वल्र्डलिंकको सद्भावनादूत बनिन् शृंखला खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 11:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले शृंखला खतिवडालाई सद्भावनादूत नियुक्त गरेको छ । शनिवार कम्पनीले खतिवडालाई सद्भावनादूतको रुपमा नियुक्त गरेको हो  ।

सद्भावनादूत नियुक्त भएकी खतिवडाले नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकको सद्भावनादूत हुन पाएको खुशी व्यक्त गरेकी छिन् । उनले कम्पनीले  नेपालभरी गरेको विस्तारित सेवा र वल्र्डलिंकले गरेको मेहनतको सराहना गरेकी छिन्। 

उनले भनिन् 'वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु¥याइरहेको संस्था पनि हो । साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेकोछ । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको  प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वल्र्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।”

सम्झौता पश्चात कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा खतिवडालाई नियुक्त गर्दा उत्साहित रहेको बताए ।  उनले भने 'उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आप्mनो ऊर्जाशिल समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यत्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आप्mनो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेसित गर्न सकिनेछ ।”

शृंखला सन् २०१८ मा मिस नेपालको २३ औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्र्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी “उत्कृष्ट बाह्रौ” मा पर्न सफल भएकी थिइन् र उनलाई “ब्युटी विथ अ पर्पोज अवार्ड” विजेता पनि घोषित गरिएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved