नेपालका १४ शहरमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर स्थापना गर्दै वल्डलिंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 01:07:47 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिकं कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले सातै प्रदेशमा करिव ३ अर्ब लागतमा सेन्टर स्थापनकाे तयारी भएकाे जनाएकाे हाे । 

१४ वटा डेटा सेन्टरमा ६ मेगावाटको बिजुली, ५ सयभन्दा बढीको र्याक्स खर्च हुने अनुमान गरिएको बल्र्डलिकंशका अध्यक्ष एवं म्यानिजिङ डिरेक्टर दिलीप अग्रवालले जानकारी दिए । उनका अुनसार अबको २ वर्षदेखि ३ वर्षभित्र सबै डेटा सेन्टर स्थापना गरिसक्ने छ । 

सातै प्रदेशमा एक÷एक वटा स्थापना गर्ने लक्ष्यका साथ काठमाडौँमा सबैभन्दा ठूलो र काठमाडौँको विकल्पको रुपमा भरतपुरमा रहनेछ । ३ मेगावाट, ३५० र्याक्स काठमाडौँमा राखिनेछ भने भरतपुरमा ५ सय किलोवाट र एक सयवटा र्याक्स राखिनेछ । 

पोखराको लेखनाथ, बुटबल, हेटौडा, भक्तपुर, वीरगन्जमा, ढल्केवर, कोहलपुर, भैरहवा, अतरीया तथा काठमाडौँमा डेटा सेन्टर स्थापना गरिनेछ । १४ डेटा सेन्टरमध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डेटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ ।

कम्पनीले भनेको छ ' नेपालमा भएका कन्टेनहरु बाहिर होस्ट गरिदैँ छ, अब नेपालकै कन्टेनहरु नेपालमा नै होस्ट गरेर नयाँ कन्टेन स्थापना हुनेछ । ईन्टरनेटको इस्पीडमा सुधार हुनेछ। '

डेटा सेन्टर सरकारले ल्याएको डिजिटल नेपालको अवधारणको एक स्वरुप भएको अध्यक्ष अग्रवाल बताउँछन् । उनका अनुसार डाटा सेन्टर स्थापनाका लागि आवश्यक जनशक्ति नेपालमा उपलब्ध नहुँदा विदेशी कम्पनीसँगको साझेदारीमा स्थापना हुनेछ । उनले विदेशी पार्टनको खोजी भइरहेको समेत जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved