एनसेलले ल्यायो नयाँ एप, डाउनलोड गर्नेलाई निशुल्क १ जीबी डाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 07:39:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले मोबाइल एपको नयाँ भर्जन सार्वजनिक गरेको छ। कम्पनीले आज सोमबारबाट  विविध थप सुविधा सहित एपको नयाँ संस्करण संचालनमा ल्याएको हो । 

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने जनाएको छ । नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्ने कम्पनीले जनाएको छ। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्ने र ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्ने कम्पनीले जनाएको छ। 

एनसेलका अनुसार एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ । 

कम्पनीले भनेको छ 'नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् । '

गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एप डाउनलोड गर्न सकिने एनसेलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved