एनसलको च्याटबोट सेवा ‘माया’ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 01:25:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियाटा लिमिटेडले डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । उक्त च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्ने जनाईएको छ । 

च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएका जनाएको छ । उक्त अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्नेछ भने एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध हुने जनाईएको छ । 

जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवालिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्छन् । च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । 

उक्त प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्नेछन् । 

ग्राहकअनुभवलाई अभिवृद्घि गर्न एनसेल प्रतिवद्घ रहेको जनाईएको छ । उक्त प्रतिवद्घता अनुरुप कम्पनीले ग्राहकलाई सामाजिक सञ्जाजहरु मार्फत पनि ग्राहक सेवा प्रदान गर्दै आएको छ । 

आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नविन सेवाहरु ल्याउँदै जाने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved