पोलको भाडादर घटाउन इन्टरनेट सेवा प्रदायक संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 04:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले बढाएको फाइबर पोलको भाडादर घटाउन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सञ्चारमन्त्रीलाई अनुरोध गरेको छ । संघले पोलको भाडा बृद्धि गर्दा इन्टरनेटको शुल्क बढाउनुपर्ने अवस्था भएको भन्दै भाडादर घटाउन सञ्चारमन्त्री पार्वत गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । 

आइस्पानले मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘प्राधिकरणले एकतर्फी निर्णय गर्दा निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक सगैँ आम उपभोक्ताहरुलाई समेत इन्टरनेटको मूल्य बृद्धि हुने अवस्था सिर्जित भएको छ । जसले नागरिकमा इन्टरनेटको पहुँच पु्याउन गार्हो अवस्था रहेको छ । उपभोक्तालाई इन्टरनेटको मूल्य र्तिन कठिन भएको यर्थात हुँदाहुँदै पनि थप मूल्य बृद्धि गर्नु डिजिटल नेपाल बनाउने अभियानलाई खतरामा पार्नु सरह हो ।’

 एकतर्फी निर्णय गरेर भाडा बढाउँदा निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई ठूलो मारमा परेको र इन्टरनेको मूल्य बृद्धि हुने अवस्था सिर्जित भएको संघले जनाएको छ । त्यस्तै संघले फाइबरमा प्रतिकिलो मिटर प्रति वर्ष लिने भाडालाई १० हजारभन्दा कम (कर सहित) बनाउनुपर्ने, पोलको भाडा महानगर र उपमहानगरपालिकामा प्रति पोल प्रतिवर्ष दुई सय पचाँस, नगरपालिकामा प्रति पोल प्रति वर्ष एक सय पचाँस र गाउँपालिकामा प्रति पोल प्रति वर्ष पचाँस कायम गर्नसकिने सुझाब दिएको छ । 

 यसअघि प्रति किलोमिटर १६ हजार चार सय रहेको पोलको भाडा बढाएर प्राधिकरणले प्रति किलोमिटर प्रतिवर्ष ३२ हजार पुर्याएकाे थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved