अवैध फोन नियन्त्रण गर्ने उपकरण ल्याएको ६ महिनापछि बल्ल भवन बनाउन सम्झौता

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Feb 07, 2021 | 02:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसञ्चार प्राधिकरणले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडानका लागि आवश्यक घर निर्माण गर्ने जिम्मा किरातेश्वर कन्स्ट्रक्सन एण्ठ ड्रिलिङ कम्पनीलाई दिएको छ । प्राधिकरणले  प्रिफ्याब स्ट्रक्चर भवन निर्माणको लागि  किरातेश्वर कन्स्ट्रक्सनलाई जिम्मा दिएको हो । 

प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै चाबहिलमा नयाँ भवन निर्माणको जिम्मा किरातेश्वर कन्स्ट्रक्सनलाई दिएको जनाएको हो । सूचना अनुसार उक्त भवन बनाउन भ्याट सहित दुई करोड ८० लाख रुपैयाँमा उक्त कम्पनीलाई जिम्मा दिईएको हो ।

यस भवनमा अबैध रुपमा भित्रिएका मोवाइलको प्रयोगमा रोक लगाउन प्राधिकरणले तयार पारेको एमडीएमएस प्रविधि जडान हुने छ ।  प्राधिकरणले आवश्यक उपकरण ल्याएपछि स्थान अभावको कारणले यो प्रविधि जडान गर्न सकेको थिएन । 

६ महिनाभित्र आवश्यक सम्पूर्ण उपकरण जडान गर्न सम्झौता भएकोमा १८ महिनापछि बल्ल भवन निर्माणको सम्झौता भएको हो । भवन तयार भएर उक्त सिस्टम जडान गर्न अझैँ ६ महिनाभन्दा बढी समय लाग्ने प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । 

प्राधिकरण स्रोतका अनुसार एमडीएमएस जडान गरेर अबैध फोन नियन्त्रण रोकिनुपर्ने समय हो, बल्ल भवन निर्माणको सम्झौता भएको छ । यही रुपमा चाडोमा ६ महिना र ढिलोमा एक वर्षसम्म उक्त सिस्टम जडान हुँदैन । 

‘तीन वर्षदेखिको तयारी र १८ महिना अघिको सम्झौता पछि बल्ल घर बनाउन सम्झौता भएको छ । घर तयारी हुन, आवश्यक थप उपकरणहरु सगैँ प्राविधिक विदेशबाट ल्याएर जडान गर्न अझैँ धेरै समय लाग्छ’, स्रोतले भन्यो, ‘प्राधिकरणकै कर्मचारीहरु अबैध फोन आयात कर्ताको पक्षमा छन्, कसरी जडान हुन्छ रोकिने सिस्टम ? ’

६ महिनादेखि उपकरण सिंहदरबारमै

उक्त सिस्टम जडानका लागि ल्याईएको उपकरण लामो समयदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको भवन सिंहदरबारमा राखिएको छ । प्राधिकरणको वेवास्ताका कारण नेपाल भित्रिएको उपकरणहरु ९ महिनासम्म भन्सारमा नै रोकिएको थियो । 

लामो समयसम्म भन्सारमा रोकिएको उक्त उपकरण गत भदौँमा मात्र राष्ट्रिय सूचना प्रविधि केन्द्रको भवन सिंहदरबारमा राखिएको थियो । प्राधिकरणले सम्झौता गरेअनुसार भवन तयारी अवस्थामा नराख्दा भन्सार हुँदै सिंहदरबारमा उपकरण थन्किएका छन् । 

कोरोना महामारीका कारण सबै तयारी गर्न नसक्दा सिस्टम जडानमा ढिलाइ भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । ‘कोरोनाका कारण एमडीएमएस सिस्टमको लागि आवश्यक पर्ने प्रणाली र मेलिसियाबाट आउने विज्ञ उडान बन्दहुँदा उतै रोकिए, उपकरण र प्राविधिक रोकिदा सिस्टम जडान र सञ्चालन गर्न कठिनाई सगैँ सयम थपियो’, उनले भने, ‘पहिलो लटमा आएका उपकरणको सूचना प्रविधि केन्द्रको भवनमा टेस्टिङ भैरहेको छ, चावहिलमा घर बन्नासाथ जडान हन्छ ।’ 

तीन वर्षदेखिको तयारी

२०७४ साल वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा १३ वटा कम्पनीको आबेदन परेको थियो । आबेदन परेका मध्येबाट प्राधिकरणले न्युमेरा मलेसियासहित ओएसआई डिजिटल भारत र नमस्ते ग्लोबल कम्युनिकेसनको जोइन्ट भेन्चर (जेभी) लाई प्रस्ताव गरको रकम घटाउन लगाई सम्झौता गरेको थियो ।

सम्झौता भएको मितिले ६ महिनाभित्र एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नुपर्ने भन्दै ८० करोड बराबरको ठेक्का दिईएको थियो । तर सम्झौता भएको १८ महिना बितिसक्दा समेत उक्त प्रणाली जडान हुँन सकेको छैन। 

२ महिनाभित्र उक्त भवन तयार गरेर छिटै उक्त सिस्टम जडान गर्ने उनी बताउँछन् । उनका अनुसार कोरोना महामारीका कारण तोकिएको समयमा उपकरण जडान हुन सकेन । भवन बनेको तीन महिनाभित्र आवश्यक उपकरण जडान गरेर सिस्टम सञ्चालनमा ल्याउने तयारी भएको । 

सम्झौता अनुसार न्युमेरा मलेसियासहित ओएसआई डिजिटल भारत र नमस्ते ग्लोबल कम्युनिकेसनको जोइन्ट भेन्चर (जेभी) ले धेरै उपकरण ल्याइसकेको छ, उक्त कम्पनीले भवन निर्माण सकिएपछि थप उपकरण र प्राविधिक ल्याएर सिस्टम जडान गर्ने जनाएको उनी बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved