अब फेसबुक र युट्युब नेपालमै दर्ता हुनुपर्ने कानुन ल्याउँदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 08:37:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका २०७७ ल्याउने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन निर्देशिका ल्याइने तयारी भैरहेको बताएका हुन्।

मंगलबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सञ्चार गर्ने स्वतन्त्रताका साथै सूचनाको हकको ग्यारेन्टी गरेको र त्यसलाई पूर्ण पालना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको वताउँदै उनले भने , “पछिल्ला दिनहरुमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्ति केन्द्रीत मन्तव्य दिदै हिड्ने र त्यसलाई सामाजिक सञ्जाल र केही जिम्मेवार अनलाईनसमेतले प्रकाशन तथा प्रशारण गर्ने गरेको पाइएको छ ।”

लामो राजनीतिक द्धन्दबाट स्थापित लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुडभेठतर्फ धकेल्ने खालको अभिव्यक्ती र त्यसलाई सार्वजनिक गर्ने माध्यमहरुको गतिविधि खेदजन्य भएको वताउँदै मन्त्री गुरुङले स्वतन्त्रको उपभोग गर्ने नाममा कुनै दर्ताविनै फेसवुक, युटुव, अनलाइन जस्ता कतिपय माध्यमहरुको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको वताँएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved