इन्टरनेटमा आउने नकारात्मक सामग्री रोक्ने प्रविधि भित्र्याउँदै ओली सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 02:54:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले इन्टरनेटमा आउने नकारात्मक सामग्री रोक्न नयाँ प्रविधि जडान गर्ने भएको छ । पछिल्लो समय नेपालमा प्रतिबन्ध लगाईएको सामग्रीहरु इन्टरनेको माध्यमबाट प्रशारण हुनथालेपछि सरकारले त्यस्ता सामग्री ब्लक गर्न लागेको हो । 

नियामक निकायको रुपमा रहेको नेपाल दुरसञ्चार प्राधिकरणले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम जडानको तयारी गरेको हो । प्राधिकरणको वार्षिक कार्यक्रम अनुसार फागुन महिनाभित्र नै उक्त सिस्टम जडान गरीसक्ने गरी आवश्यक तयारी भएको जनाईएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल संबैधानिक व्यवस्था अनुसार नै उक्त सामग्रीहरु प्रकाशन÷प्रशारणमा रोक लगाईने बताउँछन् । 

उक्त सिस्टम जडान गर्न आवश्यक मोडालिटी, लागतका सम्बन्धमा प्राधिकरणले गृहकार्य गरिरहेको जनाईएको छ । प्राधिकरणले हाल नेपालमा विभिन्न नाकाबाट भित्रने व्यान्डविथको ट्राफिकको अध्ययन गरिरहेकोले इन्टरनेटमा आउने सामग्री नियन्त्रण गर्ने सहज हुने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved