नागरिक एपमा देखिएको त्रुटी सच्याउन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 12:04:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक एप प्रयोगकर्ताले नागरिकताको विवरणमा धेरै त्रुटि भएको गुनासो गरेपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु गरेको छ । गृहले मंगलबार साँझ एक सूचना प्रकाशन गर्दै नागरिक एपमा भएका त्रुटि सच्याउन अनलाएन प्रणालीको सुरु भएको जनाएको छ ।  

मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भिनिएको छ, ‘परीक्षणमा रहेको उक्त एपमा नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकोले एप प्रयोग गर्न कठिनाई भएको भन्ने जनगुनासो प्राप्त भएको छ । नागरिकतामा भएको सानोतिनो त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ ।’ 

‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्र एपमा बुधबार बिहानसम्म तीन लाख बढी प्रयोगकर्ताले डाउनलोड गरिसको छन् । 

परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आर्कषण देखिएतापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाई देखिएको छ । नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको जस्ता गुनासो बढ्न थालेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved