नेपालमा फाइभजी संचालन गर्न फ्रिक्वेन्सी निर्धारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 01:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा फाइभजी विस्तारका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण भएको छ । राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । 

फोरमले अन्तराष्ट्रिय अभ्यासलाई अनुशरण गरेर न्यूनतम, अधिकतम तथा उच्च फ्रिक्वेन्सी ब्यान्डमा फाइभजीका लागि फ्रिक्वेन्सी दिन सकिने प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनका आधारमा प्राधिकरण बोर्ड बैठकले फाइभजीका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

उक्त फोरमले ७ सय, ९ सय, २३ सय र २६ सय मेगाहर्ज ब्यान्डलाई तल्लो ब्यान्डअन्तर्गत, ३३ सय, ३४ सय, ३६ सय र ४७ सय मेगाहर्जलाई मध्यम र २६ गिगाहर्ज ब्यान्डलाई उच्च ब्यान्डको सूचीमा राखेर प्राधिकरणमा सिफारिस गरेको थियो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री संयोजक रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको निर्णयपछि मात्रै उक्त फ्रिक्वेन्सी सेवा प्रदायकले पाउने वा नपाउने निर्धारण हुने प्राधिकरणका कर्मचारीहरु बताउँछन् । 

प्राधिकरणका सञ्चालक सदस्य मणि चौलागाईं संयोजकत्वको फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेल तथा नेपालमा दूरसञ्चार उपकरण बिक्री गरिरहेका चिनियाँ कम्पनी हुवावे र जेडटीईका प्रतिनिधि सदस्य रहेका थिए । 

उक्त फोरमले गत मंसिर महिना मै प्राधिकरणमा फाइभजी सेवा सञ्चालन गर्न सकिने गरी फ्रिक्वेन्सी पहिचान प्रतिवेदन पेश गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved