कसरी प्रयोग गर्ने टेलिकमको च्याट बट , के के दिन्छ सेवा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2021 | 03:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबट सेवा शुभारम्भ गरेको छ । गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको शुभारम्भ गरेका हुन्। 

कम्पनीको वेबसाइट खोल्नासाथ शुुरु पेजमा एनटी च्याटबटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्ने ब्यबस्था गरि कम्पनीले सेवा सुरु गरेको हो। त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबट भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली÷अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने कम्पनीले जनाएको छ। 

यसबाट कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत÷गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग÷पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने कम्पनीले जनाएको छ । 

एनटी च्याटबट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु तथा ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved