आइफोनमा पनि चल्न थाल्यो नागरिक एप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 12:24:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पल प्रयोगकर्ताले पनि नागरिक एप डाउनलोड गर्न सक्ने भएका छन् । मंगलबारबाट आइफोन निर्माता कम्पनी एप्पलको एप स्टोरमा नागरिक एपको नयाँ भर्सनको अपडेट उपलब्ध गराएसंगै आईफोनमा  पनि एप प्रयोग गर्न सकिने भएको हो । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रले हालसम्म २२ हजार ८२२ आइफोन प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन् । ति मध्ये  ६ हजार ७४४ प्रयोगकर्ताले एप भेरीफाइ गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आईफोनको केही मोडलहरुमा एप नचल्ने समस्या पनि समाधान भएको छ ।

केन्द्रका अनुसार हालसम्म तीन लाख ९९ हजार प्रयोगकर्ताले एप डाउनलोड गरेका छन्  । जसमा आइफोन प्रयोगकर्ताको हिस्सा ५ दशमलव ९ प्रतिशत छ। एन्डोइडबाट ३ लाख ६५ हजारले एप डाउनलोड गरेको र ति मध्ये १ लाख १६ हजारले भेरिफाइ गरेको केन्द्रले जनाएको छ । 

सबै सरकारी सुविधा एकै स्थानबाट प्रदान गर्ने उदेश्यका साथ सरकारले माघ २ गतेदेखि यो एप सञ्चालनमा ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved