केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेटले नयाँ वर्षको अवसरमा “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर ल्याएको छ । जसमा ग्राहकहरुले १ लाख सम्मको निःशुल्क स्वास्थ्य विमा प्राप्त गर्नेछन् ।
कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवाको नयाँ जडान तथा नबिकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने भएको हो । सेवा २० एमबिपिएस भन्दा माथिको Bandwidth मा लागु हुनेछ ।
कम्पनीले स्वास्थ्य विमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ एक लाख सम्मको स्वास्थ्य बिमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।