साढे २ करोड जनसंख्याको पहुँचमा इन्टरनेट, कुन कम्पनीका कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 12:59:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा साढे २ करोड जनसंख्याको पहुँचमा इन्टरनेट पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांक अुनसार नेपालमा २ करोड ४३ लाख ४७ हजार १४७ जनाको पहुँचमा इन्टरनेट पुगेको हो । 

कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ४ लाख २४ हजार २ सय ४६ जना प्रयोगकर्ता थपिएका छन् । कात्तिकमा कुल २ करोड ३९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा इन्टरनेट रहेको थियो ।

कुल जनसंख्यामध्ये ८१.४९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट पुगेको छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ ।  

प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको छ । मंसिर महिनासम्म मोबाइल इन्टरनेटको हिस्सा ५९.६७ प्रतिशत छ । तथ्यांक अुनसार १ करोड १० लाख ६९ हजार ३६० जनाको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८४ लाख ७० हजार र २५ लाख ९९ हजार रहेका छन् । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ र ईभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् । 

फोरजीमा प्रयोगकर्ता एनसेलका धेरै 

प्राधिकरणको तथ्यांक अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । एनसेलका फोरजी प्रयोगकर्ता मंसिरसम्म ४१ लाख ५३ हजार १९० रहेका छन् । 

नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २२ लाख ७५ हजार ७७२ र स्मार्ट टेलिकमका २ लाख ११ हजार ३५४ रहेका छन् । 

त्यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१.०४ प्रतिशत छ । जसमा एडीएसएलका ८ लाख ८६ हजार र एफटीटीएच इन्टरनेट ५३ लाख ९७ हजार ३ सय ५३ रहेको छ । वायरलेन्स इन्टरनेटका प्रयोगकर्ता ४८ हजार, केवलका २ लाख १९ हजार, फाइबरका १० लाख ६८ हजार रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved