नेपाल सुपर लिगको प्रत्यक्ष प्रसारणमा जोडियो वर्ल्डलिंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 03:46:36 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिंक कम्युनिकेशन्स “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीद्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण  भइरहेको छ ।

एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ साथै लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् ।

वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल भन्नछन् “फुटबल नेपालको एउटा लोकप्रिय खेल हो र एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका  छौं । यो टुर्नामेन्टले नेपालका उदायीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ, जसलाई लाखौं दर्शकहरूले हेर्नेछन । नेपाली जनतालाई उत्साहित बनाउन र मनोरञ्जन दिन यो टुर्नामेन्ट पनि त्यस्तै एउटा भव्य अवसर भएको छ ।”

 खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि दर्शकहरू चाहिं त्यहाँ हुनेछैनन् । कोरोना महामारीको यो वेला एपीवान टेलिभिजनले दर्शकहरूका लागि फुटबल खेलको मनोरन्जन घरघरमै पु¥याइरहेकोछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved