७२ प्रतिशत प्रयोगकर्ताले प्रमाणीकरण गर्न सकेनन् नागरिक एप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 01:15:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक एप प्रति प्रयोगकर्ताको आर्कषण देखिए पनि प्रमाणीकरणमा समस्या देखिएको छ । एप सञ्चालनमा ल्याईएको ६ दिनको अबधिमा ३ लाख बढी प्रयोगकर्ताले डाउनलोड गरेतापनि प्रमाणीकरणमा समस्या देखिएको छ । तीन लाख डाउनलोड गर्नेमध्येमा बुधबार मध्यान्ह सम्म २ लाख २५ हजार अर्थात ७२ प्रतिशत प्रयोगकर्ताले उक्त एप प्रमाणीकरण गर्न सकेका छैनन् । 

गृह मन्त्रालय र नेपाल टेलिकमको त्रुटिका कारण एप प्रयोग गर्न समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन् । नेपाल टेलिकमले वितरण गर्ने सिमकार्डको फर्म भर्दा नेपालीमा नाम लेखेका ग्राहकको नाम अंग्रेजीमा राख्दा टेलिकमका कर्मचारीको गल्ती देखिएको सूचना केन्द्रका सूचना अधिकारी रमेश पोखरेल बताउँछन् । 

एप डाउनलोड गर्नेमध्येमा धेरै प्रयोगकर्ताको आफ्नो नाममा सिककार्ड नभएको र केहीको नागरिकताको विवरण नमिल्दा प्रमाणीकरण हुन सकेको छैन् । 

तीन लाख ११ हजार मध्येमा हाल ८५ हजार प्रयोगकर्ताले मात्र एप प्रमाणीकरण (भित्र छिरेर खाता खोलेको) गरेका छन् । केन्द्रको तथ्यांक अनुसार प्रमाणीकरण भएका प्रयोगकर्ता मध्ये ६२ हजार ५७८ जनाले नागरिकताको विवरण प्रमाणीकरण गरेका छन् । यसैगरी, ३१ हजार ६७६ प्रयोगकर्ताले राहदानी, २८ हजारले मतदाता नामावली र ३९ हजार ७१५ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved