सिम फोरजीमा अपग्रेड गर्दा एनसेलले २ जीबी डेटा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 07:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यो योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिने कम्पनीले जनाएको छ। 

सिम अपग्रेड गर्न ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्ने छन् ।  

यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेको कम्पनीले जनाएको छ। 

ऐनसेलका अनुसार फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजी सिम हो कि होईन भनेर एस्ट्रिक्स३२४ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यिू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved