टेलिकमको साधारणसभा सम्पन्न, निर्विरोध निर्वाचित अम्बिका पौडेल सञ्चालकमा अनुमोदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 05:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

उक्त सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । 

साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७÷७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालका अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित भएको भनि गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ । 

कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको छ । लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शत प्रतिशत वोनस, जिरो व्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ । यसका साथै आर्थिक वर्ष २०७६÷७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड बुझाउन कम्पनी सफल भएको छ । 

साधारणसभाले पारित गरे बमोजिमको लाभांश रकम एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved