरण गरेका छन् । 

केन्द्रको तथ्यांक अनुसार २३ हजार ३२२ जनाले राहदानी (पासपोर्ट) प्रमाणीकरण गरेको, १९ हजार ८८० जनाले मतदाता परिचयपत्र प्रमाणीकरण गरेको, प्यान नम्बर दर्ता प्रमाणीकरण २८ हजार ६३४ जनाले गरेको पाइएको छ । यसैगरी, १४ हजार १८८ जनाले एसएलसीको प्रमापत्र र ६ हजार १११ जनाले उच्च शिक्षाको  प्रमाणपत्र प्रमाणीकरण गरेको पाइएको छ । अन्य क्षेत्रहरुमा धेरै प्रयोगकर्ताको आर्कषण देखिएपनि नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा कुनै पनि प्रमाणीकरण भएका छैनन् । 

सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved